धुलिखेल/छोरा बुहारीको पवित्र सम्वन्धमा ससुरा बाधक बनेका छन् । बाधक बनेका ससुराको हर्कत घर परिवारका अन्य सदस्यले थाहा पाए पछि प्रहरीलाई खबर गरिएको छ । प्रहरीले उनि विरुद्ध हाडनाता करणीमा अभियोग दर्ता गरेको छ । जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
भुम्लु गाउँपालिका वडा नम्वर २ सिम्थली पहरी टोलमा भएको उक्त घटनामा संलग्न ससुरा विरुद्धको जाहेरी प्रहरी कार्यालयमा दर्ता भएको थियो । २०८२ बैशाख २० गते आफ्नै बुहारीलाई जबरजस्ती करणी गरिरहेको अवस्थामा फेला पारेको बताईन्छ । बुहारीले ससुराले नियमित गरिरहने करणी विरुद्ध बोल्न नसकेको बयान दिएकी छन् । बुहारीका दुई नाती छन् । ४/५ वर्ष अघि विवाह भएको थियो । कामको सिलसिलामा छोरा घर बाहिर बस्छन् । त्यहि मौका छोपेर ससुराले बुहारीलाई जबरजस्ती करणी गरिरहेका थिए । मानसिक सन्तुलन विग्रन गई ३ वर्ष देखि उपचारार्थ बुहारीलाई आफुले त्यस्तो कार्य नगरेको ससुराले बयान दिएका छन् । विरामी बुहारीलाई आफुले दुध, दहि, महि खानु भन्दा विवाद भएको तर त्यस्तो अपराधमा संलग्न नभएको उनले बताएका छन् । बारीमा मकै गोड्ने खेताला भएको अवस्थामा उठेर खाना पकाई दिनु नसके आफुले भर्खरै ल्याएको दुध तताएर खानु भन्दा विवाद भएको तर उनि चिच्याउन थाले पछि आरोप लगाएको उनले बताएका छन् ।









