2026 November 27/ 08:01: 58pm

    धुलिखेल/धुलिखेल अस्पतालमा स्थापना गरिएको १० शैयाको नबिल बर्न केयर वार्डको उद्घाटन गरिएको छ । धुलिखेल अस्पताल र नविल बैक बीच विशेष जलेको उपचार, पुनर्लाभ र पुनस्र्थापना सेवाहरूलाई सुदृढ पार्ने उदेश्यले सम्झौता गरिएको हो ।
    धुलिखेल अस्पतालका संस्थापक तथा कार्यकारी निर्देशक डा.रामकण्ठ माकजु श्रेष्ठ र नबिल बैंक सञ्चालक समितिका अध्यक्ष निर्वाण कुमार चौधरीले नबिल बर्न केयर वार्डको संयुक्त रुपमा उद्घाटन गरे । कार्यक्रममा दुवै संस्थाका वरिष्ठ ब्यक्तिहरुको सहभागिता रहेको थियो । नबिल बैंक र धुलिखेल अस्पतालको विशेष जलन हेरचाह सेवाहरूलाई सुदृढ पार्ने र नेपालभरि जलनबाट पीडितहरूका लागि गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच सुधार गर्ने प्रतिबद्धता ब्यक्त गरिएको छ । बैंकको प्रमुख कर्पोरेट सामाजिक उत्तरदायित्व प्लेटफर्म, नविल केयर मार्फत नबिल बैंकद्वारा समर्थित उक्त वार्डले धुलिखेल अस्पतालको जलेको चोटबाट प्रभावित व्यक्तिहरूलाई बिरामी–केन्द्रित हेरचाह प्रदानमा सहयोग गर्नेछ । नेपालका अन्य प्रदेशहरुमा पनि यो सेवामा सहजिकरण हुनेछ । 
    नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले साझेदारी र यसको दीर्घकालीन प्रभावको लागि प्रशंसा व्यक्त गरे । धुलिखेल अस्पतालमा नबिल बर्न केयर वार्डको स्थापनाले नेपालभरका समुदायहरूको लागि विशेष बर्न केयर सेवाहरू सुदृढ पार्ने र स्वास्थ्य परिणामहरू सुधार गर्ने बैंकको प्रतिबद्धताको अर्को चरणको प्रतिनिधित्व गरेको बताए ।