2026 July 30/ 04:39: 04pm

प्याब्सन काभ्रेको जिल्ला परिषद् 
    बनेपा/प्याब्सन काभ्रेपलाञ्चोकको जिल्ला परिषद् अध्यक्ष श्यामबहादुर भुजेलको अध्यक्षतामा सम्पन्न भएको छ । केन्द्रिय प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नीजि क्षेत्रबाट सञ्चालित विद्यालयहरुको अवस्था, आगामी योजना र सम्भावित जोखिमका बारेमा छलफल भएको थियो । 
    प्याब्सन काभ्रेका बरिष्ठ उपाध्यक्ष सुजेन्द्र श्रेष्ठले स्वागत मन्तब्य राखेको उक्त कार्यक्रममा केन्द्रिय अध्यक्ष कृष्णप्रसाद अधिकारीले देशभरका नीजि विद्यालयहरुको संस्थागत विकासका लागि एक हुँदै गुणस्तरीय शिक्षामा ध्यान दिनु पर्ने बताए । कार्यक्रममा केन्द्रिय सह अध्यक्ष  किशोर कुमार गौतम, महासचिव आर.वि.कटुवाल, उपमहासचिव केन्द्रिय प्याब्सन भिमसेन केसी, बागमती प्रदेश अध्यक्ष मुरारी प्रकाश संजेल, सचिवालय सदस्य हिरा शर्मा नेपाल, काठमाडौ जिल्ला अध्यक्ष नवराज भट्ट, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोदकुमार न्यौपाने, पब्लिकेशनका मदन ढुंगाना लगायतले शुभकामना मन्तब्य राखेका थिए । उपाध्यक्ष बसन्तराज नेपालले धन्यवाद ज्ञापन गरेको उक्त कार्यक्रम सचिव विमल न्यौपानेले संचालन गरेका थिए । 
    परिषद्को बन्द सत्रमा अध्यक्ष श्यामबहादुर भुजेलले समग्र प्याब्सन काभ्रेको अवस्थाका बारेमा धारणा राखेका थिए । सचिव विमल न्यौपानेले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा कोषाध्यक्ष अर्जुन थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सांगठनिक र आर्थिक प्रतिवेदन उपर उठेका जिज्ञासाहरुलाई सम्बोधन गर्दै अध्यक्ष भुजेलले परिषद्को बन्द सत्र समापन गरेका थिए । 

प्याब्सन पनौती नगरको तेश्रो परिषद
    पनौती/निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपालपनौती नगर कार्यसमितिको तेस्रो नगर परिषद् सम्पन्न भएको छ । पनौती प्याब्सनका अध्यक्ष रामचन्द्र देउजाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्याब्सनसँग सम्वन्धित विभिन्न क्षेत्रका अतिथिीहरुले शुभकामना ब्यक्त गरेका थिए । 
    पनौती प्याब्सनका सचिव ओमकृष्ण श्रेष्ठको संचालनमा सम्पन्न कार्यक्रममा जिल्ला सचिव विमल न्यौपानेले स्वागत गरेका थिए । जिल्ला प्याब्सनका उपाध्यक्ष बसन्तराज नेपालको धन्यवाद मन्तब्य रहेको परिषद्मा केन्द्रीय उपमहासचिव भिमसेन केसी, केन्द्रीय सचिवालय सदस्य हिरा शर्मा नेपाल, जिल्ला अध्यक्ष श्याम भुजेल, पुर्व केन्ँद्रीय सदस्य सत्यनारायण श्रेष्ठ, प्याब्सन जिल्ला बरिष्ठ उपाध्यक्ष सुजेन्द्र श्रेष्ठ, बनेपा अध्यक्ष महेन्द्र विष्ट, पाँचखाल अध्यक्ष रामप्रसाद कोईराला, गोल्डेन बुक्सका रामसुन्दर भट्टराई लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । 
    अध्यक्ष देउजालेसबै निजी विद्यालयहरू एकताबद्ध हुनुपर्नेमा जोड दिए । प्याब्सन प्रधानाध्यापकहरूको हितका लागि मात्र नभई विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि स्थापित संस्था भएको बताउँदै सबैको सक्रिय सहभागिताको आवश्यकता रहेको बताए ।

बनेपा नगर प्याब्सनको दोस्रो नगर परिषद
    बनेपा/बनेपा नगर परिषदको दस्रो नगर परिषद २०८२ सम्पन्न भएको छ ।कार्यक्रममा प्याब्सनका केन्द्रिय उपाध्यक्ष आशिष श्रेष्ठको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष रविन शर्माको विषेश आतिथ्यता रहेको थियो । 
    कार्यक्रममा प्याब्सनले वार्षिक रुपमा आयोजना गरेका कार्यक्रमहरुको समिक्षा तथा भावि कार्यक्रमहरु प्रस्तुत गरिएको थियो । कार्यक्रमका सभापति तथा बनेपा प्याब्सनका अध्यक्ष महेन्द्र विष्टले प्याब्सनले वर्ष भरिमा विभन्नि अतिरिक्त कार्यक्रमको आयोजना गरिएको बताए । नगरका सदस्य विद्यालयका शिक्षकहरुको क्षमता अभिबृद्धि, विद्यार्थीहरुको प्रतिभा प्रर्दशन लगाएतका विभिन्न कार्यक्रमहरु सम्पन्न गरिएको विष्टले बताए । कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष लिलाधर पौड्लले राखेका थिए भने शुभकामना मन्तब्य प्याब्सनका केन्द्रिय उपमहासचिब भिमसेन केसी, सचिबलय सदस्य हिरा शर्मा नेपाल, जिल्ला अध्यक्ष श्याम भुजेलले लगाएतले राखेका थिए । त्यसै गरी कार्यक्रममा केन्द्रिय परिषदका सदस्य रवि बैध, पुर्व केन्द्रिय सदस्यद्धय पुर्ण कुमार श्रेष्ठ, सत्यनारायण श्रेष्ठ, केन्द्रिय सदस्य डा.राममणी सापकोटा, प्याब्सनका जिल्लाका पदाधिकारीहरु, प्याब्सन धुलिखेल नगर, पनौती, पाँचखाल नगरका अध्यक्ष, विभिन्न प्रकाशन प्रालिका प्रतिनिधि लगाएतको सहभागिता रहेको थियो ।