‘चेष्टा’ को गौरवपूर्ण रजत वर्ष
गंगाबहादुर दोङ
प्रतिनिधि सभा सांसद, काभ्रे
चेष्टा साप्ताहिकले २५ औ वर्षको वसन्तहरु विभिन्न आरोह र अवरोह, घुम्ती र मोडहरु पार गर्दै यहाँ सम्म आइपुगेको छ । यसका पाइलाहरु निकै चोटिला र निकै सघर्षशील रहेका छन । यसका पाइलाहरु व्याख्या गर्दै जाने क्रममा दुईटा विषय महत्वपूर्ण रह्यो । एउटा निरंकुश राजतन्त्रको विषयमा र अर्काे मुलुकमा भएका द्वन्द्वको अवस्थाको विषयमा अघि नै चित्रित भइसकेको छ । स्वभाविक रुपमा नेपालमा भएको १० वर्षे जनयुद्धको क्रममा कहिलेकाहिँ चेष्टा साप्ताहिकसँग र यसको यात्राको क्रममा परेका समस्याहरु पनि छन् । यो मुलुकमा रहेको निरंकुश व्यवस्थाको अवस्थामा पनि कहिँ नहिलिकन, नडगमगाइकन, आफ्नो पाइला नरोकीकन २५ औं वसन्त पार गरिहेको अवस्थामा शुभकामना, बधाई र उत्तरोत्तर प्रगतिको कामना गर्न चाहन्छु ।
अबको यात्रा चेष्टा साप्ताहिकको अझ सबल बन्दै जाओस् । हामीले देख्यौ काभ्रे जिल्लामा धेरै पत्रिकाहरु प्रकाशन भएका छन । यो प्रकाशनको निरन्तरता भएको छ कि छैन भन्दा तपाई हामी सबैले भोगिराखेका छौं । सबैले हेरिराखेका छौं । कुन पत्रिका कति वर्ष कति महिना टिके ? चेष्टा साप्ताहिक निरन्तर प्रकाशन, निरन्तर संघर्षले आफ्नो अनुभवले अगाडि बढिरहेको छ । यसलाई निरन्तरता दिनको लागि सुखमय होस् । चेष्टा साप्ताहिक अझ चेष्टा गर्दै अगाडि बढोस् । शुभकामना दिन चाहन्छु ।





