2024 March 29/ 11:50: 10am

कमल बञ्जारा
सामाजिक अभियन्ता

१ आजभोलिको दैनिकी कसरी बित्दैछ ?
उही पुरानै हो दुई दशक हुन लाग्यो मेरो दैनिकी एकै किसिमको छ बिहान देखि बेलुकी सम्म सामाजिक कार्यमा नै बित्छ गाउँ घरको घर दैलो कार्यक्रम देखि राष्ट्रिय अन्तराष्ट्रिय सम्मेलन सम्म ।
२ सामाजिक अभियानमै ब्यस्त देखिनुहुन्छ, कहाँबाट शुरु भयो तपाईको सामाजिक यात्रा ?
म स्कुल पढ्दा देखिनै बिभिन्न कार्यक्रमहरुमा सहभागी हुने गर्दथे त्यसैले मेरा गुरु गुरुआमाहरुबाट बिभिन्न संघ संस्थाहरुमा तालिम तथा अवलोकन कार्यक्रमहरुमा सहभागी हुने मौका पाउँथे ।
३ तपाई बिशेशत HIV संक्रमितका लागि काम गर्नुहुन्छ ? खास उनिहरुका लागि के के गर्नुहुन्छ  ?  
   संक्रमितलाई हेर्ने दृष्टिकोण बिगतमा अति नै अमानविय थियो यो हाम्रो जिल्ला या देश मात्र नभै विकसित देशमा पनि उही रहेछ यसैकारण हामीले संक्रमितका लागि केही सांगठनिक रुपमा अघि बढ्ने निर्णय ग¥यौं जसको सबाल उसैको नेतृत्व भन्ने नाराका साथ हामीले सक्रिय प्लस नेपाल नामक समाजिक संस्था खोलि संक्रमितलाई नै कार्य समितिमा अघि बढाई बिभिन्न चेतनामुलक कार्यक्रमहरु सुरु ग¥यौ अहिले संक्रमितहरुले जिल्लाबाट नै औषधि उपचार लगायत अन्य ब्यक्ति सरह बाँच्न पाएका छन् घरपरिवारबाट बहिस्कृत र तिरस्कृत भएकाहरुको पुर्नस्थापना भएको छ ।
४ संक्रमितसँग सधै रहँदा कस्तो अनुभूति हुन्छ ? आम मानिसले कस्तो प्रतिक्रिया दिने गर्छन् ?
खासै त्यस्तो फरक अनुभव छैन तर लागु पदार्थ प्रयोगकर्ता अनि एच.आइ.भी पनि छन् भने ति ब्यक्तिहरुको चाल चलन फरक हुन्छ । सुरुमा त धेरै ब्यक्तिहरुको सल्लाह एच.आइ.भी संक्रमित र लागु औषध प्रयोगकर्ताहरु सँगको संगत मन पराउनु हुन्न थियो तर आज फरक पाउँछु गर्ब लाग्छ ।
५ कहिले काहीँ दिक्क लाग्दैन ? उर्जा कसरी प्राप्त हुन्छ ? 
लाग्छ नि । विभिन्न विशिष्ट ब्यक्तिहरुसँग भेटघाट राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्मेलन माया गर्ने दाजुभाई अनि गरेका कार्यक्रमहरु आम जनसमुदाय सम्म पु¥याउने आदरणीय सञ्चार माध्यमहरु  ।
६  दुव्र्यसनी र संक्रमितहरु बढ्नुको कारण के हो ? असाबधानी कि लापरवाही ?
बढ्दो बेरोजगारी बैदशिक रोजगारी  र देखासिखी । असुरक्षित यौन सम्बन्ध, साझा सुईको प्रयोग आदि । 
७ अन्य सामाजिक गतिबिधी र संघसंथामा पनि हुनुहुन्छ समय ब्यवस्थापन कसरी गर्नुहुन्छ ? 
दैनिक गर्नुपर्ने कार्यलाई प्राथमिकता दिन्छु अन्य कामलाई कम र सातामा गरीने कार्यक्रमलाई अग्रिम वर्कप्लान बनाउछु ।
८  युवा पिढिलाई स्वस्थ र सुरक्षित राख्न के गर्नुपर्ला  ?
जीवन उपयोगी सीपहरु प्रदान गरिनु पर्छ किशोर किशोरी अबस्था देखिनै यौन तथा प्रजनन शिक्षा दिनु पर्छ ।
९ युवा अवस्था र प्रेमलाई कसरी बुझ्नुहुन्छ ? प्रेममा सेक्स आवश्यक्ता हो ?
 मेरे बुझाईमा युवा भनेको माटाका भाँडा बनाउनका निमित्त मुछेको माटो हुन त्यसलाई जे बनाउँदा पनि हुन्छ । प्रेम आत्मियता हो । सेक्स आवश्यक छ तर एकै जनासँग मात्रै ।
१० अन्तमा  
चेस्टा साप्ताहिक मलाई माया गर्ने मेरा ज्ञात अज्ञात बिभिन्न ब्यक्तिहरु सामाजिक अभियन्ता र बिभिन्न सञ्चार जगतमा कार्य गर्नुहुने अग्रज दाजुहरु प्रिय मित्रहरुलाई ह्रदय देखि धन्यबाद ।