2026 October 30/ 04:06: 48pm

बनेपा नगरपालिका भित्र निमोनिया र झाडापखालाको दर क्रमशः घटिरहेको छ ।
        बनेपा/सुरक्षित गर्भपतन सेवाका लागि बनेपा नगरपालिका भित्र तालिम प्राप्त सेवा प्रदायक नौ जना र सेवा केन्द्र आठ वटा छन् । जिल्लाका विभिन्न स्थान तथा बाहिरी जिल्लाका साथै नगरपालिका भित्रका नागरिकहरुले पनि यो सेवा निरन्तर प्राप्त गरिरहेका छन् । 
    औषधिबाट गरिने गर्भपतन सेवा आठ स्थानमा छ । गर्भपतन सेवा लिएका महिलाको संख्या आर्थिक वर्ष २०८०/२०८१ मा औषधिबाट ४९१, शल्यक्रियाबाट १५० र गर्भपतनपछिको जटिलता व्यवस्थापन ७४ वटा रहेको छ । आर्थिक वर्ष २०८१/२०८२ मा उक्त संख्या क्रमशः ४३५, १८ र ९१ तथा आर्थिक वर्ष २०८२/०८३ मा ४८९, ७७ र १०७ रहेको छ । गर्भपतनपछि परिवार नियोजनमा साधन प्राप्त गर्ने महिलाको प्रतिशत आर्थिक वर्ष २०८०/८१ मा ७०, २०८१/८२ मा ७१.४८ र २०८२/८३ मा ५९.१९ रहेको छ । गर्भपतनका कारण जटिलता भएका महिलाको प्रतिशत तीनै आर्थिक वर्षमा शून्य उल्लेख छ । परिवार योजना कार्यक्रमअन्तर्गत आधुनिक साधन प्रयोग दर आर्थिक वर्ष २०८०/०८१ मा १४.६४ प्रतिशत, २०८१/०८२ मा १५.८२ प्रतिशत र २०८२/०८३ मा १७.१६ प्रतिशत रहेको छ । अर्को तुलनात्मक सूचकमा यी वर्षका मान १८०, १८९ र २०६ उल्लेख छन् । सुत्केरी भएको एक वर्षभित्र परिवार योजनाका आधुनिक साधन प्रयोग दरसम्बन्धी विवरणमा आर्थिक वर्ष २०८०/०८१ मा एक, २०८१/०८२ मा छ र २०८२/०८३ मा पाँच उल्लेख छ ।
    सुत्केरीपछि भिटामिन ‘ए’ तथा आइरन वितरणसम्बन्धी सूचकमा तीन आर्थिक वर्षको विवरण क्रमश : २१४ र २१८, ४८ र १६४ तथा ६६ र २०५ रहेको छ । प्रतिवेदनमा अनुमानित जीवित जन्मको संख्या ९२६, १ हजार ६४ र ९९७ तथा रिपोर्ट गरिएका सुत्केरीको संख्या १ हजार ८४८, १ हजार ४७४ र १ हजार ७१३ उल्लेख छ । सुत्केरीपछिको उत्तरप्रसूति जाँच सम्बन्धी सूचकमा आर्थिक वर्ष २०८०/२०८१ मा पहिलो जाँच २०१, दोस्रो तथा तेस्रो जाँच २६५ र चौथो जाँच २८ रहेको छ । आर्थिक वर्ष २०८१/०८२ मा यी संख्या १३९, १०७ र ४८ तथा आर्थिक वर्ष २०८२/०८३ मा १७२, ६० र ६० उल्लेख छन् । अपेक्षित जीवित जन्म ९९७, बर्थिङ सेन्टरमा सुत्केरी १२, अन्य संस्थामा सुत्केरी शून्य, घरमा सुत्केरी तीन, पहिलो जाँच १७, दोस्रो तथा तेस्रो जाँच ६१०, चौथो जाँच ५५८ र कुल खर्च १ लाख ८२ हजार ८० रुपैयाँ उल्लेख गरिएको छ । 
    आमा सुरक्षा खर्चको विवरणमा बनेपा आधारभूत नगर अस्पतालका लागि अपेक्षित जीवित जन्म ९९७, संस्थागत सुत्केरी १२, यातायात प्रोत्साहन पाउने महिला १२ र गर्भ जाँच प्रोत्साहन पाउने सात उल्लेख छ । शिर मेमोरियल अस्पतालका लागि संस्थागत सुत्केरी १ हजार ७०१, यातायात प्रोत्साहन पाउने ५५४ र गर्भ जाँच प्रोत्साहन पाउने नौ उल्लेख छ । कुल संस्थागत सुत्केरी १ हजार ७१३, यातायात प्रोत्साहन पाउने ५६६ र गर्भ जाँच प्रोत्साहन पाउने १६ रहेको प्रतिवेदनमा उल्लेख छ । अति सीमान्तकृत तथा लोपोन्मुख जातिका आमालाई संस्थागत सुत्केरी र बालबालिकाले पूर्ण खोप पाएबापत पाँच हजार रुपैयाँका दरले प्रोत्साहन खर्च दिने कार्यक्रमको विवरण पनि प्रतिवेदनमा समावेश छ ।
    नवजात तथा बालरोगको एकीकृत व्यवस्थापन कार्यक्रमअन्तर्गत पाँच वर्षमुनिका बालबालिकामा तीव्र श्वासप्रश्वास संक्रमण (एआरआई) को दर प्रति हजार बालबालिकामा आर्थिक वर्ष २०८०/०८१ मा ७३४, २०८१/०८२ मा ६२७ र २०८२/०८३ मा ५८८ रहेको छ । पाँच वर्षमुनिका बालबालिकामा निमोनियाको संक्रमण दर प्रति हजारमा क्रमशः १८, १० र सात रहेको छ । पाँच वर्षमुनिका बालबालिकाको अनुमानित संख्या ५ हजार ६५ रहेको विवरण छ । दर्ता भएका निमोनियाका बिरामीको संख्या तीन आर्थिक वर्षमा ७७, ५० र ३३ रहेको छ । ती सबै बिरामीले एमोक्सिसिलिनबाट उपचार पाएको विवरण छ। एमोक्सिसिलिनबाट उपचार गरिएका निमोनियाका बिरामीको प्रतिशत तीनै वर्ष १०० रहेको छ । पाँच वर्षमुनिका बालबालिकामा झाडापखालाको रोगदर प्रति हजारमा आर्थिक वर्ष २०८०/०८१ मा २११, २०८१/०८२ मा १७३ र २०८२/०८३ मा १५८ रहेको छ । झाडापखालाका दर्ता भएका बिरामीको संख्या क्रमशः ३१९, २८४ र १८२ रहेको छ । जिंक र जीवनजलबाट उपचार गरिएका बिरामीको संख्या ३१३, २७३ र १८२ रहेको छ । जिंक र जीवनजलबाट उपचार गरिएका पाँच वर्षमुनिका बालबालिकाको प्रतिशत क्रमशः ९९, ९९ र १०० रहेको प्रतिवेदनमा उल्लेख छ ।
    आर्थिक वर्ष २०८२/०८३ मा बनेपा नगरपालिकामा अनुमानित जीवित जन्मको संख्या ९९७ रहेको छ । प्रतिवेदनमा जीवित जन्मको आधारमा कम्तीमा एकपटक गर्भ जाँच गराउने, चारपटक गर्भ जाँच गराउने र आठपटक गर्भ जाँच गराउने महिलाको विवरण तीन आर्थिक वर्षको तुलनात्मक रूपमा प्रस्तुत गरिएको छ । आर्थिक वर्ष २०८०/०८१ मा ती तीन सूचकका मान क्रमशः ३८८, ४६१ र २१५; आर्थिक वर्ष २०८१/०८२ मा २८३, २८६ र १५१ तथा आर्थिक वर्ष २०८२/०८३ मा २८०, २१८ र १९१ उल्लेख छन् । दिगो विकास लक्ष्य २०३० अनुसार कम्तीमा एकपटक गर्भ जाँचको लक्ष्य ९० प्रतिशत रहेको छ । कुल अनुमानित गर्भवती १ हजार १७५ र २० वर्षमुनिका गर्भवती ७३ जना रहेको प्रतिवेदनमा उल्लेख छ । कुल किशोरावस्थाको गर्भावस्था ६ प्रतिशत देखाइएको छ ।
    आरओयूएसजी सेवा पाएका गर्भवती महिलाको विवरणमा द्यद्यःज्–४ मा अनुमानित गर्भवती ७२, आठपटक गर्भ जाँच गराएका १८ र आरओयूएसजी सेवा पाएका १२१ उल्लेख छन् । आर्थिक वर्ष २०८२/०८३ मा घरमै सुत्केरी भएका महिलाको विवरणमा वडा नं. ४ र वडा नं. १० मा एक–एक जना उल्लेख छन् । संस्थागत सुत्केरीको लक्ष्य दिगो विकास लक्ष्य २०३० अनुसार ९० प्रतिशत राखिएको छ । आर्थिक वर्ष २०८०/०८१, २०८१/०८२ र २०८२/०८३ मा अनुमानित जीवित जन्मको संख्या क्रमश ः ९२६, १ हजार ६४ र ९९७ रहेको छ। संस्थागत सुत्केरीसम्बन्धी सूचकको मान क्रमशः २०१, १३८ र १७२ तथा २० वर्षमुनिका महिलाको संस्थागत सुत्केरीसम्बन्धी सूचकको मान सात, छ र सात उल्लेख छ । प्रतिवेदनमा ल्म्ज्क् २०२२ का लागि यी दुई सूचक ३५ र ३५ उल्लेख छन् । मातृ तथा नवजात शिशुको मृत्यु विवरणअनुसार आर्थिक वर्ष २०८०/०८१, २०८१/०८२ र २०८२/०८३ मा मातृ मृत्यु शून्य रहेको छ । तीनै आर्थिक वर्षमा नवजात शिशुको मृत्यु पनि शून्य रहेको प्रतिवेदनमा उल्लेख छ ।