2026 June 18/ 11:58: 31pm

        बनेपा/नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, काभ्रे जिल्ला यातायात समन्वय समितिको आयोजनामा उद्योग वाणिज्य तथा यातायात क्षेत्रका नवनिर्वाचित पदाधिकारीहरूलाई सम्मान गर्दै बधाई तथा शुभकामना व्यक्त गरिएको छ ।
    आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघमा निर्वाचित काभ्रेका अग्रज व्यवसायी तथा विभिन्न संस्थाका पदाधिकारीहरूलाई सम्मान गरिएको थियो। कार्यक्रममा सहभागी वक्ताहरूले नवनिर्वाचित नेतृत्वलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै निजी क्षेत्र र यातायात व्यवसायको विकासमा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका थिए । 
    कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्य, केन्द्रीय सदस्य प्रकाश मानन्धर तथा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका नवनिर्वाचित केन्द्रीय उपाध्यक्ष आत्माराम थापा लाई विशेष रूपमा बधाई तथा शुभकामना प्रदान गरिएको थियो । सम्मान तथा शुभकामना कार्यक्रममा अग्रज व्यवसायी योगेन्द्रनाथ कर्माचार्य, रमेश वैद्य, काभ्रे पुण्यवती प्रालिका अध्यक्ष राजेशसुन्दर सैंजु, हेलम्बु यातायातका अध्यक्ष राजेश श्रेष्ठ तथा काभ्रे बस प्रालिका अध्यक्ष वर्ण शाक्य लगायतले मन्तव्य राख्दै नवनिर्वाचित पदाधिकारीहरूलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।
    कार्यक्रममा विभिन्न सामाजिक, व्यावसायिक तथा यातायात क्षेत्रसँग आबद्ध संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो । सहभागीहरूले व्यवसायिक एकता, सहकार्य र समन्वयमार्फत जिल्लाको आर्थिक तथा यातायात क्षेत्रको विकासमा योगदान पु¥याउने प्रतिबद्धता व्यक्त गरेका थिए । काभ्रे जिल्ला यातायात समन्वय समिवितले यस्ता कार्यक्रमले व्यवसायीहरूबीच आपसी सम्बन्ध सुदृढ हुनुका साथै नेतृत्वप्रति सम्मान र हौसला अभिवृद्धि हुने विश्वास व्यक्त गरेको छ ।