2026 July 06/ 02:43: 45pm

धुलिखेल/बैदेशिक रोजगार, प्रविधि, समाजका अनेक समस्या झेल्न नसकेर आत्महत्या बढिरहेको निश्कर्षमा पुगेका बेला समाज बन्द भएको, परिवारको साथ सँगै भएको अवस्थामा पनि नागरिकहरुले आत्महत्या गर्न छाडेका छैनन् । आत्महत्या हुन नदिन समाजका हरेक ब्यक्तिहरुका भूमिका र राज्यको दायित्व बढाउने विषयमा सोच्नु जरुरी भएको छ । 
लकडाउनको एक महिनाको अवधिमा मात्रै १५ जनाले ज्यान गुमाएका छन् । मान्छेले किन आत्महत्या गरिरहेको छ ? १४ वर्षको उमेर देखि ७० वर्ष उमेर समुहका ब्यक्तिहरुलाई प्राण त्याग्नुपर्ने अवस्था किन आईलाग्यो ? यसअघि जिल्लामा ९ बर्षीय बालक देखि ९५ बर्षीयसम्मका बृद्धसम्मले आत्महत्या गरेका थिए । लकडाउनको ३० आंै दिनसम्म जिल्लामा ३० वटा घटना भएका छन् । जसमा २८ जनाको ज्यान गएको छ भने ३८ जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय धुलिखेलमा २३ वटा घटना दर्ता भएका छन् भने इलाका प्रहरी कार्यालय बनेपामा ७ वटा घटना दर्ता भएका छन् । लकडाउन चलिरहेका बेला झुण्डिएर र विष सेवन गर्नेहरु १५ जना छन् । लडेर एक जनाले ज्यान गुमाएका छन् भने भवितब्यमा परि एक जनाले ज्यान गुमाएका छन् । मृत्युका कारण नखुलेको तर ज्यान गुमाउने ४ जना छन् । सवारी दुर्घटनामा परी ५ जनाले ज्यान गुमाएका छन् । २८ वटा घटना मध्ये सवारी ज्यान सम्वन्धी २ वटा छन् भने अभद्र ब्यवहारमा ३ वटा छन् । लागु औषधमा १ र चोरी सम्वन्धी २ वटा मुद्दा छन् । ज्यान सम्वन्धी कसुरका २३ वटा मुद्दा दर्ता भएका छन् । आत्महत्या गर्नेहरुमा महिला धेरै छन् । १४ वर्षको उमेर देखि ७५ वर्ष उमेरसम्मका ब्यक्तिहरुले आत्महत्या गरेका छन् । लकडाउन अवधिमा घर भित्र परिवारका सदस्यहरु सबै भएकै बेला आत्महत्या गर्नेहरु धेरै भए । २८ दिनको अवधीमा २३ जनाले ज्यान गुमाउनु परेको छ । जिल्लामा आत्महत्याको संख्या थपिदै जानुमा विविध कारण मानिदै आएको छ । ‘लकडाउन अवधीमा भएका आत्महत्या तथा अन्य अपराधमा प्रहरीले अनुसन्धानलाई तिब्र बनाएको छ’–एसपी रविकुमार पौड्यालले भन्नुभयो–‘प्रहरीले लकडाउन अवधिमा यसअघि भएका घटनामा संलग्न फरार अभियुक्त तथा अपराध नियन्त्रणमा बढाउनु पर्ने गस्ति र अनुसन्धानलाई तिब्र बनाएको छ ।’ जसका कारण ८ महिना पुरानो जर्बजस्ती करणीका फरार अभियुक्तहरु पक्राउ परिसकेका छन् भने बेवारिसे भरुवा बन्दुक बरामद देखी चोरीमा संलग्नहरुलाई नियन्त्रणमा लिई कारवाही शुरु भएको छ । 
    २०७६ चैत्र १९ गते पनौती नगरपालिका वडा नम्वर १ बस्ने १४ बर्षीया एलिसा तामाङले आफ्नै घरको माथिल्लो तल्लाको जस्ताको छानोको सिलिङको फलामको बलोमा सलको कपडा घाँटीमा पासो लगाई झुण्डी आत्महत्या गरिन् । चैत्र १८ गते साँझ पनौती नगरपालिका वडा नम्वर ४ का २१ बर्षिय अजन के.सीले आफ्नै घरमा आफै सुत्ने कोठामा पङ्खाको हुकमा नाईलनको डोरीको पाँसो घाँटीमा लगाई झुण्डी आत्महत्या गरे । चैत्र ६ गते साँझ धुलिखेल नगरपालिका वडा नम्वर बनेपा अनैकोट कच्ची सडक खण्डको बाँयातर्फको भागमा धुलिखेल नगरपालिका वडा नम्वर २ घर भएका ७० बर्षीय ठुले तामाङ मृत अवस्थामा फेला परे । मृत्युको कारण अझै खुलेको छैन । चैत्र २ गते साँझ पनौती नगरपालिका वडा नम्वर ९ का ४८ बर्षीय नरहरी के.सी.ले आफ्नै घरमा एकिन नाम नखुलेको बिषादी सेवन गरेका थिए । उपचारको क्रममा शिर मेमोरियल अस्पताल बनेपा काभ्रेमा निधन भयो ।  चैत्र ६ गते नै पनौती  नगरपालिका वडा नम्वर ७ मा २० बर्षीय प्रबिन परियारले आफ्नै घरको कोठाको दलिनमा सलको पासो घाँटीमा लगाई झुण्डी आत्महत्या गरे । चैत्र ७ गते साबिक ज्याम्दी गाविस वडा नम्वर ६ हाल मण्डनदेउपुर नगरपालिका वडा नम्वर १२ मा ६५ बर्षीय भुमराज मल्लले आफ्नै घरमा एकिन नाम नखुलेको बिषादी सेवन गरी आत्महत्या गरे । 
अत्याधिक मापसेबाट पाँचखालमा आशाराम गुहाटीको निधन भयो । मण्डनदेउपुर नगरपालिका वडा नम्वर १२ रामपुर बस्ने ३४ बर्षीय जितबहादुर दर्जी चैत १५ गते बनेपाबाट घर सम्म पैदल हिडेर जाने क्रममा भुम्लु गाउँपालिका वडा नम्वर ९ को झगडौ भन्ने स्थानमा मृत अवस्थामा फेला परेका थिए । चैत्र २९ गते नमोबुद्ध नगरपालिका वडा नम्वर ९ स्थित २६ बर्षीय बिष्णुशरण लामा आफ्नै घरको कोठाको दलिनमा घाँटीमा नाईलनको डोरीले घाँटीमा पासो लगाई झुण्डिएका थिए । चैत्र ३० गते दिउँसो धुलिखेल नगरपालिका वडा नम्वर ८ स्थित आफ्नै घरमा ४० बर्षीय मोतीमाया घलान आफ्नै घरको माथिल्लो तल्लामा नाईलनको डोरीले घाँटीमा पासो लगाई झुण्डिएर आत्महत्या गरेकी छिन् । । प्रहरी प्रवक्ता डिएस्पी कुमार विक्रम थापाले प्रहरीले अपराध नियन्त्रणमा कुनै कमी नगरेको बताउनु भयो । जिल्लामा घटना हुनै नदिन र घटना भए पछि संलग्नहरुलाई पक्राउ गरी अनुसन्धान गर्ने कार्यलाई लकडाउनले नछेकेको थापाले बताउनु भयो । 
 दैलेखबाट मण्डनदेउपुर नगरपालिकामा ज्यामी काम गरी मिस्त्री काम गरी कमाई खाई आई रहेका दैलेख भैरब गाउँपालिका वडा नम्वर ७ घर भई मण्डनदेउपुर नगरपालिका वडा नम्वर ५ सल्लेबासमा बस्ने ४८ बर्षीय बिजुलीबहादुर गुरुङ २०७२ सालको भुकम्प पश्चात आफ्नो घरबाट मण्डनदेउपुरमा घर बनाउने काम गरी बस्दै आएका थिए । उनको सुतेकै स्थानमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । पाँचखाल नगरपालिका वडा नम्वर १२ बस्ने बर्ष ६१ को बुद्धिबहादुर दनुवार बिगत केहि बर्ष अगाडी देखि मानसिक रोगी भई ललितपुर स्थित पाटन अस्पतालमा जाँच गराई नियमित औषधि सेबन गरी आएका थिए । बैशाख ३ गते घरबाट हिडेका उनि बैशाख ४ गते तेमाल गाउँपालिका वडा नम्वर १ को भोरे दोपभान स्थित झिगू खोलामा डुबी मृत अबस्थामा फेला परेका थिए । भुम्लु गाउँपालिका वडा नम्वर ९ घर भएका गोबिन्दबहादुर खत्री क्षत्रीले विवाहको ९ महिनामा आत्महत्या गरेका छन् । पाँचखाल नगरपालिका वडा नम्वर ११ खरेलथोकमा बसोबास गर्दै आएका उनी  बैशाख ४ गते घरबाट बेपत्ता भएका थिए । बैशाख ६ गते विहान खड्कप्रसाद खरेलको घरको बुईगलमा नाईलको डोरीको पासो घाँटीमा लगाई झण्डिएको अवस्थामा उनको शब फेला परेको थियो । उनले एक वर्ष अघि पनि आत्महत्या गर्ने प्रयास गरेका थिए ।