2026 August 02/ 03:48: 08am

   बनेपा/जेनजीको आन्दोलनका क्रममा आगजनी हुँदा क्षतिग्रस्त भएको बनेपा स्थित जिल्ला ट्राफिक कार्यालयलाई ल्यापटप र फर्निचर सहयोग प्राप्त भएको छ । 
    रोटरी क्लब अफ काभ्रे–बनेपाको पुर्व अध्यक्ष एवं ईन्टरनेशनल रोटरी ड्रिस्ट्रीक ३२९२ को २०२५–२६ को–असिस्टेन्ट गभर्नर रामप्यारी बज्राचार्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेलाई एउटा ल्यापटप, एउटा टेबुल र चार थान कुर्सी सहयोग गरेकी छन् । आम नागरिकको सुरक्षा तथा सचेतनासँग जोडिएको महत्वपूर्ण कार्यालयलाई सहज सेवा प्रवाहका लागि थोरै भएपनि सहयोग पु¥याउने उद्देश्यले सामाग्री उपलब्ध गराइएको बज्राचार्यले बताइन् । सहयोगप्रति ट्राफिक प्रहरी प्रमुख सुनिल धाँजुले आभार व्यक्त गरेका छन् । कार्यालयको भौतिक संरचना र सवारीसाधन, लत्ताकपडा लगायतका विभिन्न सामाग्रीमा क्षति पुगेको छ । सहज ट्राफिक व्यवस्थापनका लागि आफुहरु फिल्डमा खटिइरहेको उनले बताए ।