2026 January 17/ 03:58: 52pm

    धुलिखेल/नेकपा एमालेले बागमती प्रदेश अन्तर्गत उपत्यकाका तीन जिल्लाबाहेक अन्य १० वटा जिल्ला कमिटीमा चुनावसम्मका लागि कामको संयोजन गर्न इञ्चार्जहरु तोकेको छ । 
    काभ्रे जिल्लाको इन्चार्जको जिम्मेवारी केन्द्रिय सदस्य अशोक ब्याञ्जुले पाएका छन् । ब्याञ्जु नेकपा एमाले काभ्रेको जिल्ला कमिटी अध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए । नगर देखि जिल्ला कमिटीका विभिन्न पदमा उनले जिम्मेवारी निर्वाह गरिसकेका छन् । जिल्ला कमिटीको नेतृत्व पछि उनी बागमती प्रदेश कमिटीमा सदस्य थिए । भर्खरै सकिएको महाधिबेशनबाट उनि खुल्ला केन्द्रीय सदस्यमा अत्याधिक मत ल्याई विजयी भएका थिए । 
    २०५४ सालमा धुलिखेल नगरपालिकामा नेकपा एमालेको तर्फबाट उपप्रमुखमा विजयी ब्याञ्जु नेपाल नगरपालिका संघमा २०७४ सम्म उपाध्यक्ष थिए । २०७४ बाट २०७९ सम्म अध्यक्ष भए । अन्र्तराष्ट्रिय स्तरमा समेत नेतृत्वदायी भुमिका खेलेका ब्याञ्जु २०७४ देखि लगातार धुलिखेलमा प्रमुख छन् । २०७९ मा पनि उनि निर्वाचित भए । धुलिखेललाई विश्व स्वास्थ्य संगठनले नेपालको पहिलो स्वस्थ शहर घोषणा लगायतका विभिन्न कार्यक्रममा अन्र्तराष्ट्रिय मान्यता दिलाउन उनि सफल भएका छन् । शिक्षा, स्वास्थ्य, पर्यटन लगायतका क्षेत्रलाई प्राथमिकता राखेर धुलिखेललाई नमूना बनाउन ब्याञ्जुको नेतृत्व सफल मानिन्छ । काभ्रेपलाञ्चोक जिल्लाको योजना निर्माण र कार्यान्वयनमा पनि उनि सक्रिय छन् । नेकपा एमाले काभ्रेमा यस अघि काभ्रेपलान्चोकमा यस अघि गोकुल बास्कोटा इन्चार्ज थिए ।