2026 September 18/ 03:37: 52pm

    बनेपा/सुस्त मनस्थिती भएकी एक युवतीलाई विवाह गर्ने प्रलोभन देखाई विभिन्न स्थानमा लगेर बनेपा स्थित स्वास्थ्य संस्थाकै परिसरमा बलात्कार गरेको अभियोगमा एक ब्यक्ति पक्राउ परेका छन् । पक्राउ परेका ति ब्यक्तिलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले पुर्पक्षका लागि काराकार चलानको आदेश दिएको छ । मानसिक अपाङ्गता भएकी महिलालाई जर्बजस्तिकरणी गरेको अभियोग उनी माथी छ । 
    पीडितले दिएको बयानअनुसार घटना हुनुअघि उनी घरनजिकै साथीहरूसँग खेलिरहेकी थिइन् । सोही समयमा काभ्रेपलाञ्चोक जिल्ला महाभारत गाउँपालिका वडा नम्वर ६ स्थित ४१ बर्षिय बिल ध्वज बाइबाले उनलाई भेटी नाम तथा ठेगाना सोधेका थिए । त्यसपछि कुराकानी गर्दै विभिन्न किसिमले फकाएर ‘तिमी र म बिहे गर्ने हो, अब तिमी मसँग हिँड’ भन्दै उनलाई साथमा लगेका थिए । ललितपुरको नख्खुबाट बस चढाई २०८३ साउन ३१ गते राति १० बजे भक्तपुरको जगातीमा ल्याएका थिए । त्यहाँबाट बनेपा आउने बस नपाए पश्चात हिडाउँदै विहानको राति १.३० बजे काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका–८ स्थित स्वास्थ्य केन्द्रको भवनबाहिर प्यासेजमा बसाए । त्यहाँ खुट्टा पुछ्न प्रयोग भएको म्याटमा बसिरहेको अवस्थामा थकाईले र निद्राले असहज भएको थियो । 
    त्यहि समयमा उनले हामी दुबैजना श्रीमान श्रीमती भएकाले सम्बन्ध राख्न केहि हुन्न भन्दै दुई पटक जर्बजस्ति शारिरीक सम्वन्ध राखेको बयानमा उल्लेख छ । त्यहाँ रोईकराई गरे पछि विहानको समयमा विलध्वजले पनौती बसपार्क पु¥याए । त्यहाँ केहि ब्यक्तिहरुले सोधपुछ गरे पछि आमालाई बोलाई दिन अनुरोध गरिन् । उनिहरुले आमा बोलाई दिए पछि प्रहरीको सहयोगमा ईलाका प्रहरी कार्यालय बनेपा ल्याएको बयानमा उल्लेख गरिएको छ । उनी ८÷९ वर्ष अघि देखि काठमाडौमा बस्दै आएका थिए । उनले कक्षा ९ मा अध्ययन गर्ने क्रममा दिमागमा असर परेका कारण औषधी सेवन गरिरहेकी थिईन् । त्यहिबेला देखि उनको अध्ययन पनि छुटेको थियो । बुबा सानैमा वितेकाले आमाले संरक्षण गरी लालनपालन गरिरहेकी थिईन् । २०८३ साउन ३१ गते साथीहरुसँग खेल्ने क्रममा विलध्वज पुगेर ललाई फकाई ल्याएको उनले बयानमा भनेकी छिन् । 
    विलध्वज विवाहित हुन् । ९ वर्ष अघि कुवेतमा श्रीमतीको रोजगारीको सिलसिलामा निधन भएको थियो । घरमा आमा मात्रै रहेको बताएका विलध्वज स्वयम्भु नजिक डल्लुमा ज्यामी काम गर्दै आएका थिए । ज्यामी काम गर्ने क्रममा उनलाई भेटेको, उमेर पुगेको तर विवाह नभएको, यता श्रीमती नभएकाले असल नियतले उनिसँग सल्लाह गरेरै विवाहका लागि लिएर आएको बताएका छन् । पनौती आए पछि उनले घर जान नमानेकाले त्यहि ज्यामी काम गर्ने उद्देश्यले काम खोज्न जाँदा महिला रोईकराई गरेकाले स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए । उनी २४ वर्षकी भईन् ।