2019 May 23/ 06:35: 40am

अनुप दुलाल

प्रोपाइटर 
प्रिन्टर सोलुसन र क्याफे दि फ्युजन बनेपा


१) आजभोलिको दैनिकी कसरी बित्दैछ ?
मेरो २ वटा ब्यवसाय छ । कम्प्युटर र डिजिटल सामाग्रीहरुको विक्री वितरण र मर्मत सम्बन्धि कामको ब्यवसाय प्रिन्टर सोलुसन र अर्को क्याफे छ यिनै दुई ब्यवसायमा समय दिदा दिदै दिन बित्छ ।


२) ब्यवसायहरु कस्तो चल्दैछ ?
सोचेभन्दा राम्रो । म मेरो ब्यवसायबाट सन्तुष्ट छु ।


३) टेक्निकल मान्छे क्याफेको कन्सेप्ट कसरी ?
टेक्निकल अर्थात सर्भिस । त्यसैले कम्प्युटर र यससँग सम्बन्धित सर्भिससँगै साथीभाई बिचमा सरसल्लाह भयो र क्याफेको कन्सेप्टमा लागियो । आखिर यो पनि सर्भिस नै त हो ।


४) प्रिन्टर सोलुसनले के कस्ता कामहरु गर्दछ ?
प्रिन्टर सोलुसन खासमा एउटा आइटी कम्पनी हो । आम मानिसलाई आइटीबाट टाढा राख्न सकिन्न त्यसैले एउटा ब्यक्ति संघ संस्था र हरेकका लागि आबस्यक पर्ने आइटी सम्बन्धि सेवा यसले दिन्छ ।


५) डिजिटल दुनियाँमा काम गर्न कत्तिको गाह्रो छ ? यो ब्यवसायमा अपडेट हुन कत्तिको जरुरी छ ?
वास्तवमा कामै गर्न गाह्रो हैन टेक्नोलोजीमा रमाउन र टेक्नोलोजीको उपयोग गर्न जान्नेका लागि एकदम ठिक नत्र बर्बाद हो यो ब्यवसाय ।


६) क्याफेको शुरुवात कसरी ?
मैले पहिले नै भने म आइटी सम्बन्धि सर्भिस गर्ने मान्छे भनेर त्यहि क्रममा क्याफेको आइडिया भएका साथीहरु संगको भेटघाटले यता पनि प्रेरित भइयो ।


७) कफि र क्याफे कल्चर कस्तो पाउनु भयो बनेपाबासीको ?
बनेपामा यसको कल्चर बढ्दो छ । बिस्तारै मानिसमा कफिको स्वाद लिदै हुनुहुन्छ । क्याफे कल्चर त भन्नै परेन अत्यधिक राम्रो छ ।


८) देशमा अवसर नदेखेर देश बाहिरिने युवालाई के भन्नुहुन्छ ?
देशमा अवसर प्रशस्तै छ । धैर्यता र सम्भावनाको पहिचान नहँुदा युवाहरु अत्तालिएका हुन । लोभ भन्दा सेवा मुखि बन्न सके देशमा सम्भावनै सम्भावना छ ।


९) युवा अवस्थामा किन मानिसहरु माया प्रेमको पछि लाग्छन् ? प्रेममा विस्वास गर्नुहुन्छ ?
माया प्रेम हुन्छ र हुनुपनि पर्छ । बिशेषगरी युवा अवस्थामा प्रेम सामान्य कुरा हो । प्रेम हुनुपर्छ तर सबैथोक प्रेम हैन ।


१०) अन्त्यमा .............
हामीले सकेसम्म देशमै केहि गर्नुपर्छ । कसैले रोजगारीको सिर्जना गर्ने र सम्भव भएका रोजगारीमा लागौ । सबैको भुमिकाले नै हो देश बन्ने । देश बिकासमा हामी सबै एक हौ । अन्तमा यो अवसरका लागि पत्रिका परिवारलाई धन्यबाद ।