2020 October 21/ 11:10: 04am

पुनम घिमिरे कार्की
म्यानेजिङ डाइरेक्टर
पिलोटिज इन्जिनियरिङ एण्ड डिजाइनिङ कन्सल्टेन्सी
बनेपा–१४ साँगा काभ्रे

१) आजभोलिको दैनिकी कसरी बित्दैछ ?
दैनिकी सामान्य रुपमा चल्दैछ । घर अफिस र समाजसेवामै ब्यस्त भइन्छ ।
२) घर अफिस र सामजिक सेवा एकसाथ अघि बढाउन कत्तिको सहज हुने रहेछ ?
सहज त नहोला तर आवश्यकता अनुसार अगाडि बढ्ने हो । समय मिलाउन सक्दा खासै समस्या हुदैन ।
३) एउटी गृहिणी घर बाहिर पनि ब्यस्त हुँदा समाजले कसरी हेर्ने रहेछ ?
समाजमा सबैखाले मानिसहरु हुन्छन् नै । सबैमा सकारात्मक सोच हुन्छ भन्ने छैन तर पनि हामीले हाम्रो काम गरेर समाजको सोच बदल्नतर्फ लाग्नु पर्छ ।
४) तपाई त एउटा व्यवसायी पनि हुनुहुन्छ, महिलाको नेतृत्वमा ब्यवसायलाई अघि बढाउन कत्तिको सहज छ ?
हामीले गर्ने हरेक काममा इमान्दारीता र ब्यवसायिक क्षमता प्रस्तुत गर्ने हो भने कसको नेतृत्व भन्ने कुराले ठुलो अर्थ रहन्न जस्तो लाग्छ ।
५) समाजसेवामा किन रुची राख्नुहुन्छ?
समाज सेवा हर ब्यक्तिले कुनै न कुनै हिसाबले गरेको हुन्छ नै तर प्रस्तुत कसरी गर्ने र कुन खाले भन्ने मात्र हो जस्तो लाग्छ । मेरो समाज सेवा चाहि सानै देखिको सोच र साथीभाई सँगको सँगतले गर्दा पनि हो ।
६) महिलाहरुमा मेक–अप र ड्रेस–अपमा प्रतिस्पर्धा गर्दछन् भनिन्छ नि ! तपाई मेक–अप र ड्रेस अपमा कत्तिको ख्याल गर्नुहुन्छ ?
महिलाहरुले आपूmलाई सहज हुने र सुहाउने मेक–अप ड्रेस अप गर्न जरुरी छ । त्यसमा प्रतिस्पर्धा भन्दा पनि आवश्यकता हो जस्तो लाग्छ । म पनि आफु सुहाउने र सहज हुने मेक–अप र ड्रेस–अप गर्छु नै ।
७) किचेनमा कत्तिको रमाउनुहुन्छ ? मनपर्ने खाना के हो र तपाईलाई पकाउन मनपर्ने परिकार के हो?
एउटी महिला र गृहिणीलाई किचेनमा काम गर्न मन नपर्ने भन्ने कुरै भएन नि । मलाई मनपर्ने खाना मनपर्ने परिकार भनेको पुलाउ र मसरुम करी हो । साथै मलाई मसरुमका आइटमहरु बनाउन मनपर्छ ।
८) युवा पिँढीमा बढ्दो बेरोजगारी र निराशापनलाई कसरी सम्बोधन गर्न सकिएला ?
नेपालमा बढ्दो बेरोजगारी नै मानिसको निराशाको कारण हो । बेरोजगारी अन्त्य गर्ने हो भने मानिसहरुलाई क्षमता अभिबृद्धि तालिम, र ब्यवसायिक शिक्षामा जोड दिने र ब्यवसाय गर्न चाहनेलाई प्रोत्साहन दिने साथै सरकारले रोजगारीको सिर्जना गर्न सक्नुपर्छ ।
९) समाजमा परिवार बिचमा सम्बन्ध राम्रो नहुनु र पारिवारिक मनमुटाव बढ्नुको कारण के होला ?
समाज र परिवारको मेल भनेको ब्यक्तिमा पनि भर पर्छ । तर पनि समाजमा परिवार बिच मनमुटावका घटना बढ्दो देख्न सकिन्छ पहिले पहिले खासै बाहिर आउने गर्ने थिएन आजभोलि अलिक बाहिर आउने गरेको पाएको छु ।  मानिसहरु असन्तुष्ट हुनु पनि यस्को कारण हो । देखासिखी गर्नुपर्ने समाजको विकासले पनि सायद यस्तो भएको होला ।
१०) अन्त्यमा............
अन्त्यमा हामी सबैको भलो सोचौं र भलो हुने काम गरौ । माया र विश्वासमा विश्व अडिएको छ त्यसैले माया र विश्वास कायम राखौं सुन्दर समाज निर्माण गरौ ।