2026 April 30/ 09:23: 47pm

न्यायका लागि अदालत
बनेपा/जिल्लाको पहुँच केन्द्रिय तहमा पुगेको र अरबौ बजेट विनियोजन गरी विकासले गति समातेको अवस्थामा पूर्व मन्त्री गोकुल बास्कोटालाई आधुनिक प्रविधिको दुरुपयोग गरी चरित्र हत्या गरेको घटनाले जिल्लाबासीहरु दुखित भएका छन् । बाँस्कोटा बसेको बालकोट स्थित निवासमा दैनिक सयौ ब्यक्तिहरुले बास्कोटा निर्दाेष भएर फर्कन शुभकामना दिईरहेका छन् । निराश बनेर जाने कार्यकर्ता तथा शुभचिन्तकहरुलाई बास्कोटाले आफुले कुनै गल्ति नगरेकाले अदालत पुगेको बताउँदै उत्साह भरेर फर्काउने गरेका छन् । 
‘मन्त्री बास्कोटा निर्दाेष भएर जनताको घर दैलोमा आउन् भन्ने कामना छ’–बेथान्चोक गाउँपालिकाका शिवशरण सापकोटाले भन्नुभयो–‘जनताको प्रतिनिधि भएर केन्द्रमा पहुँच मात्रै भएन, जिल्लाको मुहार फेर्न बास्कोटाको कदमलाई अमुक समुहले सहन सकेन ।’ बास्कोटाले अदालतमा दायर गरेको मुद्दाले धेरै कुरा प्रस्ट बनाएको भन्दै जिल्लाबासीहरुमा उत्साह भरिएको छ । बास्कोटाले देश र जनतालाई धोका हुने कुनै काम नगरेकाले अदालतबाट न्याय पाउने आश रहेको जानकारी शुभेच्छुकहरुलाई दिएका छन् । बास्कोटा माथी लगाएको आरोपको कुनै तुक नभएको उनिहरुले बताए । आधुनिक प्रविधिको दुरुपयोग गरी बास्कोटालाई फसाउने नियतले उक्त प्रकरण सार्वजनिक गरिएको थियो । बास्कोटाले कुनै गल्ति नगरेकै कारण आरोप चुपचाप सहेर बसेनन् त्यसको खण्डन गर्दै न्यायका लागि साहसका साथ अदालत पुगेका छन् । बास्कोटाले जिल्लाका विभिन्न क्षेत्रमा विद्यालय, सडक, खानेपानी, स्वास्थ्य, शिक्षा क्षेत्रमा महत्वपूर्ण योजनाहरु समावेश गरेका थिए । 
राजनीतिक बदला लिने उदेश्यले पूर्व मन्त्री बास्कोटालाई विभिन्न समुहले दबाब र प्रभावमा पार्न नसकेपछि पदबाटै हटाउने नियोजित षडयन्त्र रचिएको काठमाडौं जिल्ला अदालतमा दर्ता गरेको फिरादले प्रष्ट बनाएको छ । बास्कोटाले नेपाल समाचार पत्र दैनिकमा २०७५ बैशाख २३ गते प्रकाशित ‘हो, मान्छे आउँछन् यति करोड कमिसन आउँछ सही गर्दिनुप¥यो भनेर’ भन्ने शिर्षकमा अन्र्तवार्ता दिनु भएको थियो । उक्त अन्र्तवार्ता प्राईम एफ एम १०४.५ मेगाहर्जमा समेत सोहि दिन विहान प्रसारण भएको थियो । बास्कोटालाई पटक पटक नाजायज कमिसनका लागि दबाब आउने गरेको त्यतिबेला नै खुलासा गर्नु भएको थियो । मुद्दामा सोहि कुरालाई बास्कोटाले पहिलो प्रमाणका रुपमा राख्नु भएको छ । अन्य सार्वजनिक कार्यक्रम तथा विभिन्न छलफलहरुमा पनि विभिन्न समुहका दबाब र एजेन्टहरुको प्रभावका बारेका डायरी लेख्ने तयारी गरिएको बताउनु भएको थियो । 
बास्कोटा क्याविनेट राज्यमन्त्री हुँदै लिएको अन्र्तवार्तामा ‘नेपालका सबै सञ्चारमन्त्रीको ध्यान टेलिकमतिर मात्र हुन्छ भनिन्छ, तपाईंको ध्यान पनि त्यतैतिर हो ?’ भन्ने प्रश्नको जवाफमा टेलिकममा अनेक खाले कमिसनको प्रस्ताव र दबाब आउने बताउनु भएको थियो । सोहि प्रश्नको जवाफमा तत्कालिन राज्यमन्त्री बास्कोटाले ‘टेलिकममा करोड हैन अर्र्बाै अर्बका परियोजनाहरू छन । ती परियोजनाहरूमा व्यापक ढिलाइ भएको छ । बेइमानी भएको छ । चुहावट भएको छ । ती सबै कुरा तर्फ मेरो ध्यान गएको छ । ती परियोजना बापत लिने कमिसनमा हामीलाई कुनै रुचि र मोह छैन । कमिसनतर्फ हामी कहीं पनि चुक्दैनौं, फस्दैनौं । यो हाम्रो दृढता हो । यो जीवनमा देखिने कुरा हो । मान्छेहरू आउँछन यति करोड कमिसन आउँछ उति करोड आउँछ, किन सही नगरेको गर्दिहाल्नुपर्याे भन्दै । हामी भन्छौं त्यो करोड नेपाल राष्ट्र, जनतालाई आउनुपर्छ । त्यही भएर हामीले भ्रष्टाचारविरुद्ध सशक्त अभियानको पाइला चालेका छौं । त्यसैले गुणस्तर देखि कुशल व्यवस्थापनसम्म र भ्रष्टाचार निर्मूलदेखि सरल सहज पहँच पु¥याउने कुराका लागि टेलिकममा मेरो ध्यान केन्द्रित भएको पक्का हो ।’ 
    बास्कोटाले मिश्रविरुद्ध अनुमति नलिई अडियो रेकर्ड गरेको, गाली गरेको, सञ्चार माध्यममार्फत बेइज्जत गरेको आरोपमा कारबाही माग गर्दै अनुमति नलिई अडियो रेकर्ड गरेकोमा २ वर्ष कैद र २० हजार जरिवाना, गाली गरेकामा १ वर्ष कैद र १० हजार जरिवाना र सञ्चार माध्यममार्फत बेइज्जती गरेकामा २ वर्ष कैद र २० हजार जरिवाना माग दावी गर्नु भएको छ । फिरादको बुँदा नम्वर ७ मा बास्कोटाले उल्लेख गर्नु भएको छ –‘यसै क्रममा सुरक्षण मुद्रण सम्वन्धि जानकारी दिने भन्दै प्रतिवादी बिजय प्रकाश मिश्रले मलाई भेट गरेका हन् । उनले मसंग भेट गर्न आउँदा आफु केबीए–नोटासिस एसए (स्वीटजल्याण्ड) को नेपाल प्रतिनिधि हुँ भनी परिचय दिएका थिए । तत्कालिन सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल नेपाल सरकार लगानी वोर्डको अध्यक्ष हुनु भएको समयमा मिति २०७३÷०९÷२४ मा वसेको लगानी वोर्डको पच्चीसौ वैठकवाट निर्णय भई मिति २०७३÷१०÷०२ मा लगानी बोर्डबाट सुरक्षण मुद्रणको सम्भाव्यता अध्ययन गर्न पत्र प्राप्त भएको व्यक्ति हुँ भनी उनले जानकारी गराएका थिए । उनले भेट गर्ने क्रममा नाजायज प्रस्ताव राखे पछि नेपाल राज्य विरुद्धमा कुनै कार्य गर्नु मेरो ईमान, राजनैतिक नैतिकता तथा मन्त्री हँुदा लिएको शपथ विरुद्धमा हुने भएकोले प्रतिवादी तथा निजले प्रतिनिधित्व गरेको कम्पनीको हितमा कुनै कार्य मन्त्रालयवाट गरिएन र गर्न दिईएन । यसरी नाजायज प्रस्ताव गर्ने व्यक्तिहरु प्रति संकेत गर्दै मैले मिति २०७५ वैशाख २३ गतेका दैनिक समाचारपत्रमा दिएको अन्तरवार्तामा “हो, मान्छे आउँछन् यति करोड कमिशन आउँछ सही गर्दिनु पर्याे भनेर” भन्ने उल्लेख गरेको थिएँ । यसरी नै मैले मिती २०७६ पौष २३ गते वुधवारका दिन नेपाल पत्रकार महासंघ भक्तपुरको स्थापना दिवसका दिन “..म मन्त्री भए देखि कसले कमिशन दिन आए भन्ने कुराको डायरी लेख्दैछ.ु..” भनी सार्वजनिक रुपमा नै व्यक्त गरेबाट समेत स्पष्ट हुन्छ । सोको भिडियो क्लिप तथा अन्तरवार्ताको प्रतिलिपी साथै संलग्न छ ।’ 
    पूर्व मन्त्री बास्कोटाले जिल्ला अदालत काठमाडौंमा वारिस मार्फत अडियो सार्वजनिक गरेका विजयप्रकाश मिश्र विरुद्ध गाली बेइज्जतीको मुद्दा दर्ता गराउनु भएको छ । मिश्रले सार्वजनिक गरेको अडियोमार्फत आफ्नो चरित्र हत्या भएको भन्दै पूर्व मन्त्री बास्कोटाले मुद्दा दायर गर्नु भएको हो । बास्कोटाले फिराद पत्रमा मिश्रसँग भेट भएको र नाजायज कमिसनको प्रस्ताव पटक पटक आउने गरेको पुनः उल्लेख गर्नु भएको छ । नेपाल समाचारपत्र दैनिकले लिएको अन्र्तवार्तामा बास्कोटाले कमिसनको प्रस्ताव पटक पटक आईरहने र दबाब पनि आउनु बताउनु भएको थियो । ‘फिराद पत्रमा भनिएको छ–‘कमिसनका लागि पटक पटक नाजायज दबाब आए पनि मिश्रको प्रस्ताव स्वीकार गरिन, कथित अडियो टेपमा कुनै सत्यता छैन । रकम लेनदेन गर्ने हिसाबले कसैसँग मैले कुरा गरेको छैन ।’ बास्कोटाले विजयप्रकाश मिश्रले झुठा प्रमाण सिर्जना गरी कथित अडियो टेप फागुन ७ गते विद्युतीय तथा सार्वजनिक सञ्चार माध्यममा प्रसारण गराई बेइज्जत गर्ने कार्य गरेको बताउनु भएको छ । ‘फरक परिस्थिति र विभिन्न सन्दर्भमा बोलेका कुरालाई आधुनिक प्रविधिको दुरुपयोग गरी बदनाम गराउने उद्देश्यले व्यक्तिगत चरित्र, आचरण, नैतिकता र ख्यातीलाई होच्याउने काम गरेका छन्’–बास्कोटाले दायर गरेको फिरादमा भनिएको छ– ‘सुरक्षण मुद्रण सम्बन्धी जानकारी दिने भन्दै विजयप्रकाश मिश्रले मलाई भेट गरेका हुन । उनले मसँग भेट गर्न आउँदा केबीए–नोटासिस एसए (स्वीटजरल्याण्ड) को नेपाल प्रतिनिधि हुँ भनी परिचय दिएका थिए ।’ ‘मिश्रद्वारा सिर्जित कथित अडियो टेपमा कुनै सत्यता छैन । रकम लेनदेन गर्ने हिसाबले कसैसँग मैले कुरा गरेको छैन, सार्वजनिक भाषण तथा वक्तव्यमा उल्लेख गरेको अवस्थामा वाहेक कथंकदाचित प्रतिवादीसंग कुनै कुराकानी भएको, छलफल भएको रहेछ भने पनि त्यसलाई मेरो मञ्जुरी विना यान्त्रिक उपकरणको प्रयोग गरी ध्वनी अंकन गर्नु र त्यसलाई प्रशारण गर्नु गराउनु मुलुकी अपराध संहिता विपरीत छ’–बास्कोटाले दायर गरिएको फिरादमा भनिएको छ –‘मिश्र जस्ता विभिन्न कम्पनीका कमिशन एजेण्टहरुले वदनियत साथ आफ्नो निहित तुच्छ स्वार्थ पुरा गराउन नेपाल राज्य विरुद्ध समेत काम गर्ने गरेको देखिएपछि मैले सुरक्षण मुद्रण सम्वन्धि कार्य सरकार–सरकार विच मात्र खरिद गर्ने विधि अवलम्वन गर्नु राष्ट्रको हितमा हुने भएकोले सोही प्रकृया अगाडि बढाएको थिए ।’ ‘मलाई फसाउने उद्देश्यले रचिएको प्रपंच हो भन्ने कुरा यस सम्बन्धमा मैले लिएको निर्णय र कार्यवाट नै स्पष्ट भै सकेको छ । सरकार–सरकारबीच मात्र खरिद गर्ने विधि अवलम्वन गर्ने मैले निश्चय गरेपछि परराष्ट्र मन्त्रालय मार्फत २२ नोभेम्बर २०१८ मा मित्र राष्ट्र स्वीटजरल्याण्डको दुतावासलाई सुरक्षण मुद्रण पूर्वाधार निर्माणका लागि पत्राचार भएको थियो । दूतावासवाट १९ डिसेम्वर २०१८ मा बठैक बस्ने भनिएको भएता पनी स्वीजरल्याण्ड सरकारबाट सुरक्षण मुद्रण पुर्वाधार स्थापना सम्बन्धमा कुनै जवाफ प्राप्त नभएको हुँदा सो वैठक भएन । मुलुकी अपराध संहिताको दफा २९३, ३०५, ३०६ र ३०७ विपरीतको काम गरेकाले ऐनको दफा २९३ ९२०, दफा ३०५, ९३० र ३०७, ९१० अनुसार हदैसम्म सजाय गर्नुपर्ने, क्षतिपूर्ति भराउनु पर्ने र यो मुद्दा लड्दा लागेको खर्च मिश्रबाट भराउनुपर्ने माग गर्दछु’–फिरादमा भनिएको छ ।  
    बास्कोटाले प्रस्ताव गरेको सुरक्षण मुद्रण विभागको सरकार टु सरकार खरिद प्रकृयामा साढे २२ अर्ब रुपैया उल्लेख छ । संचार मन्त्रालयको आफ्नै खर्च हुने साढे १८ अर्ब थियो । परराष्ट्र, यातायात र अर्थ मन्त्रालय समेतको कार्य गर्ने गरी तत्कालका लागि पहिलो चरणमा साँढे २२ अर्ब रुपैयाँको प्रस्ताव तयार गरिएको थियो । जसमा विभिन्न प्रकृतिका सामाग्रीहरु छाप्ने तयारी गरिएको थियो । त्यसलाई दोब्बर खर्च बनाएर कमिसन लिन खोजेका अफवाह फैलाउँदै पूर्व मन्त्री बास्कोटाको चरित्र हत्या गरिएको थियो । मन्त्रालयका सचिवले हाकाहाकी मन्त्रीले घुस माग्नु भयो भन्ने अन्र्तवार्ता दिँदा नैतिकता नचाहिने ? कलेज संचालकले कमिसन मागेर अनुमति प्राप्त हुन नसकेको बताउँदा नैतिकता नहुने ? छिमेकी देशसँग रकम मागेको भिडियो सार्वजनिक हुँदा नैतिकता नचाहिने ? त्यहि पार्टीका केन्द्रिय सदस्य समेत रहेका पूर्व मन्त्री गोकुल बास्कोटालाई राजनीतिक बदलावका कारण नियोजित रुपमा राजनीतिक कोपभाजनमा पारिएको, दोहोरो मापदण्ड पार्टीमा लागु भएको भन्दै सर्वसाधारणहरुले दोहोरो मापदण्ड लागु भएको भन्दै गुनासा गरेका छन् ।