2026 August 06/ 04:49: 47pm

    धुलिखेल/काभ्रे मोबाईल ब्यवसायी संघ काभ्रेको प्रथम साधारण सभा केन्द्रीय अध्यक्ष रमेश घिमिरेको प्रमुख आतिथ्यतामा तथा जिल्ला अध्यक्ष सत्य श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ । अधिबेशनको बन्द सत्रले मधुर दाहालको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । 
    समितिको उपाध्यक्षमा पूर्णराम तुलाधर, सचिव पवनराज कर्णजित र कोषाध्यक्षमा दामोदर चौलागाई निर्वाचित भएका छन् । समितिमा सह सचिव उत्सव ढुंगाना, सह कोषाध्यक्ष बेदप्रसाद तिमल्सेना रहेका छन् । कार्य समिति सदस्यहरुमा सन्दिप अधिकारी, दिवाकर अधिकारी र प्रतिमा पौडेल सापकोटा रहेका छन् । जिल्लाभरी रहेका मोवाईल ब्यवसायीहरुले संगठनात्मक अवस्थामा ब्वसायीहरुको हक हितका लागि काम गर्ने तथा ब्यवसायीहरुलाई आईपर्ने विभिन्न कानूनी तथा नीतिगत समस्या समाधानका लागि खेल्ने भूमिका बारेमा समेत अधिबेशनमा छलफल भएको थियो । कार्यक्रममा उपाध्यक्ष प्रेम दाहाललको स्वागत मन्तब्य रहेको थियो भने सचिव पवन कर्णजितले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै कोषाध्यक्ष मधुर दाहालले सस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सभामा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने, विभिन्न जिल्लाबाट सहभागि मोवाईल ब्यवसायी संघका अध्यक्षहरु, प्रदेश समितिका पदािधकारीहरु, केन्द्रिय समितिका पदाधिकारीहरु लगायतले शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो । अधिबेशनको बन्द सत्रले प्रस्तुत गरिएका प्रतिवेदनहरु पास गर्दै आगामी योजनाका लागि नयाँ समितिले खेल्नु पर्ने भुमिकाका बारेमा सुझाव दिएका थिए ।