2026 October 10/ 02:54: 45am

    बनेपा/नेपाल पत्रकार महासंघ काभे्र शाखाले विपत्तमा परेका पत्रकारहरुको सहयोगका लागि ‘पत्रकार कल्याण कोष’ स्थापना गरेको छ । 
    नेपाल पत्रकार महासंघका काभे्र शाखा अध्यक्ष मोतीराम तिमल्सिनाको अध्यक्षतामा शुक्रबार बसेको कार्य समिति बैठकले विपत्तमा परेका पत्रकारलाई सहयोग गर्ने उदेश्यले पाँच लाख रुपैयाँको पत्रकार कल्याण कोष स्थापना गर्ने निर्णय गरेको थियो । उक्त कोषलाई १० लाखसम्म पु¥याईने अध्यक्ष तिमल्सिनाले जानकारी दिए । १० बर्षे मुद्दती खातामा जम्मा गर्ने रकमको ब्याजबाट ब्याजबाट प्राप्त हुने रकमले विपद्मा परेका पत्रकारहरुलाई सहयोग गर्ने अध्यक्ष तिमल्सिनाले बताए । ‘सकेसम्म कोहि पनि पत्रकारलाई त्यस्तो विपद् नआओस्’–अध्यक्ष तिमल्सिनाले भने–‘विपद बाजा बजाएर आउँदैन, पत्रकार विपद्मा परेको अवस्थामा कल्याण कोषबाट प्राप्त हुने ब्याजबाट सहयोग गरिनेछ ।’ ब्याज रकम खर्च भएन भने हरेक वर्ष कोषमै उक्त रकम थपिदै जानेछ । 
    नेपाल पत्रकार महासंघले २० बर्ष अगाडि पत्रकार अक्षय कोष स्थापना गरेको भए पनि रकम जम्मा गर्न नसक्दा खाता संचालनमा आउन सकेको थिएन । पत्रकार कल्याण कोषका लागि बार्षिक १० प्रतिशत भन्दा धेरै ब्याज उपलब्ध गराउने बंैकमा खाता खोल्ने कार्य समितिले निर्णय गरेको सचिव नगेन्द्र अधिकारीले जानकारी दिए । नेपाल पत्रकार महासंघ काभे्र शाखामा आवद्ध सदस्यले उक्त सुुविधा पाउने महासंघले जनाएको छ । कोष सञ्चालन गर्न कार्याविधि बनाउने र त्यही अनुसार विपद्मा परेका पत्रकारलाई सहयोग गर्ने तिमल्सिनाले बताए । २०७४ जेष्ठ ६ गते निर्वाचित पत्रकार महासंघ काभ्रे शाखाको समितिले पत्रकारहरुकै हक हितका लागि विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ । पत्रकारहरुको दुर्घटना विमा, उपचारमा सहजता, कल्याण कोष, क्षमता अभिबृद्धि, स्थानीय संचार माध्यम प्रर्वद्धन तथा संरक्षणका लागि अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ । स्थानीय सरकारसँग कानुन निर्माणमा परामर्श तथा समन्वय समेत गरेको महासंघले भवन निर्माणको कार्यलाई पनि अगाडी बढाएको छ ।