2026 September 18/ 03:37: 51pm

          बनेपा/चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि.को वार्षिक कार्ययोजना अनुसार कुशे औँसिको अवसरमा संस्थामा आबद्ध ७५ वर्ष भन्दा माथिका जेष्ठ पिता सदस्यहरुलाई सम्मान गरेको छ ।
            काभ्रेपालाञ्चोक जिलला बचत संघका अध्यक्ष उदयराम कायस्थको प्रमुख आतिथ्यतामा तथा संस्थाका अध्यक्ष नविनभक्त बादेको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । संस्थाले प्रत्येक वर्ष कुशे औंसीका दिनमा पिता र मातातीर्थ आंैशीका दिनमा आमाहरुलाई सम्मान गर्दै आएको अध्यक्ष नविन भक्त बादेले बताए । जेष्ठ सदस्यहरुलाई तिर्थाटन, घरमै निःशुल्क स्वास्थ्य परिक्षण गराउँदै आएको र आगामी दिनमा समेत उक्त कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका थिए ।
         संस्थाले रक्तदान, स्वास्थ्य शिविर, विभिन्न सामाजिक कामहरु समेत गर्दै आएको वादेले बताए । प्रमुख अतिथी उदयराम कायस्थले बा–आमा हाम्रा जिउँदा देवता भएकाले नबोल्ने ढुङ्गाको मुर्तिलाई भन्दा बोल्ने घरका बा आमालाई सम्मान गर्नुपर्ने बताए । पछिल्लो समय पारिवारिक ब्यस्तताले परिवारलाई समय दिन नसक्ने हुदै गएकाले सर्वप्रथम आफ्ना बा आमालाई समय दिनुपर्ने कायस्थको भनाई रहेको थियो । चण्डेश्वरी साकोसले विगतका वर्षहरुदेखी उक्त सम्मान कार्यक्रम गर्दै आएकाले यसलाई निरन्तरता दिन आग्रह गरेका थिए । राम्रा कामहरुको सबै सहकारीहरुले समेत अनुसरण गर्नुपर्ने कायस्थको भनाई रहेको थियो ।
           कार्यक्रममा लेखा सुपरिवेक्षण समिति संयोजक रामप्रसाद श्रेष्ठ, प्रमुख सल्लाहकार विकास वादे, सल्लाहकार बाल भक्त प्रधान, सल्लाहकार ईन्द्र नारायण भैल, सल्लाहकार हेमन्तराज प्रधान, कार्यक्रम संयोजक मनोहरी पोटे प्रमुख कार्यकारी अधिकृत कबिन्द्र धौबन्जार, चेष्टा साप्ताहिकका सह–सम्पादक लक्ष्मण तिमल्सिना, संस्थाका सञ्चालक, कर्मचारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा १२२ जना जेष्ठ सदस्य (पिता) हरुलाई सम्मान गरिएको थियो । कार्यक्रम सञ्चालन नबिना श्रेष्ठले गरेकी थिईन् ।