2019 July 22/ 09:41: 52pm

रिना कर्माचार्य
बैंकर, एनआइसी एसिया बैंक
पनौती, एक्सटेन्सन काउन्टर


१) आजभोलिको दैनिकी कसरी बित्दैछ ?
हाल म ल्क्ष्ऋ ब्ष्कब द्यबलप मा काम गर्छु । अफिस र घर गर्दै बित्छ समय । अलि अलि बचेको समय साथीभाईसँग मिलेर सामाजिक काम गर्न मन पराउँछु ।
२) बैंकको जागिर निकै गाह्रो हुन्छ भन्छन् नि ?
काम के चाहिँ सजिलो हुन्छ र ! इच्छा अनि चाहना हुनुप¥र्यो । आफ्नो क्षेत्रमा रमाउन सके काम गाह्रो भन्ने हुन्न । पेशा प्रतिको सम्मान र इमान्दारिता हुनुपर्छ ।
३) कस्ता कुराले काम अनि जिन्दगी रमाइलो हुन्छ जस्तो लाग्छ ?
आफ्नो चाहाना अनुरुपको क्षेत्रमा काम ग¥र्यो भने काम बोझ नभई रमाइलो हुन्छ । आफू सँग जे छ त्यसैमा रमाउन सक्नुपर्छ । सकेसम्म समाजलाई केही दिन सके पक्कै पनि मानिस अझ सन्तुष्ट हुन्छ जस्तो लाग्छ ।
४) बैंकमा काम गर्नेहरु निक्कै व्यस्त हुन्छन् भनिन्छ तपाईं कसरी समय ब्यवस्थापन गर्नुहुन्छ ?
एकदमै बैंकको जागिर अर्थात ब्यस्त ब्यस्त जिन्दगी र पनि शनिवार एकदिनकै फुर्सदमा परिवार, साथीभाई अलि अलि आफ्ना ब्यक्तिगत काम साथै कहिले काहीँ सामाजिक काम गरिन्छ ।
५) मुभीहरु कत्तिको हेर्नुहुन्छ ? मुभी हेर्दा कुन कुरालाई आधार मानेर छान्नुहुन्छ ?
पहिले पहिले खुब हेरिन्थ्यो आजभोलि कम नै हेरिन्छ । आधार भन्दा पनि आफ्नो अनुकूलमा जुन चलेको छ त्यही हेरिन्छ । आजभोलि एकातिर समय पनि हुन्न अर्कातिर साथीभाइ पनि हुन्नन् ।
६) खान लगाउनमा कत्तिको चुजी हुनुहुन्छ ? तपाईलाई कस्तो पहिरन मनपर्छ ?
म एकदमै खानुपर्नेमा पर्छु । मलाइ खाइ रहनुपर्छ तर पनि मोटी चाहिँ छैन म । अँ... लगाउने कुरामा छोरी मान्छेहरु अलि अलि चुजी हुनै पर्यो नि तर म त्यत्ति धेरै चुजी चाहिँ छैन ।
७) जीवनमा गर्न मन लागेको कुनै एउटा काम ? किन त्यो काम गर्न मन छ ?
मेरो सानैदेखि बैंकर बन्ने मन थियो खोइ के कुराले आकर्षित गर्यो त थाहा छैन र पनि प्रोफेशनल्ली यतै लागियो । फुर्सदमा सामाजिक काम गर्न मन पराउछु । हाम्रो सानो प्रयासले दिन दुःखी या कसैको मुहारमा खुसी आउदा मन नै प्रफुल्ल हुन्छ ।
८) सामाजिक कार्य गर्न किन मन लाग्छ तपाईलाई ? आजभोलि युवाहरु समाज सेवामा अलि बढी रुचि राख्छन किन होला ?
ड. सामाजिक कार्यमा रुचि राखेको राम्रो नि हैन र? अरुलाई सहयोग गर्न पाउँदा मेरो मन खुसी हुन्छ त्यसैले म समाजिक काम गर्न मन पराउछु । पक्कै आजभोलि सामाजिक सञ्जालले गर्दा केही पर्दा सहयोगी हातहरु प्रशस्त भेटिन्छन् ।
९) टिनएजमा प्रेम किन दिगो हुन्न ? मायामा स्वार्थ हुन्छ या माया गर्ने मान्छे स्वार्थी हुन्छ ?
टिनएजको समय एकदमै कृटिकल समय हो । यो उमेरमा जे पनि गर्न सक्छु आफुले जे गरे त्यो ठिक हो भन्ने लाग्छ । यो उमेर अरुले गरेका कामलाई पछ्याउने उमेर पनि हो । माया कहिल्यै स्वार्थी हुदैन यहाँ माया गर्नेहरु स्वार्थी हुने गर्दछन् ।
१०) अन्त्यमा....
जीवनमा कम्प्रोमाइज नगरौं । आफूलाई जेमा खुसी मिल्छ त्यही गरांै । आफू सँग जे छ त्यसैमा खुसी हुन सिकौं ।