2020 October 21/ 11:00: 20am

कमला गुरुङ
रेडियो कार्यक्रम प्रस्तोता
हिमालयन एफएम नेटवर्क

१) आजभोलिको दैनिकी कसरी बित्दैछ ?
बिहान कलेज जान्छु, दिउँसो रेडियोमा हुन्छु । साथै अनलाइनको काम गरेर दैनिकी बित्दैछ ।
२) रेडियो दुनियाँ कस्तो चल्दैछ ?
रेडियो दुनियाँ एकदमै राम्रो चल्दैछ । सानैदेखिको रहर र आफ्नो चाहाना र प्राप्त अवसरको सदुपयोगले मलाई यसैमा रम्न मद्दत पुगेको छ ।
३) आजभोलि रेडियोको क्रेज घट्यो भन्छन नि ! साँच्चै घटेको हो त?
स्वभाविक रुपमा पहिले भन्दा रेडियोको क्रेजमा केहि कमि आएको हो । यद्यपि यसको आफ्नै मौलिकपन छ जसले रेडियोलाइ मर्न दिदैन । हाम्रो परिबेश र आम मानिसहरुको हिजो देखिको मनमा रेडियो छ ।
४) अबको रेडियोको प्रतिस्पर्धा टिभी सँग हो कि युट्युब सँग ?
टिभी या युट्युब भन्दा पनि सामाजिक सञ्जालसँग भन्दा फरक नपर्ला । जहाँ हामीले अडियो, भिडियो र लेख सहजै पाउन सक्छौ । मानिसहरु सबैको पहँुचमा इन्टरनेट छ र सामाजिक सञ्जालमा इच्छाएको बिषयबस्तु । हेर्ने नै हो भने अब रेडियो र टिभिलाई चुनौती युट्युब र सामाजिक सञ्जालले दिने देखिन्छ ।
५) रेडियोलाई सामाजिक सञ्जालसँग कसरी जोड्न सकिएला ?
साँच्चै नै अहिले सामाजिक सञ्जाल निक्कै नै सशक्त देखिन्छ । रेडियो टिभी सबैलाई सामाजिक सञ्जालमा प्रस्तुत गरेर आफ्नो प्रभाव देखाउने क्रम बढ्दो छ । त्यसैले रेडियोका बिषयबस्तुलाई युट्युब र लाइभ स्ट्रिमिङ मार्फत सामाजिक सञ्जालमा जोडेर यसको ब्यापकतालाई बढाउन सकिन्छ ।
६) तपाइको भविष्यको लक्ष के हो ?
जानी नजानी र रहरले पत्रकारितामा आइयो । रेडियोमा रम्न थालेकाले अब त यो क्षेत्रबाट टाढा जान मन छैन भन्दा हुन्छ । अर्थात म भविष्यमा पनि पत्रकारितामै रहनेछु ।
७) तपाई रेडियोमा कसरी लाग्नुभयो ? यसैमा भबिष्य सुनिश्चित देख्नुभएको छ?
मैले जाने देखी रेडियो सुने उत्सुकता र कौतुहलताले रेडियो सम्म डोहो¥यायो । अब भने भविश्य यसैमा खोज्दैछु । आशा छ राम्रै रहला ।
८) आम युवाहरु शैक्षिक बेरोजगार र नैराश्यता बोकेर भौंतारी रहेका छन् उनिहरुलाई कसरी सकारात्मक बनाउने होला ?
युवा पिँढिमा युवा जोश र जाँगर हुनुपर्छ तर नेपालमा आश्रित जीवनमा रमाउने हँुदा यस्तो समस्या आएको हो । धेरै युवाहरु समाजका लागि प्रेरणा बनेका छन् यहि देशमा विभिन्न काम गरेका छन् सबैले मिलेर रोजगारी सृजना गर्ने र उत्पादनमा जोड दिने अनि अरुको भरमा भन्दा पनि आफु आत्मनिर्भर बन्नेतर्फ लाग्नु पर्छ जस्तो लाग्छ मलाई ।
९) प्रेम र युवालाई किन एक अर्काको परिपूरक मानिन्छ ? मायामा कत्तिको बिश्वास छ ?
प्रेम युवा अवस्थामा हुन्छ भन्ने विश्वासले हो यस्तो भएको वास्तवमा प्रेम हरेक उमेरमा हुन्छ र गर्नुपर्छ । प्रेममा बिश्वास सबैले राख्नुपर्छ र मैले पनि नराख्ने कुरै भएन ।
१०) र अन्त्यमा.........
अन्त्यमा हामी आलोचना र परनिर्भरतामा हैन आत्मनिर्भर भै आत्मासम्मानले बाँचौं भन्न चाहान्छु ।