2019 June 27/ 04:07: 51pm

सुशान कुइकेल 
नव गायक

१) आजभोलिको दैनिकी कसरी बित्दैछ ?
आजभोलिको दैनिकी सामान्य बित्दैछ । कलेज चलिरहेको छ । साँझ बिहान संगीत साधना र फुर्सदमा साथीभाई भेटघाटमै बित्दैछ ।


२) संगीत साधना किन ? आत्मसन्तुष्टि या अरु नै सपना ?
संगीत साधना निखरताका लागि । पहिलो कुरा आत्मसन्तुष्ट नभै कुनै काम कसरी सम्भव हुनु र ? त्यसैले सांगितिक क्षेत्रमा लाग्न चाहाने या नव आगन्तुकका लागी सुगन्ध हो साधना । साथै स्थापित संगितकर्मीहरुले पनि साधना गर्छन र गर्नैपर्छ । संगीत साधना एक निरन्तर सिकाई पनि हो ।

 

३) संगीतमा धेरैले रुची राख्ने, सिक्ने १÷२ गीत गाउने र आफंै हराउने गर्नेहरु धेरैछन् यस्तो किन हुन्छ ?
कालो अँधेरी रातपछि बिहानी हुन्छ भन्ने कसैले भुल्नु हुदैन । पहिलो या दोश्रो पहिलामै सफलता पाउने थोरैछन् । हामीले यात्रा शुरु गर्दा लामो गन्तव्य लिनु जरुरत छ । पैसाका कारण गायक बन्ने र पैसा नभएर प्रतिभा भएका गायकहरु पछाडी पर्ने यो पुरानै समस्या हो । बिस्तारै यसको विकल्प पनि निस्केला भन्ने लाग्छ मलाई ।

 

४) तपाईको यो कान्छी गीत कस्तो प्रकारको गीत हो ?
यो सामान्य गाउँ घरमा बोलिने शब्द संयोजनमा तयार भएको लोक मेटलमा आधारित गीत हो । लोक संगीतमा मेटलको प्रयोग भएको मिठास भरिएको गीत हो कान्छी ।

 

५) तपाईको अबको सांगितिक यात्रा कसरी अगाडी बढ्छ ?
पहिलो कुरा त म नयाँ छु । अबको दिनमा मैले धेरै सिक्नुपर्ने छ । सिक्दै र समय अनुसारका सांगीतिक कोशेली पस्कदै अगाडी बढ्ने छु । पहिले नै भने निरन्तरा ठुलो कुरा हो त्यसैले म यहि क्षेत्रमा निरन्तर रहनेछु ।

 

६) गीत संगीतबाटै जीवन गुजारा चलाउन सम्भव छ ?
सम्भव नै छैन भन्ने त हुन्न तर सानो मेहेनत र साधनाले सम्भव छैन । सांगीतिक क्षेत्रमा निरन्तरता र आम श्रोता दर्शकको रुचीलाई ध्यान दिएर संगीत पस्किन सके पक्कै बाँच्न सकिन्छ ।

 

७) मानिस किन भाग्यको भर गर्छ ?
भाग्य भन्ने हुन्छ नै । कर्म र भाग्यको तालमेल नै सफलताको सुत्र हो । म चाँही भाग्य भन्दा कर्ममा ज्यादा विश्वास गर्छु । आफ्नो कामबाट आशा गर्नु सामा हो तर ठुलो आशा राख्दा मानिस निराश हुन सक्छ । त्यसैले कर्ममा बिश्वास गरौ भन्न चाहान्छु ।

 

८) युवा पिँढी त देशमा सम्भावना नै छैन भन्छन नि ! के देशमा संभावना कै खडेरी हो त ?
हाम्रो देशमा त संभावनै संभावना पो छ त । सम्भावनाले हामीलाई खोज्दैन हामिले हो सम्भावना खोज्ने । यहा हर क्षेत्रमा संभावना छ तर त्यस्को पहिचान र उचित उपयोग हुनु पर्यो । हाम्रा देशका युवा पिढीँको परनिर्भरता बढ्दो छ त्यसैले उनिहरु निराश भएका हुन । सकारात्मक सोच, आफुमा जाँगर र इमान्दारिता प्रस्तुत गरे अवसरै अवसर र सफलतै सफलता देख्छु म ।

 

९) गीत संगीत र मनोरन्जनको दुनियाँमा रम्नेहरुको माया प्रेमको चक्कर अलिक बढि नै हुन्छ भन्छन नि ?
चक्करै त नभनौं फलोअर हुन्छन् । सामान्य मानिस भन्दा यस्ता क्षेत्रमा लाग्ने मानिसलाइ बिभिन्न ढंगबाट आम मानिसले देखी रहेको हुन्छ र नजिक हुन चाहने पनि हुन सक्छन् । आखिर माया प्रेम नराम्रो कुरा पनि हैन नै । माया प्रेम गरौं प्रेमले बाचौ गलत नगरौं गलत नबनौ ।

 

१०)  अन्त्यमा......................
एउटा नव प्रतिभालाई आफ्ना कुरा राख्ने अवसर दिनु भो यस्का लागी पत्रिका परिवारलाई धन्यवाद भन्न चाहान्छु । सम्पुर्ण दाजुभाइ दिदिबैनीलाई हामी जस्ता नव कलाकारहरुलाई पनि माया गर्दिनुहोला सुन्दिनु हेर्दिनुहोला र सल्लाह सुझाव दिनुहोला ताकी हामी भोलिका दिनमा अझ परिस्कृत हुन सकांै ।