तेस्रो बनेपा उप–मेयर कप खुल्ला महिला भलिबल प्रतियोगिता सम्पन्न, उपाधि श्रीकृष्ण मावि दाप्चाले जित्यो
बनेपा/बनेपा नगरपालिकाको आयोजनामा तथा बनेपा भलिबल प्रशिक्षण केन्द्रको ब्यबस्थापनमा तेस्रो बनेपा उप–मेयर कप खुला तथा आमन्त्रण महिला भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा श्रीकृष्ण मावि दाप्चाले उपमेयर कप उपाधि जितेको छ । श्रीकृष्ण मावि दाप्चाले ललितपुर महानरपालिकालाई ३–० ले जितेको हो । श्रीकृष्ण मावि दाप्चाले नगद १ लाख सहित ट्रफि प्राप्त गरेको छ भने दोस्रो ललितपुर महानगरपालिकाले ५० हजार सहित ट्रफी, तेस्रो हुनेलाई २५ हजार र चौथोलाई १० हजार नगद प्रदान गरिएको प्रशिण केन्द्रका सचिव विक्रम प्रजापतिले बताए । प्रतियोगितामा बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले पुरस्कार वितरण गर्दै खेललाई निरन्तरता दिने प्रतिबद्धता ब्यक्त गरे । खेल अनुशासन सहित सभ्य र ब्यबस्थित रुपमा सञ्चालन गरेकोमा धन्यबाद दिएका थिए ।
प्रतियोगिता उप–प्रमुख विमला सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो । उप प्रमुख दाहालले भलिवल खेलले महिला खेलाडीहरूको क्षमता अभिवृद्धि र अनुशासन, आत्मविश्वास तथा स्वास्थ्य प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताईन् । नगरपालिकाले विभिन्न खेलहरुको आयोजना गरी युवाहरुलाई खेलकुद मार्फत सक्रिय बनाएको शाक्यले बताईन् । प्रतियोगितामा बनेपा नगरपालिका, धुलिखेल नगरपालिका, श्रीकृष्णमावि दाप्चा, ललितपुर महानगरपालिका र न्यु डायमण्ड स्पोर्टस क्लबबले भाग लिएका थिए । प्रतियोगितामा वडा अध्यक्षहरु, विभिन्न सघं सस्थाका प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो । खेलकूद गतिविधिलाई निरन्तरता दिन र महिला भलिबल खेललाई थप लोकप्रिय बनाउन प्रतियोगिता प्रभावकारी हुने बनेपा भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष प्रज्ञा नकर्मीले बताए । प्रतियोगिताको १२ गते शुरु भई १९ गते समापन भएको थियो ।









