धुलिखेल/बालयौन दुराचार अभियोगमा पु्र्पक्षका लागि कारागार रहेका क्यानाडाका नागरिक ६२ वर्षीय पिटर जोनलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले कैद निर्धारण गरेको छ ।
मुलुकी संहिता अनुसार २६ को २९५ ले ९ वर्ष कैद र ५ लाख क्षतिपूर्ति उपलब्ध गराउने फैसला सुनाईएको छ भने २९४ मा ७ वर्ष कैद र ५ लाख क्षतिपूर्ति उपलब्ध गराउने फैसला भएको छ । फैसला अनुसार तोकिएका दुई कैद सजायँ मध्ये जुन धेरै हुन्छ त्यहि सजायँ पिटरले भोग्नु पर्नेछ । अन्तिम फैसलाका आधारमा पिटरको सजायँ ९ वर्ष तोकिनेछ । दुई वर्ष देखि कारागार रहेका पिटरलाई २०७६ जेष्ठ २७ गते कसुर निर्धारण गर्ने आदेश भएको थियो । पिटर सन् २००२ मा युएनको सिनियर एड्भाईजर थिए । बाल्यकालमा शिक्षकबाट यौनदुराचारमा परेका पिटर १६ वर्ष देखि त्यहि अभियानमा सक्रिय भएको बयान दिएका थिए । एचएम ५०१४६६ नम्वरको राहदानी बाहक क्यानाडाका नागरिक पिटर तत्कालका प्रमाणका आधारमा पुर्पक्ष पठाउने आदेश भएको थियो । जिल्ला अदालत काभ्रेपलाञ्चोकका जिल्ला न्यायाधीश अर्जुनप्रसाद अधिकारीको इजलासले पिटरलाई कैद सजायँ सुनाएको हो ।
२०७५ बैशाख १३ गते भएको आदेश अनुसार पिटर धुलिखेल कारागारमा थिए । २०७४ साल चैत्र २३ गते राति काभ्रेपलाञ्चोक जिल्ला मण्डन देउपुर नगरपालिका वडा नम्वर १ स्थित चिरिकाजी महर्जनको जग्गा भाडामा लिई सोहि जग्गामा घर बनाई बस्दै आएका पिटरले सोहि स्थान घर भएका बालकलाई ११ वर्ष देखि लगातार ४ वर्षसम्म बालकलाई यौन शोषण गर्दै आएको अभियोगमा प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो मार्फत पक्राउ परेका थिए । बैशाख २४ गते पक्राउ परेका पिटरलाई प्रहरीको टोलीले १५ वर्षिय बालकलाई अर्धनग्न अवस्थामा आफ्नै कोठामा राखेर गोप्य अंगहरु खेलाईदिने, हल्लाईदिने, यौनाङ्ग चुस्ने, गुद्धारमा औंला छिराएर चलाउने, लिङ्ग पसाउने जस्ता गतिविधिमा संलग्न भएको अभियोग लागेको छ । बालकका बाबु पिटरकै घरमा बगंैचाको हेरचाह गर्ने काम गर्दै आएका थिए । बाबुसँगै पिटरका घरमा जाने आउने गरेको समयमा बालकलाई कहिलेकाँहि त्यहि रात राखिदिने गरेका थिए । सोहि अवस्थामा पिटरले पहिले बालकलाई बाथरुममा नुहाउन पठाउने, आफै नुहाईदिने र उनले लगाएका कपडाहरु खोलेर आफुले लगाउने गरेको भेष्ट मात्रै लगाएर सुताउने गरेका थिए । प्रहरीले सोहि दिन पिटरलाई पक्राउ गर्दा बालक सोहि अवस्थामा फेला परेका थिए ।
प्रहरीलाई प्राप्त विशेष सूचनाका आधारमा पिटरलाई सोहि अवस्थामा पक्राउ गरिएको थियो । १६ देखि १८ वर्ष उमेरसम्मका अन्य बालकहरुलाई समेत पिटरले यौन शोषण गरेको उजुरी छ । नगरकोटको एक सरकारी विद्यालयमा अध्ययन गर्ने उक्त बालक आर्थिक रुपले कमजोर अवस्थाका थिए । बाबु समेत सोहि घरमा काम गर्ने भएपछि पिटरले स्टेशनरी सामान सहित अन्य आवश्यक पर्ने सम्पूर्ण सामाग्री उपलब्ध गराउने, ठुलो भएपछि राजधानीका ठुला ठुला होटलमा काममा लगाईदिने, विद्यालयको शुल्क समेत तिरिदिने, अध्ययन सकेपछि रोजगारीमा समेत लगाईदिने प्रलोभन दिदै यौन शोषण गर्दै आएका थिए । बाबुको तलब मासिक १४ हजार थियो । पिटरले चैत्र १८ गते अर्का बालकलाई पनि यौन शोषण गरेका थिए ।
को हुन् पिटर जोन ?
सन् २००२ अक्टोबर १० मा पहिलो पटक नेपाल स्थित युएनको सिनियर एडभाईजरका रुपमा नियुक्ति भएपछि नेपाल बस्न थालेका थिए । त्यस अघि पनि उनी नेपाल आईसकेका थिए । २००२ देखि २००६ सम्म उनी नेपालमै रहेर सोहि पदमा काम गरिरहे । २००६ बाट २०१० सम्म उनि क्यानाडामा बसेर काम गरे । २०१० को जनवरी १ बाट उनी २०१७ सम्म अफगानिस्तानमा रहेर काम गरे । त्यहाँबाट उनि भर्खरै रिटायर्ड भएका थिए । तर विदाको समयमा उनी पटक पटक नेपाल आएका थिए । ३० पटक भन्दा धेरै नेपाल आउँदा उनले नेपालमा धेरै बालकहरुलाई यौन दुराचार गरेको अभियोग थियो । पिटरले भुकम्पपछि तनहुँ र काभ्रेका विभिन्न गाउँमा खानेपानीका कार्यक्रममा सहयोग गरेका थिए ।
पिटर काठमाडौमा काम गरिरहेका बेला चिरिकाजीसँग चिनजान भएको थियो । त्यहि बेला उनले आफ्नो जग्गा भाडामा उपलब्ध गराएका थिए । उनी पनि काठमाडौमा काम गर्दै आएका थिए । उनले उपलब्ध गराएको जग्गामा घर बनाएका पिटरले आफु मरेपछि त्यो घर चिरिकाजीकै हुने गरी सम्झौता गरेका छन् । घर बनाए बापत उनले बार्षिक १५/२० हजार रुपैयाँ भाडा बापत प्राप्त गरेका थिए । ३ वर्ष देखि उनी नगरकोटमा बस्दै आएका थिए । पिटरले बाल्यकालमा आफु पनि शिक्षकबाट बाल यौनदुराचारमा परेको बयान दिएका थिए । स्कुल पढ्ने बेलामा ११ वर्षको हुँदा शिक्षकबाट बाल यौनदुराचारमा परेका पिटरले १६ देखि १८ वर्षसम्मको उमेरमा थुप्रै बालबालिकाहरुलाई यौनदुराचार गरेको बयान दिएका छन् । तर अहिले भने आफुले त्यसो नगरेको उनको भनाई थियो । पटक पटकको उजुरी पछि पिटरलाई नगरकोटमा बालकलाई अर्धनग्न बनाई यौनदुराचार गरिरहेको अवस्थामा प्रहरीको विशेष टोलीले पक्राउ गरी थप अनुसन्धान गरेको थियो ।





