2019 July 22/ 10:12: 56pm

नम्रता घोरासैनी
नमोबुद्ध–१०, बसेरी काभ्रे

१) आजभोलिको दैनिकी कसरी बित्दैछ ?
दैनिकी सामान्य रुपमा बित्दैछ । सामान्य घरायसी काम र जापानिज भाषा अध्ययनमा दैनिकी बित्दैछ ।
२) फुर्सदको बेला के गर्न रुचाउनुहुन्छ ?
फुर्सदको समय पत्र पत्रिका पढ्न, फिल्म हेर्न र ईन्टरनेट चलाएर बित्दछ । साथै नयाँ नयाँ ठाउँ घुम्न पनि मनपर्छ ।
३) राजनीतिमा कत्तिको रुचि छ ? राजनीतिमा महिलाहरुको उपस्थिति किन कम भएको होला ?
म आफैलाइ राजनीतिमा रुचि छैन तर सामान्य जानकारी भने राख्ने गर्दछु । महिलाहरु राजनीतिमा कम देखिनु भनेको सामाजिक तथा पारिवारिक कारण एवं चेतनाको कमि पनि होला ।
४) राजनीतिमा युवाहरुलाई अवसर दिनुपर्छ भन्ने कुरामा सहमत हुनुहुन्छ ? युवा पिढि राजनीतिमा किन आउनुपर्छ ?
एकदमै सहमत छु । युवा पिढिसँग जोश जाँगर नयाँ सोच र केही गरौं भन्ने भावना हुन्छ जस्को प्रयोग गर्न सके देश विकासमा तिब्रता आउँछ भन्ने आशा गर्न सकिन्छ ।
५) राशिफलमा बिश्वास लाग्छ ? पत्रिका पढ्दा राशिफल हेर्नुहुन्छ कि हुन्न ?
राशिफलमा विश्वास लाग्दैन कर्ममा विश्वास गर्ने मान्छे म । र पनि पत्र पत्रिका पढ्दा हत्तपत्त राशिफल चाहिँ हेरिन्छ ।
६) मेक–अप कत्तिको गर्नुहुन्छ ? मान्छे सुन्दर देखिन मेक–अप जरुरत कि ड्रेस–अप ?
हल्का मेक–अप त गरिन्छ । मान्छे सुन्दर हुन चरित्र र मन सुन्दर हुन जरुरत छ । तैपनि मान्छेलाई ड्रेस–अप र मेक अपले पर्फेक्ट देखाउँदछ ।
७) जीवनमा आदर्श ब्यक्ति कसलाई मान्नुहुन्छ ? किन ?
मेरो आदर्श ब्यक्ति मेरा बाबा ममी हुन् । म जे छु उहाँहरुकै कारण छु । मेरा दुःख सुखमा साथ दिने हुँदा मेरो अदर्श ब्यक्तित्व उहाहरु नै हुन् ।
८) जीवनमा आफुले गरेको गल्ति कुनै छ ? यो कुरा पुरा गर्छु भन्ने लक्ष्य लिनु भएको छ कि छैन ?
जानेरै कुनै गल्ती गरे जस्तो त लाग्दैन मान्छे हो अन्जानमा कुनै गल्ती भए पनि होलान् । लक्ष्य नभएको त मान्छे हुदैन मेरो पनि जीवनमा ठूलो लक्ष्य छ हेरुँ पूरा होला नहोला ।
९) प्रेम प्रस्ताव कत्तिको आउछन् ? युवा प्रेम किन माया भन्दा आकर्षण ज्यादा भनिन्छ ?
युवा अवस्थामा प्रेम प्रस्ताव आउनु सामान्य नै हो । युवा अवस्थामा प्रेम भन्दा ज्यादा आकर्षण हुनु भनेको त्यो स्वार्थ हो माया प्रेममा कुनै स्वार्थ रहन्न ।
१०) अन्त्यमा..........
अन्त्यमा यो अवसरका लागि चेष्टा परिवारलाइ विशेष धन्यबाद । जीवन सबैले जिउछन् कलात्मक जीवन अर्थपूर्ण हुन्छ । जिन्दगीलाई रचनात्मक बनाएर बिताऊँ ।