2019 November 13/ 04:47: 11am

साकार श्रेष्ठ 
बार टेन्डर 
चेयर्स लन्ज एन्ड बार

१) आजभोलिको दैनिकि कसरी बित्दैछ ?
आज भोलि म बारमा बार टेन्डरको रुपमा काम गर्छु । त्यसैको सिकाइ अनि काम गराइमै ब्यस्त रहन्छु ।
२) बारमा काम गर्न कत्तिको सजिलो छ ?
काम सजिलो कुनै पनि छैन र कामलाई साबधानी र लगनशील भएर लाग्ने हो भने कुनै पनि काम गाह्रो छैन ।
३) बार टेन्डर कस्तो पेशा हो ? यसको रमाइलो पक्ष के हो?
सामान्य रुपमा भन्ने हो भने बार टेन्डर विशेष गरि रेस्टुराँ बार या पार्टीहरुमा ड्रिंन्क्सको भेराइटी प्रस्तुत गर्ने ब्यक्ति हो । रमाउन जाने हरेक पेशा रमाइलो हुन्छ नै । यसमा आफुले बनाएका कक्टेल मक्टेलमा लगायत भेराइटीमा सबै रमाइदिँदा आनन्द लाग्छ ।
४) होटेल रेस्टुराँहरुले प्रोफेशनल बार टेन्डर किन राख्न जरुरी छ ?
आजभोलि मानिसहरु हरेक कुरामा सन्तुष्टि चाहान्छन् पार्टी तथा बारहरुमा बार टेण्डर बराबर अरुले स्वाद र सन्तुष्टी दिन गाह्रो नै हुन्छ । पारखीहरुलाई बार टेन्डर बराबर अरुबाट सम्भव नै छैन ।
५) पार्टीहरुमा मानिसहरुले ड्रिन्क्स गरेर अबेर सम्म जिद्दी गर्दा कस्तो लाग्छ ? त्यस्तो घटना घटेको छ ?
ड्रिंक्स भनेकै शुरु गर्न असजिलो शुरु गर्दै गएपछि मज्जा बढ्दै जान्छ त्यसैले खाँदै गएपछि आफ्नो अवस्था र समयको ख्याल गर्न भुल्छ त्यस्तो अवस्थामा जिद्दी हुनु सामान्य लिनु पर्दछ । त्यस्ता धेरै अवस्था फेस गरेको छु त्यस्तो अवस्थामा हामिले साबधानीपूर्वक उहाँहरुको ख्याल गर्दै अवस्थालाई सामान्य बनाउनु पर्दछ ।
६) होटेल मेनेजमेन्ट किन पढ्ने ? यो क्षेत्रको सम्भावना नेपालमा कि बिदेशमा ?
होटेल मेनेजमेन्ट एउटा प्राबिधिक एबं ब्यवसायिक शिक्षा हो । हामीले शिक्षा लिँदा प्राक्टिकल बेसको सब्जेक्ट छान्दा पढाइ सँग सँगै रोजगारीका अवसर बढ्न सक्छ त्यसैले । यस्को सम्भावना सबैतिर छ तर कामको सम्मान र कमाइको हिसाबले देश भन्दा बिदेशमा नै राम्रो देखिन्छ ।
७) नेपालमा बार टेन्डरको डिमान्ड कस्तो छ ?
बार टेन्डर बुझ्ने जमात नै कम छ । तर बिस्तारै यसको डिमान्ड बढ्दो छ । आजभोली मानिसहरु कुनैपनि कुराका पारखी हुने गर्दछन् ड्रिंन्क्सका पारखीका लागि बार टेन्डर बराबर अरु हुनै सक्दैनन् । त्यसैले माग बढ्दो छ ।
८) देशमा अवसर नै छैन भन्ने युवाको जमात बढ्दो छ के यो साँचो हो ?
त्यो गलत हो । यहाँ अवसर खोज्न र पाएको अवसरको सहि सदुपयोग गर्न चाहे वा जाने अवसर नै अवसरको देश हो नेपाल ।
९) केटीहरुले कत्तिको ड्रिंक्स गर्छन् ? ड्रिंक्स लभर केटि मनपर्छ कि पर्दैन ?
आजभोलिको समाज अलिक मोर्डन हुँदै गएको छ । त्यसैले केटि मान्छेहरु पनि ड्रिंक्स सामान्य तवरले गर्दछन् । हामी त्यसैमा काम गर्ने भएरै होला ड्रिंक्स लभर केटिहरु खासै मन पर्दैन ।
१०) अन्त्यमा..........
अन्त्यमा अवसरका लागि तपाईलाई धन्यबाद ।