2026 July 31/ 04:28: 33pm

    धुलिखेल/नेकपा एमालेले बागमती प्रदेश स्तरीय निर्वाचन लक्षित युवाहरुको नेशनल भोलेन्टियर फोर्स घोषणा गरेको छ । साथै जिल्ला कमिटी र नगर स्तरीय कमिटीमा पनि फोर्सको संयोजक र सह संयोजक घोषणा गरिएको छ । 
    बागमती प्रदेश भोलेन्टियर फोर्सको संयोजक भुवन श्रेष्ठलाई तोकिएको छ । त्यस्तै काभ्रेका आकाश लामा र झलक लामा तोकिएका छन् । सदस्यहरुमा मदन बल तामाङ, ओम सन्त्याल, सन्जीव दाहाल, पदम श्रेष्ठ, जीवन श्रेष्ठ, कुमार थिङ, श्याम लामा, वीरबहादुर तामाङ, सन्तोष अर्याल, खगेन्द्रबहादुर मोक्तान, राष्ट्रमान चौधरी, भोजराज बुढाथोकी, समिर अरमान, सिंह तामाङ, अर्पण श्रेष्ठ, जीवन थापा मगर, टिका थापा मगर, सिंहराज लामा, मोहन लामा, वीरेन्द्र अधिकारी, गणेश लामा लगायत छन् । 
    कमिटीमा रहेकाहरुलाई पार्टीका केन्द्रिय सचिव महेश बस्नेतले झण्डा सहितको जिम्मेवारी हस्तान्तरण गरेका थिए । साथै फोर्सका केन्द्रिय संयोजक पुष्प श्रेष्ठ लगायतले युवाहरुको आगामी निर्वाचनमा जिम्मेवारीका बारेमा निर्देशन दिएका थिए । सोहि कार्यक्रममा बोल्दै सचिव महेश बस्नेतले मुलुक जलाउनेलाई भन्दा बनाउनेलाई मतदान गर्न मतदाताहरुलाई अनुरोध गरे । 
    कार्यक्रममा एमाले काभ्रेका उम्मेदवारहरु एवं केन्द्रिय सदस्य अमित लामा र अशोक ब्याञ्जु, धादिङका उम्मेदवार भुमि त्रिपाठी, क्रान्ति बुर्लाकोटी, बागमती प्रदेश अध्यक्ष कैलाश ढुंङ्गेल, उप सचिव भक्तकुमारी लामा, पुर्व केन्द्रिय सदस्य नविना लामा, जिल्ला कमिटी अध्यक्ष राजन भुर्तेल, विभिन्न जिम्मेवारीमा रहेका एमालेका नेताहरुले आगामी निर्वाचनमा मुलुक निर्माण गर्ने पार्टी नेकपा एमालेलाई मतदान गर्न आग्रह गरेका थिए ।