2026 May 10/ 06:06: 22pm

          बनेपा/जिल्लामा २५७० औ बुद्ध जयन्ती मनाईएको छ । बुद्धजयन्ती समारोह समितिको आयोजनामा बनेपामा ¥याली सहित बुद्धप्रतिमा शोभायात्रा गरेको छ । 
समितिले प्रत्येक वर्ष शान्तिका प्रतीक गौतम बुद्धको जन्मजयन्तीका अवसरमा साप्ताहिक ज्ञानमाला भजन तथा धर्मदेशना, बुद्ध प्रतिमा, चैत्य सरसफाई, बुद्ध प्रतिमा सहितको नगर परिक्रमा गरी सम्पन्न गरेको छ । बनेपाको सुर्दशन बिहार कोबहालबाट शुरु भई टुकम्पो गणेस्थान हुदै चारदोवाटो–तीनदोवाटो भई चन्द्रकिर्ति विहारमा गई ¥याली समापन गरिएको थियो । ¥यालीमा बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, वडा अध्यक्षहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, विद्यार्थीहरुको सहभागिता रहेको थियो । ¥यालीपछि चन्द्रकीर्ति विहारमा बुद्ध पुजा धर्मदेशना गरीएको समितिका अध्यक्ष धर्मलाल मानन्धरले बताए । 

धुलिखेलमा रथयात्रासहित बुद्ध जयन्ती मनाइयो
    धुलिखेल/बैसाख १८ गते बुद्ध जयन्तीको अवसरमा हरेक वर्षझैँ यस वर्ष पनि धुलिखेलमा भन्ते, उपासक–उपासिका तथा समाजका लब्धप्रतिष्ठित महानुभावहरूको सहभागितामा भगवान् बुद्धको प्रतिमासहित रथयात्रा निकालेर नगर परिक्रमा गरी बुद्ध जयन्ती मनाइएको छ ।
    उक्त अवसरमा भन्तेबाट शील तथा धर्मदेशना प्रदान गरिएको थियो । साथै, आजको सन्दर्भमा बुद्धका सन्देशहरूको औचित्यमाथि चुनियालाल बुद्धराम वेजुले प्रकाश पार्नुभएको थियो । कार्यक्रमको सञ्चालन अनमोल माकजुले गर्नुभएको थियो ।