2026 May 28/ 11:10: 44pm

उद्धबप्रसाद अधिकारी/पाँचखाल 
 तिनपिप्ले यूवा क्लबको सक्रियतामा पाँचखाल नगरपालिका वडा नम्बर ६ मा कोरोना संक्रमित भएर घरमै आईशोलेसनमा बस्नु भएका संक्रमितहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । 
    क्लबका अध्यक्ष सरोज धितालले संक्रमितहरुलाई माक्स, सेनिटाईजर, साबुन लगाएत अति आवश्यकीय सामाग्रीहरु वितरण गरेको बताउनु भयो । संस्थाले मानविय र सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त सामाग्री वितरण गरिएको धितालले बताउनु भयो । त्यसैगरी पाँचखाल वडा नम्बर ७ का वडा अध्यक्ष पुस्कल ढकालले संक्रमितहरको घर घरमै पुगी स्वास्थ्य अबस्था, अशक्त, अपाङ्ग, आर्थिक अबस्था कमजोर भएका परिवारहरुलाई राहत वितरण गर्नु भएको छ । त्यसै गरी वडा नम्बर ४ का वडा अध्यक्ष सुन्दर तामाङ्गले नगरले गरेको निशेधाज्ञामा वडाबासीहरुलाई समस्या नपरोस भन्नका लागी विभिन्न राहत वितरण गरेको बताउनु भयो ।