बनेपा/नेपाल कम्युनिष्ट पार्टी काभ्रेको इन्चार्जमा नेकपा एमाले काभ्रेका पुर्व अध्यक्ष समेत रहेका नेकपाका केन्द्रिय सदस्य गोकुल बास्कोटालाई छनौट गरिएको छ ।
केन्द्रिय सचिवालयले ७७ जिल्ला र ६ वटा महानगरपालिकाको इन्चार्ज तोकेको हो । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकिकरण पछि लामो समय एकता प्रकृया हुन सकेको थिएन । जिल्ला अध्यक्ष र सचिव सहित जिल्ला सदस्यहरुको टुङ्गो लागे पनि इन्चार्ज तोकिएको थिएन । केन्द्रिय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटी सँगै इन्चार्ज तोकिएको छ । विभागिय ईन्चार्ज र जिम्मेवारी अझै तोकिएको छैन । नेकपा काभ्रेमा पूर्व माओवादीबाट रुकु चौलागाई अध्यक्ष छिन् भने नेकपा एमालेबाट टोकबहादुर वाईवा सचिव छन् ।
इन्चार्ज रहेका बास्कोटा सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री समेत हुन् । अखिलबाट राजनीति शुरु गरेका बास्कोटा क्याम्पस कमिटी, क्षेत्रिय कमिटी, जिल्ला कमिटी अध्यक्ष हुँदै पार्टीका विभिन्न पदमा कार्य गरी जिल्ला अध्यक्ष भएका थिए । २०७४ सालको निर्वाचनमा बास्कोटाले देशभर दोश्रो पपुलर मत प्राप्त गरेका थिए ।





