2019 June 27/ 04:08: 29pm

पुनम कोइराला
विद्यार्थी, धुलिखेल–२ काभ्रे

- दिनहरु कसरी बितिरहेका छन् ? 
    खासै कामहरु छैन । त्यतिकै घरतिर नै बसिबसाई हो ।
- + २ सकेपछि हरेक युवा विदेशको तयारी गर्छन्, तपाई के गर्नुहुन्छ ? 
    पक्कैपनि आजभोलिका युवा जमात + २ सकेपछि विदेशको सपना बुन्न थाल्छन् । हुन त उच्च शिक्षाको लागि विदेश तिर लाग्नु एकतर्फ राम्रै पनि हो तर म नेपालमै बसेर केही गर्न चाहन्छु । नेपालमै छन् सम्भावनाका स्रोतहरु । यसकारण ति सम्भावनाका स्रोतहरुलाई पहिचान गरेर नेपालमै बसेर नेपालकै लागि केहि गर्ने योजना रहेको छ । 
- नेपालमा अध्ययन गरेर के गर्ने योजनामा हुनुहुन्छ ? 
    नेपालमै बसेर इन्जिनियर बन्ने मेरो सपना हो । यो सपनालाई साकार पार्ने अभियानमा लागि परेको छु ।
· अहिलेको शिक्षाले तपाईले कल्पना गरे जस्तो जीवन विताउन सहयोग गर्छ ? 
    मेहनतिहरुको लागि नेपालमै पनि गुणस्तरीय शिक्षा छ । गुणस्तरीय शिक्षा प्रदान गर्ने संघसंस्थाहरु छन् । यसर्थ नेपालमा पढेकाहरुले पनि राम्रै सफलता हासिल गरेका थुप्रै उदाहरणहरु छन् । यसकारण नेपालको शिक्षाले पनि सहज जीवन विताउन सहयोग गर्ने कुरामा कुनै दुईमत छैन ।
- युवाहरुलाई शिक्षा सगसगै राज्यले कुन कुन क्षेत्र समेट्नुपर्ला? 

       राज्यले व्यवहारमुखी शिक्षा प्रदान गर्नु आवश्यक छ । साथसाथै युवाहरुलाई सिपमूलक तालिमहरु प्रदान गर्न सकेको खण्डमा देशमा अध्ययन सकेपछि देशमा स्वरोजगार बढ्न गई बेरोजगारी समस्यालाई केहि हदसम्म निराकरण गर्न सकिन्छ ।
- तपाईको व्यक्तिगत रुची के के छन् ? 

    फुर्सदको समयमा नयाँ नयाँ पुस्तकहरु पढ्ने, देशका नयाँ नयाँ खबर, समाचारहरु जानकारी लिने लगायतका रुचीहरु रहेका छन् ।
- मनपर्ने नेता र कलाकार छन् ?
    मलाई मनपर्ने नेता के.पी. ओली हुन् भने उहाँको कार्यकालमा विकासका धेरै कामहरु भइरहेका छन् । त्यसैगरी कलाकारमा नायिका वर्षा राउत मनपर्छ । उनको अभिनय मलाई राम्रो लाग्छ । 
- सपना देखेर खुशी भएको र डर  लागेको कुनै घटना छन् ? 
    सपनाबाट कुनै डराएको र खुशी भएको त्यस्तो घटना छैन । किनकी म सपनाको प्रभाव वास्तविक जीवनमा पर्न दिन्नँ ।
- प्रेम, विवाह र शारिरीक सम्बन्धलाई कसरी बुझ्नुहुन्छ ? 
    प्रेम भनेको समयको वर्वादी मात्र हो । विवाह भनेको एउटा सामाजिक परम्परा हो जुन जीवन चलाउन आवश्यक छ । शारिरीक सम्बन्ध वंश विस्तारको लागि आवश्यक छ । 
- अन्तमा.......
    आम युवाहरुलाई म के भन्न चाहन्छु भने विदेशी मोह त्यागी नेपालमै आफ्नो श्रम पसिना बगाउन अनुरोध गर्दछु । विदेशीको गुलाम बन्नुको साटो नेपालमै केही सिप सिकेर रोजगार सिर्जना गरौं । देशमै रहेर मातृभूमिको सेवा गरौं भन्न चाहन्छु ।