2019 August 19/ 11:14: 55am

सन्ध्या थापा
ब्युटिसियन
मेघा ब्युटी पार्लर बनेपा

१) आजभोली के गर्दै हुनुहुन्छ ?
म एउटा सौन्दर्यकर्मी हुँ । आजभोलि मेरो दैनिकी सौन्दर्य सम्बन्धी तालिम दिने साथै मेरो पार्लर पनि छ त्यसैमा ब्यस्त रहन्छु ।

 

२) तपाईं ब्युटिसियन हुनुहुन्छ आम मानिसको पार्लर प्रतिको बुझाइ कस्तो पाउनु भएको छ ? 
पहिले पहिले पार्लर जानुलाई नराम्रो मानिन्थ्यो आजभोलि सौन्दर्यप्रति आम नागरिक सजग छन् त्यसैले यो सामान्य र अपरिहार्य हो भन्ने बुझाइ बढ्दो छ ।

 

३) मानिसहरु आजभोलि पार्लरप्रतिको आकर्षण बढ्दो छ किन होला ?
स्वभाविक हो । आजभोलिको मानिसहरु हरेक कुरामा रुचि राख्ने र सजग छन । मानिसको पहिलो आकर्षण सौन्दर्य नै हो र यसमा रुची हुनु स्वभाविक हो त्यसका लागि उपयुक्त ठाउ पार्लर नै हो ।

 

४) मानिसले सौन्दर्यमा किन ध्यान दिने ? सौन्दर्यका लागि पार्लर नै जान जरुरी छ ?
सौन्दर्यमा ध्यान विविध कारणले दिनुपर्छ । स्फुर्त रहन छाला तथा कपाल लगायतको हेरचाहका लागि पनि । सौन्दर्यका लागि सहि प्रयोग भएन भने सौन्दर्यता होइन कुरुपता आउन सक्छ, पार्लरमै जाँदा राम्रो सामानको उचित प्रयोग साथै खोजेको कुरा प्राप्त हुन्छ त्यसैले ।

 

५) नेपालमा उपलब्ध सौन्दर्य सम्बन्धि प्रोडक्टहरु कत्तिको सुरक्षित छ ?
सतप्रतिशत सहि छ त भन्न सकिन्न र पनि उपलब्ध मध्य अधिकांश ठिकै छन् । डुप्लिकेटको उत्पादन र बढी बिज्ञापनले कैले काहीँ ठिकै सामानको प्रयोग बढेको पनि पाइन्छ ।

 

६) तपाईं चाहिँ कुन प्रोडक्ट प्रयोग गर्नुहुन्छ ?
म आफै चाहिँ प्रायजसो न्यु लुकको सामानहरु प्रयोग गर्छु ।

 

७) राम्री बन्न के के कुरामा ध्यान दिने ? 
दुवै एक अर्काका परिपुरक हुन । राम्रो मेकअप मात्रले मानिसमा निखारता न आउन सक्छ भने उचित ड्रेसअप नहुँदा पनि त्यसैले ड्रेसअप र मेकअपको कम्बिनेसन मिल्न जरुरी छ ।

 

८) पुरुषले पनि मेकअप गर्न जरुरी छ ? पुरुषले गर्ने मेकअप के कस्ता हुन्छन् ?
अवश्य पुरुषले पनि मेकअप गर्न जरुरी छ । आजभोलि यो ट्रेण्ड बढ्दो छ । तर पनि पुरुषहरु धेरैले सौन्दर्यमा उति ध्यान दिएको पाइन्न ।

 

९) प्रेममा पर्नु भएको छ ? प्रेममा विश्वाश गर्नु हुन्छ ?
प्रेमको सवालमा खासै चासो दिइन्न । प्रेममा पूर्ण विश्वास गर्न सकिन्न ।

 

१०) अन्त्यमा........
हामी सुन्दर रहन हरदम सचेत रहनुपर्छ । सुन्दरता अनुहारमा मात्र हैन शिर देखि पाउँ सम्म रहने हर कुराले अर्थ राख्दछ । खानपान रहन सहन साथै पहिरनमा ध्यान दिऊ । बाँकी रहेको सौन्दर्यका लागि सौन्दर्यका सामाग्रीको उचित प्रयोग गरौ ।