2026 August 03/ 07:25: 06am

सबैभन्दा कम बेरुजु महाभारत गाउँपालिकामा रहँदा सबै भन्दा ठुलो बेरुजु पनौती नगरपालिकामा रहेको छ । आर्थिक वर्ष २०८०/०८१ को महालेखाको वार्षिक लेखापरीक्षणमा पनौती नगरपालिकाको ५१ करोड ६६ लाख ४९ हजार ५ सय ७७ रुपैयाँ बेरुजु पुगेको छ । तर सोहि नगरपालिकाले त्यहि आर्थिक वर्षको अन्त्यसम्ममा सबैभन्दा ठुलो बेरुजु ६ करोड ११ लाख ७६ हजार ३ सय ९९ रुपंैयाँ फस्र्याैट गरेको छ ।

मोतीराम तिमल्सिना
धुलिखेल

    नेपालकै नमुना पालिकाका रुपमा महाभारत गाउँपालिकाले यो वर्ष शुन्य बेरुजु कायम राख्न सफल भयो । महालेखापरीक्षकको कार्यालयले सम्मान पनि ग-यो । अन्य पालिकाहरुले पनि बेरुजु घटाउने तदारुकता देखाएको भए पनि फस्र्याैटमा भने आलटाल देखाएका छन् । 
    महाभारत गाउँपालिको आर्थिक वर्षको अन्त्यसम्ममा करिब एक करोड बेरुजु फस्र्याैट हुन बाँकी छ । आर्थिक वर्ष २०८०/०८१ मा शुन्य बेरुजु गराउने महाभारत नमुना पालिकाका रुपमा चिनिएको छ । तर पनि पालिकाले सोहि आर्थिक वर्षमा एक रुपैयाँ पनि बेरुजु फस्र्याैट गर्न सकेन । महाभारत गाउँपालिकाको हालसम्मको बेरुजु ९२ लाख ९६ हजार छ । यो जिल्लाका १३ पालिका मध्ये सबैभन्दा कम बेरुजु रहेको पालिका हो । सबै भन्दा धेरै पनौती नगरपालिकाको बेरुजु देखिएको छ । हालसम्मको बेरुजु पनौती नगरपालिकाको ५१ करोड ६६ लाख ४९ हजार ५ सय ७७ रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०८०/०८१ मा पनौती नगरपालिकाको बेरुजु १ करोड ४ लाख ९९ हजार थपियो । सोहि आर्थिक वर्षमा मण्डनदेउपुर नगरपालिकाको १६ लाख ६८ हजार बेरुजु थप भई कुल १५ करोड ८७ लाख ८२ हजार पुग्यो । धुलिखेल नगरपालिकाको ४४ लाख ३२ हजार बेरुजु थप भई २२ करोड ३६ लाख ६९ हजार पुगेको छ । 
    भुम्लु गाउँपालिकाको १ करोड २२ लाख ६ हजार ८ सय ९२ बेरुजु थप भई २५ करोड ३९ लाख ४१ हजार ८ सय ९२ रुपैयाँ पुगेको छ । चौरीदेउराली गाउँपालिकाको १ करोड ३५ लाख ७४ हजार ३ सय ७२ रुपैयाँ थप भई १८ करोड ७१ लाख ६८ हजार ४ सय ३१ रुपैयाँ पुगेको छ । खानीखोला गाउँपालिकाको ४ करोड ६१ लाख ५० हजार २ सय ९२ रुपैयाँ बेरुजु एक आर्थिक वर्षमा थप भएको छ । सोहि पालिकाको कुल बेरुजु रकम १५ करोड ७२ लाख ४१ हजार २ सय ९२ पुगेको छ । तेमाल गाउँपालिकाको १ करोड ४१ लाख ३० हजार बेरुजु थप भएको छ । कुल बेरुजु २० करोड ९८ लाख पुगेको छ । 
    रोशी गाउँपालिकाको ३ करोड ८१ लाख ३ हजार ५ सय ९२ रुपैया बेरुजु थप भएको छ । १७ करोड २१ लाख ५ हजार २ सय ४८ रुपैयाँ बेरुजु रोशी गाउँपालिकाको पुगेको छ । बेथान्चोक गाउँपालिकामा २ करोड ४६ लाख ९ हजार ७ सय ५१ रुपैया बेरुजु थप भएको छ । गाउँपालिकाको कुल बेरुजु २० करोड २५ लाख ३ हजार ७ सय ५१ पुगेको छ । नमोबुद्ध नगरपालिकाको ४ करोड ४९ लाख १८ हजार बेरुजु थप भई २७ करोड ६३ लाख ७९ हजार २ सय ४० रुपैयाँ पुगेको छ । पाँचखाल नगरपालिकाको २ करोड ३५ लाख ७७ हजार ३२ रुपैयाँ बेरुजु थप भई १२ करोड २४ लाख २८ हजार ५ सय ६ रुपैयाँ पुगेको छ । बनेपा नगरपालिकाको ५ करोड ९४ लाख ६२ हजार बेरुजु थप भई ३५ करोड ५५ लाख पुगेको छ । बेरुजु तत्कालीन गाउँ विकास समिति र नगरपालिकाहरु रहँदाका बखतको पनि कायम गरिएको छ । जिल्लामा हालसम्मको बेरुजु अल्या हुँदै आएको छ । 

एक वर्षमा बेरुजु कति फस्र्यौट ? 
    काभ्रेपलाञ्चोक जिल्लामा रहेका १३ वटा पालिकाहरुमा एक आर्थिक वर्षमा १४ करोड ८७ लाख ९० हजार ७ सय १ रुपैयाँको बेरुजु फस्र्याैट भएको छ । 
    महाभारत गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ मा बेरुजु फस्र्याैट भएन । चौरीदेउराली गाउँपालिकाले ३७ लाख बेरुजु फस्र्याैट गरेको छ । खानीखोला गाउँपालिकाले पनि सोहि आर्थिक वर्षमा बेरुजु फस्र्याैट भएन । नमोबुद्ध नगरपालिकाले २ करोड ६ लाख ४७ हजार ७ सय ७६ रुपैयाँको बेरुजु फस्र्याैट गरेको छ । पनौती नगरपालिकाले ६ करोड ११ लाख ७६ हजार ३ सय ९९ रुपैयाँको बेरुजु फस्र्याैट गरेको छ । तेमाल गाउँपालिकाले २५ लाख ७५ हजार बेरुजु फस्र्याैट गरेको छ । धुलिखेल नगरपालिकाले ३५ लाख ३८ हजार फस्र्याैट गरेको छ । पाँचखाल नगरपालिकाले ३ करोड १८ लाख ८२ हजार ५ सय २६ रुपैयाँको बेरुजु फस्र्याैट गरेको छ । बनेपा नगरपालिकाले ९ लाख ३६ हजार रुपैयाँको बेरुजु फस्र्याैट गरेको छ । बेथान्चोक गाउँपालिकाले सोहि आर्थिक वर्ष एक रुपैयाँ पनि बेरुजु फस्र्याैट गरेन । भुम्लु गाउँपालिकाले १ करोड ७५ लाख रुपैयाँको बेरुजु फस्र्याैट गरेको छ । मण्डनदेउपुरले ५४ लाख ९१ हजार रुपैयाँको बेरुजु फस्र्याैट गरेको छ । रोशी गाउँपालिकाले १३ लाख ४४ हजार बेरुजु फस्र्याैट गरेको छ । बेरुजु रकम तत्कालीन गाउँ विकास समिति र नगरपालिकाहरुको पनि अल्या हुँदै आएको छ ।