‘चेष्टा’ को गौरवपूर्ण रजत वर्ष
अशोककुमार व्याञ्जू
सम्पादक/प्रकाशक
चेष्टा साप्ताहिक
पत्रकार र पत्रकारिताको क्षेत्र जति जिम्मेवार छ त्यति नै खराब मोडमा पुगेको छ । त्यो खराबीलाई सहि ठाउँमा ल्याउनुपर्ने हाम्रो कर्तव्य छ भन्ने कुरा अगाडि नै आइसकेको छ । म चेष्टा साप्ताहिकको विषयमा दुईवटा कुरा मात्र भन्छु । एउटा चेष्टा हामी सबैको हो अर्काै हामी कसैको पनि होइन । यसकारण यो हामी सबैको हो कि समाजलाई यसले अग्रगतिमा लानका लागि खराबहरुसँग लड्छ र राम्रो कुरा स्थापित गर्न खोज्छ । चेष्टा हामी कसैको पनि होइन किनभने तपाई हामी कसैले गल्ती गरे पनि यसले तपाई हाम्रो विषयमा लेख्छ । यो तपाईहरुको मित्र पनि हो शत्रु पनि हो । चेष्टालाई समाजको खराबीहरुलाई दरिलोसँग उभिन तपाईहरुले तागत दिनुभएको छ । यसको लागि म आभार प्रकट गर्दछु ।
चेष्टाले केहि मोडहरुमा थुप्रै दुःखकष्टहरु भोगेको छ । शुरुको प्रकाशनदेखि आजसम्म यसले भोगेका भोगाईहरु सँग लडि यहाँसम्म आइपुग्न सफल भएको छ । यस प्रयत्नमा संलग्न चेष्टा साप्ताहिकका सम्पूर्ण विगतमा सहयोग गर्नुहुने, साथ दिनुहुने, सहकर्मी मित्रहरुमा आभार प्रकट गर्दछु । आज जुन टिम खडा भएका छौं यो टिमको आँशु, रगत र पसिनाले चेष्टा यहाँसम्म आइपुगेको छ । निरन्तर प्रकाशनमा सहयोग पु¥याउनु हुने सम्पूर्णमा हार्दिक धन्यवाद र आभार ब्यक्त गर्दछु ।





