2026 April 30/ 05:23: 42pm

    बनेपा/नेपालमै दोश्रो पपुलर मत प्राप्त गरी प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर २ बाट निर्वाचित नेकपा काभ्रेका इन्चार्ज एवं सञ्चार तथा सूचना प्रबिधि मन्त्री गोकुल बास्कोटाको पहलमा समृद्ध काभ्रे अभियानको खाका सँगै बजेट विनियोजन हुने क्रमले तिव्रता पाएको छ ।
    मन्त्री बास्कोटाको पहलमा जिल्लाका विभिन्न स्थानमा राष्ट्रिय गौरवका योजनाहरुमा लगानी गर्ने प्रतिवद्धता भएको छ भने जिल्लाबासीहरुलाई निर्वाचनको समयमा ब्यक्त गरेका प्रतिवद्धताहरु एक पछि अर्काे गर्दै पुरा हुँदै गएका छन् । सरकारमा बलियो उपस्थिती देखाउन सफल मन्त्री बास्कोटाले पछिल्लो समय जिल्लाका चारवटा सडकमा रकम विनियोजन गरी सडक निर्माणका लाथिग ठेक्का प्रकृया शुरु गर्ने गरी रकम विनियोजन गराएका छन् । जिल्लाको नगरकोट–गैरिबिसौना–हिगुवापाटी सडकका लागि १० करोड रकम विनियोजन भएको छ भने खोपासी–बल्थली–कामिडाडा सडकका लागि ५ करोड रकम विनियोजन भएको छ । बनेपा–रबिओपि–पाचखाल सडकका लागि ५ करोड रकम विनियोजन भएको छ । त्यस्तै पनौती– खोपासी सडकका लागि ४ करोड रकम विनियोजन भएको छ । जिल्लाका महत्वपूर्ण मानिएका उक्त क्षेत्र र सडकको निर्माणका लागि विनियोजन गरिएको रकमले सोहि क्षेत्रका नागरिकहरुलाई थप सहजता प्रदान गर्नेछ ।
    सरकारले हरेक योजना निर्माणका लागि डिपिआर तयार गरी रकम विनियोजन गर्न शुरु गरेको छ । मन्त्री बास्कोटाले स्थानीय र प्रदेश सरकारबाट विनियोजन हुने योजनाहरुका लागि पनि डिपिआर तयार गरेर मात्रै रकम खर्च गर्न निर्देशन दिएका छन् । नेकपाकै नेतृत्वमा समृद्ध काभ्रे निर्माणका लागि मन्त्री बास्कोटा सक्रिय छन् । जिल्लाको सेक्युरिटी प्रेस स्थापना गर्ने देखि इन्द्रावती सुनकोशी खोलामा ड्याम निर्माण तथा अन्य महत्वपूर्ण योजनामा मन्त्री बास्कोटाले लगानीको वातावरण बनाएका छन् ।