बेलर किड्स क्यास्टलको १४ औ अभिभावक दिवस
बनेपा/बेलर इन्टरनेशनल मन्टेश्वरी अन्र्तगत किन्डर गार्टेन किड्स क्यास्टलको स्थापनाको १४ औ बार्षिकोत्सव कार्यक्रम जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमको प्रमुख आतिथ्यता तथा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भोला थापाको अध्यक्षतामा सम्पन्न भएको छ ।
कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने बालबालिकाहरुका लागि आयोजित उक्त कार्यक्रममा बालबालिकाहरुले अभिभावकसँग गर्ने ब्यवहार, पारिवारीक संस्कार तथा ब्यवहारीक विषयमा हजुरबुबा हजुरआमालाई सम्मान सहित स्वागत गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथी गौतमले बालबालिकाहरुलाई असल संस्कार सिकाउनु पर्ने बताए । असल संस्कार, नैतिक शिक्षाले मात्रै बालबालिकाहरुले सहि गन्तब्य पहिल्याउन सक्ने प्रमुख अतिथी गौतमले बताए ।
कार्यक्रममा बोल्दै विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भोला थापाले बेलर स्कुलले विद्यालय जाने उमेर समुहका बालबालिकाहरु देखि क्याम्पस तहका विद्यार्थीहरुका लागि समेत उचित वातावरण सहितको गुणस्तरीय शिक्षा उपलब्ध गराउँदै आएको बताए । ‘बेलर विद्यार्थीहरुको सर्वाङ्गीण विकासका लागि विभिन्न तह अनुसार फरक–फरक शिक्षा र वातावरण उपलब्ध गराउँदै आएको छ’–अध्यक्ष थापाले भने–‘शैक्षिक गुणस्तर र विद्यार्थीहरुलाई नैतिक शिक्षा पहिलो शर्त हो ।’
कार्यक्रममा किड्स क्यास्टल प्रिन्सिपल सविना के प्रजापतिले बालबालिकाहरुलाई असल संस्कार सहितको शिक्षा दिन प्रयत्न गरिएको बताईन् । ब्यवहारीक ज्ञान, अभिभावकसँग नियमित अन्तक्र्रिया सहितको बालबालिकाहरुलाई शिक्षा प्रदान गरिएको बताउँदै प्रिन्सिपल प्रजापतिले बेलरमा रहेको किड्स क्यास्टलले फरक क्षमता भएका बालबालिकाहरुका लागि अलग्गै स्कुल स्थापनाका लागि प्रयत्न गरिएको बताईन् । कार्यक्रममा विद्यालयका कार्यकारी निर्देशक इन्दु थापा, शैक्षिक निर्देशक अनुपजंग थापा, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने, शिर मेमोरियल अस्पतालका डाक्टरद्धय डा.अरुण गुप्ता र डा.श्रीकृष्ण श्रेष्ठ, अभिभावकहरु, विद्यार्थी तथा विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो । सोहि अवसरमा विविध सांस्कृति कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा २०५५ सालदेखि शैक्षिक संस्थामा आबद्ध भई दुई वर्ष अष्टे«लियामा बाइ लिग्वेल टिचर भएर र ६ महिना जापानमा मन्टेश्वरी तालिम लिएर बेलरमा किड्स क्यास्टलका प्रिन्सिपल सविना के प्रजापतिलाई सम्मान गरिएको थियो । त्यसैगरी १० वर्ष शिक्षण सेवामा आबद्ध भएका तीन जना शिक्षिकालाई पनि सम्मान गरिएको थियो । सम्मान हुनेहरुमा मिना तामाड सुशिला ढुंगाना र रुमा श्रेष्ठ रहेका छन् ।
माउन्ट भ्यू बोर्डिङ्ग स्कुलको ४० औं अभिभावक दिवस
धुलिखेल/माउन्ट भ्यू इङ्गलिस बोर्डिङ्ग स्कुल धुलिखेलले स्थापनाको ४० औ अभिभावक दिवस तथा एसईई उत्तिर्ण विद्यार्थीहरुको सम्मान र विदाई गरेको छ । नगर प्रमुख अशोक ब्याञ्जुको प्रमुख आतिथ्यतमा सम्पन्न कार्यक्रममा विद्यालय विद्यालय समितिका अध्यक्ष रोमीप्रसाद ब्यान्जुको अध्यक्षता रहेको थियो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख ब्याञ्जुले महङ्गो हुँदै गएको शिक्षा र शिक्षाको ब्यवस्थापन तथा सहजतामा नीजि क्षेत्रको साझेदारीता महत्वपूर्ण रहेको बताए । जीवनको सभ्यता तथा संस्कृतिसँगै ब्यवहारीक ज्ञान र सीप आवश्यक रहेको बताउँदै नगर प्रमुख ब्याञ्जुले देशका लागि आवश्यक जनशक्ति उत्पादन गर्ने शैक्षिक संस्थाहरुले उपलब्ध गराउने ज्ञान तथा अवसरलाई सहज बनाउनु पर्ने बताए । बालबालिकाहरुको नियमित रेखदेख तथा शिक्षित जनशक्ति उत्पादनका लागि नीजि क्षेत्रका विद्यालयहरुले पु¥याएको योगदान महत्वपूर्ण रहेको उनले बताए ।
कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रोमीप्रसाद ब्याञ्जुले चार दशक अघि नीजि क्षेत्रको विद्यालय स्थापना गरी नागरिकहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने सोच तथा त्यसको निरन्तरता महत्वपूर्ण रहेको बताए । आगामी दिनमा पनि समयसापेक्ष शिक्षा प्रदान गर्ने अभियानमा विद्यालयले निरन्तर प्रयत्न गरिरहने उनले बताए । विद्यालयका प्रिन्सिपल मुक्ति रिजालले विद्यालयले बालबालिकाहरुलाई दिएको गुणस्तरीय शिक्षा तथा शैक्षिक कार्यक्रम र आगामी योजनाका बारेमा जानकारी गराएका थिए । विद्यालयमा ४ सय भन्दा धेरै विद्यार्थीहरु अध्ययन गरिरहेका छन् । विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरेका थिए । विद्यालयले उत्कृष्ट अभिभावकहरुलाई सम्मान गरेको थियो । नगरपालिका प्रमुख अशोक ब्याञ्जुले विश्वस्तरमा नगरपालिका चिनाउन अथक प्रयत्न गरेको भन्दै सम्मान गरेको थियो ।
कार्यक्रममा शिक्षासँग सम्बन्धित विभिन्न क्षेत्रका ब्यक्तिहरु, प्याब्सन काभ्रेका अध्यक्ष श्याम भुजेल, नगर अध्यक्ष मिलन आचार्य, प्याब्सन सल्लाहकार सत्यनारायण श्रेष्ठ, नगरपालिका शिक्षा शाखाका भोजकुमार ठकुरी, धुलिखेल बोर्डिङ्गका संस्थापक अनमोल माकजु, प्याब्सनका विभिन्न तहका पदाधिकारीहरु, क्याम्पसका प्रमुख एवं प्रतिनिधहरु, अभिभावक र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
सिद्धार्थ माविको ४१ औं वार्षिकोउत्सव
बनेपा/सिद्धार्थ माध्यमिक विद्यालयको ४१ औ वार्षिकोत्सव तथा अभिभावक दिवस प्याब्सन केन्द्रिय उप महासचिब भिमसेन केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
विद्यालयका सञ्चालक समितिका अध्यक्ष ज्ञानबहादुर केसीको सभापतित्वमा भएको उक्त कार्यक्रममा विद्यालयको वार्षिक प्रतिवेदन प्रिन्सिपल गुञ्जप्रसाद लुईटेलले राखेका थिए । जिल्लाकै संस्थागततर्फ पहिलो विद्यालयले शैक्षिक क्षेत्रमा नेपालकै नाम उच्च राख्न सफल हुदै आएको लुईटेलले बताए । विद्यालयले गुणस्तरीय शिक्षामा कुनै कमि हुन नदिन समय र प्रविधिको सदुपयोग गर्दे आगामी शैक्षिक सत्र २०८२ बाट प्रत्येक कक्षामा स्मार्ट बोर्डको ब्यबस्था गरिएको उनले बताए । प्ले ग्रुप र नर्सरीका बालबालिकाहरुलाई निशुल्क यातायातको ब्यबस्था गरिएको, शैक्षिक सत्र २०८१ मा ५ सय ५० जना विद्यार्थीहरुले अध्यापन गरिरहेका, विद्यालयले एस ई.ई तथा एस.एल.सी र कक्षा १२ मा उत्कृष्ट नतिजा हासिल गर्दै आएको प्रिन्सिपल लुईटेलले बताए । कार्यक्रमका प्रमुख अतिथी भिमसेन केसीले उक्त विद्यालयबाट आफु धेरै प्रभावित भएको र गुणस्तरीय शिक्षालाई निरन्तरता दिन सुझाव दिए ।
कार्यक्रममा प्याब्सन काभ्रेका अध्यक्ष श्यामबहादुर भुजेल, बनेपा नगर अध्यक्ष महेन्द्र विष्ट, विद्यालयका सल्लाहकार पुकार कर्णजित, शिक्षा सदन माविका प्रधानाध्यापक लक्ष्मण दाहाल लगाएतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा विद्यालयमा भएका विभिन्न अन्र्तक्रिया कार्यक्रममा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रम सञ्चालन शिक्षक सुधिर न्यौपानेले गरेका थिए ।
प्रमिस बाईलिग्वंल स्कुलको दोस्रो वार्षिकोउत्सब
बनेपा/प्रमिस बाईलिग्ंवल स्कुलको दास्रो वार्षिक उत्सब, अभिभावक दिवस, साँस्कृतिक तथा पुरस्कार वितरण बनेपा नगरपालिका उप–प्रमुख विमला सापकोटाको प्रमुख आतिथ्यता सम्पन्न भएको छ ।
उपप्रमुख सापकोटाले नगरपालिकाले संस्थागत विद्यालय र सामुदायीक विद्यालयलाई फरक दृष्टिकोणले नहेरेको बताईन् । अभिभावकहरुले निशुल्क पढाउने कि शुल्क तिरेर पढाउने ? उहाँहरुले गर्ने निर्णय भएकाले स्थानीय सरकारले सबै विद्यालयमा गुणस्तर कायम गर्न गरिएका कार्यक्रमहरु प्रभावकारी हुनु पर्ने बताईन् । विद्यालयहरुमा एउटै शैक्षिक क्यालण्डर प्रयोगमा ल्याएको, विदा, परीक्षा, शैक्षिक प्रर्दशनी लगाएतका विभिन्न शैक्षिक क्रियाकलापमा एक रुपता ल्याउन लागेको उनले बताईन् ।
कार्यक्रममा विद्यालयको वार्षिक प्रतिबेदन तथा स्वागत मन्तब्य प्रिन्सिपल गिता लामाले राखेकी थिईन् । लामाले विद्यालय स्थापना गर्दा ३५ जना विद्यार्थी रहेकोमा शैक्षिक सत्र २०८१ मा ८० जना रहेको, प्ले ग्रुप देखी कक्षा ७ सम्म अध्यापन हुदै आएको र आगामी शैक्षिक सत्र बाट कक्षा ८ सञ्चालन गरीने बताईन् । विद्यालयले नैतिक, बैज्ञानिक र ब्यबहारिक शिक्षा, बालमैत्री, संस्कारयुत्त शिक्षा प्रदान गरिने लामाले बताईन् ।
कार्यक्रममा प्याब्सन काभ्रेका अध्यक्ष श्यामबहादुर भुजेल, बरिष्ठ उपाध्यक्ष सुजेन्द्र श्रेष्ठ, कोषाध्यक्ष अर्जुन बहादुर थापा, बनेपा प्याब्सनका अध्यक्ष महेन्द्र बिष्ट लगाएतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रम विद्यालयका सञ्चालक समितिका अध्यक्ष नेत्र बडालको सभापतित्वमा सम्पन्न भएको थियो ।
इशा मेमोरियलले मनायो १९ आंै बार्षिकोत्सव
बनेपा/इशा मेमोरियल स्कुल बनेपाको १९ औ बार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम बनेपामा सम्पन्न भएको छ । विद्यालयका संस्थापक अध्यक्ष सुर्यप्रभा शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बरिष्ठ साहित्यकार मोहन दुवालको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै बरिष्ठ साहित्यकार समेत रहेका प्रमुख अतिथी दुवालले शिक्षाको सचेतना, गुणस्तर र ब्यवहारिक सिकाई र नैतिकवान बनाउन सहयोग पुग्नु पर्ने बताए । कार्यक्रममा गीतकार तथा संगीतकार मच्छेश्वर सापकोटा, विद्यालयका प्रवन्ध निर्देशक नारायण जोशी, विदालयका सल्लाहकार डा.प्रशंसा जोशी लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा काभ्रे प्याब्सन, बनेपा प्याब्सन तथा पत्रकार महासंघका विभिन्न पदमा रहेका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।
सोहि कार्यक्रममा विद्यार्थीहरुलाई विभिन्न विद्यामा उत्कृष्ट भएको अवसरमा पुरस्कृत गरिएको थियो । विद्यालयका बारेमा जानकारी गराउँदै प्रवन्ध निर्देशक नारायण जोशीले समाजमा सकारात्मक सोच सहित फरकपन दिने उदेश्यले प्रारम्भ गरिएको विद्यालयले समुदायमा पु¥याएको योगदानका बारेमा चर्चा गरेका थिए ।
एभरेष्ट एकेडेमीको बार्षिकोत्सव
बनेपा/एभरेस्ट एकेडेमी बनेपाले अभिभावक दिवस, पुरस्कार वितरणसँगै एसईईमा उत्तिर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ ।
विद्यार्थीहरुलाई विद्यालयले सम्मान गरेसँगै विद्यार्थीहरुले विद्यालयलाई मायाको चिनो स्वरुप शैक्षिक सामाग्री उपलब्ध गराएका हुन् । एसईई २०७४ मा उत्तिर्ण विद्यार्थीहरुको समुहले विद्यालयका लागि आवश्यक पर्ने शैक्षिक सामाग्री स्वरुप मायाको चिनो उपलब्ध गराएका हुन् । कार्यक्रममा बोल्दै विद्यार्थी विलासा दाहालले एभरेष्ट एकेडेमीले उपलब्ध गराएको शैक्षिक वातावरणले असल नागरिक बन्न उत्प्रेरित गरेको बताईन् । अभिभावक डा.ताराजंग गुरुङले विद्यालयले प्रदान गरिरहेको शिक्षामा सन्तुष्टी जनाउँदै नयाँ नयाँ खोज र अनुसन्धान गर्न शिक्षकहरुलाई उपलब्ध गराउँदै आएको तालिम तथा सकारात्मक सोचको विकासलाई निरन्तरता दिन अनुरोध गरे ।
एभरेस्ट एकेडेमीमा अध्ययन गर्ने विद्यार्थी चित्रकलामा उत्कृष्ट भई प्रदेश स्तरमा भाग लिने गरी छनौट भएकी छिन् । एसईई २०८० मा दुईवटा विषयमा उत्कृष्ट विद्यार्थी उर्तिण गराए बापत शिक्षकहरु सम्मानित भएका थिए । उत्कृष्ट अभिभावकहरुलाई पनि विद्यालयले सम्मान गरेको थियो । कक्षा ४ देखि १० सम्मका बालबालिकाहरु मध्ये चार जिपिए ल्याएर उत्कृष्ट हुने विद्यार्थीहरुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा पत्रकारिता क्षेत्रमा निरन्तर योगदान पु¥याएकोमा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका पुर्व अध्यक्ष मोतीराम तिमल्सिनालाई पनि सम्मान गरिएको थियो । संस्थापक अध्यक्ष सुन्दर थापाले शैक्षिक कार्यक्रम मात्रै नभई असल, नैतिक र चरित्रवान नागरिक उत्पादनका लागि निरन्तर प्रयत्न गरिएको बताए । प्राचार्य अर्जुन थापाले शैक्षिक वातावारण तयार गरी बालबालिकाहरुलाई सहज सिकाईबाट गुणस्तरीय शिक्षा प्रदान गरिएको बताए ।
प्याब्सन काभ्रेका अध्यक्ष श्यामबहादुर भुजेलले नीजि विद्यालयहरुले नेपालको शैक्षिक क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरे । काभ्रेमा रहेका संस्थागत विद्यालयहरुको योगदान, शैक्षिक गुणस्तर तथा सामाजिक रुपान्तरणका लागि महत्वपूर्ण योगदान रहेको बताउँदै एभरेष्ट स्कुलले उत्पादन गरेका विद्यार्थी, कार्यरत शिक्षक र शैक्षिक वातावरण उत्कृष्ट रहेको बताए । कार्यक्रममा विद्यार्थी तथा अभिभावकहरुलाई परामर्श सेवा उपलब्ध गराईएको थियो । मानसिक स्वास्थ्य तथा बालबालिकाहरु प्रति अभिभावकहरुले गर्नु पर्ने ब्यवहारका बारेमा शिर मेमोरियल अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा.हेक्टर गायस तथा उहाँको धर्मपत्नीले परामर्श दिनु भएको थियो । विशेषगरी बालबालिकाहरुलाई सधै प्रेम, सद्भाव ब्यक्त गर्न, अभिभावकहरु पनि प्रेमिल हुन र हरेक चुनौतीहरु सामना गर्न सम्भव छ भन्ने भावना दर्शाउन अनुरोध गरे ।
मान्छेका मापन धन, सम्पत्ति, मान प्रतिष्ठा र पदले नभई उसले गर्ने ब्यवहारले हुने भएकाले ब्यवहारमा ध्यान दिन बालबालिकाहरुलाई त्यो वातावरण उपलब्ध गराउन विद्यालय परिवारलाई डा.गायसले अनुरोध गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका पुर्व अध्यक्ष मोतीराम तिमल्सिना लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा प्याब्सनका बरिष्ठ उपाध्यक्ष सुजेन्द्र श्रेष्ठ, सचिव विमल न्यौपाने, सह सचिब कृष्ण सुन्दर थापा, सल्लाहकार छविरमण पराजुली, बनेपा प्याब्सनका अध्यक्ष महेन्द्र विष्ट तथा प्याब्सनका पदाधिकारीहरु, समाजसेवी धर्मभक्त प्रधान, रामप्यारी बज्राचार्य, पास्टर एम पुरी लगायतको सहभागिता रहेको थियो ।
आजाद माध्यमिक विद्यालयले मनायो ७५ औ बर्षिकोत्सव
बनेपा/आजाद माध्यमिक विद्यालय बनेपाको ७५ औं बार्षिकोत्सव सम्पन्न भएको छ । बनेपामा आयोजित कार्यक्रममा बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यता रहेको थियो भने वडा अध्यक्ष एवं विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बलराम अधिकारीको अध्यक्षता रहेको थियो ।
कार्यक्रममा विभिन्न क्षेत्रबाट स्थापना गरिएको छात्रवृत्ति पुरस्कार प्रदान गरिएको थियो । विद्यालयमा बनेपाका विभिन्न क्षेत्रका ब्यक्तिहरुले पुरस्कार तथा छात्रबृत्तिका लागि कोष स्थापना गरेका छन् । कार्यक्रममा जनप्रतिनिधिहरु, ब्यवस्थापन समितिका पूर्व र वर्तमान समितिका पदाधिकारीहरु, कर्मचारीहरु तथा विद्यालयका अभिभावक, शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
बार्षिकोत्सव कार्यक्रममा प्रधानाध्यापक श्यामकृष्ण मानन्धरले विद्यालयको शैक्षिक तथा बार्षिक प्रतिवेदन सहित आगामी योजनाका बारेमा जानकारी गराएका थिए । सोहि अवसरमा विद्यालयले प्रदान गरिरहेको गुणस्तरीय शिक्षाका बारेमा जानकारी गराईएको थियो ।
ज्ञानज्योती इङ्गलिस स्कुलमा अभिभावक दिवस सहित बार्षिकोत्सव
बनेपा/बनेपाको ज्ञानज्योती इङ्गलिस सेकेन्डरी स्कुलको २४ औ बार्षिकोत्सव, अभिभावक दिवस एवं विदाई समारोह सहित सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
प्याब्सनका उप महासचिव भिमसेन केसीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्याब्सनका केन्द्रिय सदस्य पुर्णकुमार श्रेष्ठ लगायत प्याब्सनका विभिन्न तहका ब्यक्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा विभिन्न विद्यालयका प्रिन्सिपल तथा प्रतिनिधिहरु, विद्यालय ब्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक तथा अभिभावकहरुको सहभागिता रहेको थियो । विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रमको आयोजना गरेका थिए भने विद्यालयले विभिन्न क्षेत्रका ब्यक्तिहरुलाई विदाई गरेको थियो ।