
प्रिय मित्र
स–प्रेम सम्झना
यहाँ म र म सँग सम्बन्धित सबै कुराहरू ठीकठाक छन् । त्यहाँ तपाईं र तपाईंसँग गाँसिएका कुराहरू पनि ठीकै छन् भन्ठान्छु । चिठ्ठी नलेखीकनै नहुने त्यस्तो कुरा त केही थिएन तर जीवनका उकाली ओरालीका अनुभवहरू बाँडचुड गर्नाका निम्ति लेख्न बसेको छु ।
लगभग २० वर्ष पछि सम्झनाका ती समयहरूलाई लिपिबद्ध गर्दै छु । म तपाईंसँग हिजो थिएँ, सायद भोलि हुनेछु तर आज छैन । मलाई लागिरहेछ वर्तमान निष्ठुर भयो र मसँग तपाईंलाई छुटायो । एकै ठाउँमा सधैँसधैँ बस्न नमिल्ने रहेछ । एक्लाएक्लै हुँदा एउटै कोठामा बसियो, एउटै ओछ्यानमा सुतियो र एउटै भाँडाको खाना खाइयो । मेरा भाइबहिनी थपिँदा तपाईंको पनि भाई थपियो । भिन्नाभिन्नै डेरा नलिइकन धरै पाइएन । त्यसमा पनि शिक्षकको जागिर । एक्लाएक्लै बस्नैपर्ने अवस्था पनि आएकै हो । ट्युसन नपढाए धर नपाइने, गौँडागौँडामा डेरा लिएर नबसे स्कुलले स्पष्टिकरण सोध्ने । त्यसबेला बोर्डिङ्गका शिक्षकहरूले सारै चर्काे मूल्य चुकाउनुपथ्र्याे ।
प्रिय मित्र ! मलाई झैँ तपाईंलाई पनि सम्झना नै हुनुपर्छ । बिर्सनु नै भएको भए एउटा लामो लहरो तान्दै छु । यसमा को–को आए, को–को कहाँ गए, विचार गर्दै गर्नुहोला । पत्रको अन्तिमतिर पुग्दा नपुग्दै एउटा सानोतिनो इतिहास बन्ला भन्ठान्छु । बाह्र बजेको खरो घाम, चुइँकिने साइकलमा चढेका छन् दुई जना । उत्तरतिर हाँकिँदा छन् । बाटाभरी विद्यार्थीहरू भेटिन्छन् । एक किसिमको गुञ्जायमान वातावरण फेला पर्छ । बाई, बाई सर । बाई ....। आफूले पनि नफर्काएमा पाखे भइएला भन्ने त्रास छ, साइकल यात्रीहरूमा । उनीहरूका पनि ओठ खुल्छन् । बाई, बाई स्टुडन्टस्” बाई ।
दुवै बोर्डिङ्गका शिक्षकहरू हुन् । दुवैमा युवा जोस छ, नयाँ रगत दगुरिरहेको छ तर नयाँ सोच उम्रन सकिरहेको छैन । दुवै आफू तालिम अप्राप्त काँचा, कलिला शिक्षक मानिन तयार छन् । तर उनीहरूका प्रिन्सिपल भने शिक्षकलाई शिक्षकका रूपमा हैन, एक रेलका यात्रुका रूपमा सम्झन्छन् । स्कुललाई रेल्वे स्टेशन सम्झन्छन् । यात्री त रेल्वे स्टेशनमा कत्ति आउँछन् र जान्छन, यस्तो क्रम निरन्तर चलिरहेकै हुन्छ । जसले थोरै तलब स्वीकार्याे र गोरु जोताई जोतियो ऊ टिकाउ सर भयो । तर जसले यथोचित पारिश्रमिक लिएर श्रम बेच्न खोज्यो, उसका लागि छोटो भन्दा छोटो समय प्राप्त हुने भयो । उनीहरूका बीचमा यस्तै यस्तै कुरा हुन्थे ।
प्रिय मित्र, म लहरो तान्दै छु । हिजो उम्रेर, हिजै ढाकिएको लहरो तान्दै छु । आज समेत त्यसले शैक्षिक क्षेत्रलाई हल्लाउन सक्छ । हुन पनि हो, हिजोको लहरो नतानीकन आजको लहरो झ्याङ्गिने वातावरण तयार पार्न सकिन्नँ । मलाई त पूरापूरी थाहा छ । भोलिको शैक्षिक धरातलको पूर्वानुमान गर्न पनि वर्तमानमा विगतलाई राम्ररी केलाउनु जरुरी छ । हजुर, म धेरै ठाउँमा बहकिन सक्छु । त्यो त्यस्तै कुरा हो । अहिले भने म दुई जना साइकल चुइक्याउने शिक्षकका कुरा गर्दै थिएँ । तिनीहरूकै स्वरूपको, चरित्रको संक्षिप्त चर्चामा शब्द खर्च गर्दै छु ।
साइकलको पछिल्तिर बस्ने गहुँगोरो थियो, सिकुटे थियो, फुँङ्ग उडेको मुहार थियो । जे बोल्थ्यो त्यो गथ्र्याे । जे गथ्र्याे त्यो बोल्थ्यो । हण्डर खान जानेको थियो । पीडा भोग्नेलाई नै सुखको आनन्दानुभूति प्राप्त हुने कुरामा ऊ विश्वस्त थियो । विद्यार्थी माझ ऊ सरल स्वभावको शिक्षकका नामले चिनिन्थ्यो । अर्काे साइकल चालक सरचाहिँ खरो अंग्रेजी बोल्थे । सेतो भेष्ट लगाउँथे । मंगोलियन आकृतिका रातोपीरो मुहारका थिए । थोरै बोल्ने र धेरै काम गर्ने उनको विशेषता थियो । सैनिकले आफ्नो जीवनमा आमाबाबु पनि नभनी कर्तव्य निर्वाह गरेझैँ उनी पनि त्यस्तै कर्तव्य निर्वाहमा कटिबद्ध थिए । पढ्ने बेलामा पढेनन् भने, दुई तीन पटक राम्ररी सम्झाउँदा पनि पढाईमा रूचि देखाएनन् भने, उनलाई छक्याउने काम गरे भने ती विद्यार्थीहरूले उनको कडा दृष्टि भित्र फँस्नै पथ्र्याै । उनीहरूले नैतिकरूपमा गिर्नै पथ्र्याे । शारीरिक पीडाले नभए पनि मानसिक पीडाले रन्थनिनु पथ्र्याै । आँखाभरी आँसु पार्नै पथ्र्याे । हायलकायल हुनै पथ्र्याे । त्यसैले विद्यार्थीहरूले उनको नाम ‘कडा’ सर राखेका थिए ।
तिनीहरूको एक मन थियो, शरीरमात्र दुई । सोच एक थियो, मस्तिष्क मात्र दुई । पेट एक थियो, मुख मात्र दुई । यसरी दुई भित्र एक भएर बाँचेका ती दुबै प्राणीको बोर्डिङ्ग स्कूले शिक्षण क्षेत्रमा नाम थियो । राजदेवी मन्दिरमा घण्टहरू बज्न सुरु हुनासाथ सर जुरुक्क उठेर दैनिक कार्य गरी स्कूलका लागि तयार हुन्थ्यो । सडकमा उभिन्थ्यो । घरिघरि भुक्के घडी हेथ्र्याे । प्रार्थनाको समय ढिलो हुन लाग्यो भन्दै हतारिन्थ्यो । साइकल चुँइक्याउँदै आइपुग्थे । साइकलको पछि बस्थ्यो । नयाँ शैक्षिक सत्र सुरु हुना साथ प्रिन्सिपल राम्रा शिक्षकका नजिक नजिक हुन्थे । उसलाई रिझाउनलाई हरसम्भव प्रयत्नमा रहन्थे । सबैका आँखाका नानी भइसकेका थिए । हुन त स्कूल प्रवेश गर्नेहरूको सुविधा मासिक नौ सयदेखि पन्ध्र सयसम्म थियो । एकजना मान्छेलाई सामान्य रूपले बाँच्न कम्तिमा मासिक तेह्र सय लाग्थ्यो । त्यो समयको कुरा हो । कडा विचार देखेर नै उनको तलब मासिक सोह्र सय तोकिएको थियो । उनको यस लोकप्रियतामा डाहा गर्ने अन्य पुराना शिक्षक मित्रहरूको कमी थिएन ।
उनी बोर्डिङ्ग स्कूलका शिक्षक मात्र नभएर क्याम्पसमा पढ्ने विद्यार्थी पनि थिए । क्याम्पसको कक्षा छुटाउनु आफ्नो धर्म विपरीत ठान्थे । अंग्रेजी विभागमै उनको नाम थियो । सायद उनी होचो कदका र आफ्ना कुराहरू निर्धक्क राख्ने भएकाले ठट्यौलो पाराको नाम रोजिएको हुनसक्छ । शेक्सपियरका नाटक वा नाट्यकारिताका कुरा हुन् या ‘अ कम्पेनियन टु लिटेरेचर’का कुरा हुन । उनका जिज्ञासा कडा खालका हुन्थे । जवाफ दिन नसकेर उनलाई पढाउने कतिपय शिक्षकहरू कहिलेकाहीँ विलखबन्दमा समेत पर्थे । कक्षामा प्रवेश गर्ना साथ सबैको ध्यान उनीतिर खिचिन्थ्यो । उनको उपस्थिति देखेमा प्राध्यापकहरू बढी सचेत भएर पढाउँथे । बोर्डिङ्ग स्कूलमा शिक्षकहरूको तलब बढाउने दिन आयो । उनको तलब भने सोह्र सयबाट बत्तीस सय पु¥याइयो ।
विषयको तपाईं जस्तो शिक्षक पाएको छैन । तलब पनि तपाईंलाई जस्तो कसैलाई दिएको छैन । शिक्षकको प्रशंसामा एक शब्द पनि राम्रो कुरा गर्न नरुचाउने प्रिन्सिपल उनीबाट भने पग्लिएका देखिन्थे । नपग्लून् पनि कसरी । उनलाई नै कतिपय मामलामा सिकाउने, बाटो देखाउने काम सरबाट हुन्थ्यो । वार्तालापकै क्रममा प्रिन्सिपलको अन्तिम वाक्य थियो । शतप्रतिशत तलब वृद्धि गरिदिएको छ । केही प्रतिशत मात्र तलब वृद्धि हुनेछ । आफ्नो कार्यमा यस्तै जागरुकता रहोस् । नयाँ शैक्षिक सत्र सुरु हुनासाथ कतिपय शिक्षकलाई केही हदमा वास्ता गर्ने र कतिपयलाई वेवास्ता गर्ने बानी पुरानै हो भन्ने सबैलाई थाहा थियो । त्यसबेला उनी मौन रहे । यी शब्दहरु केवल उनीहरू दुई जनाले मात्र सुने अरू कोही साक्षी थिएन ।
सबै शिक्षकलाई व्यक्तिगत रूपमा बोलाएर तपाईंको यति र उति प्रतिशत तलब वृद्धि भयो भनिन्थ्यो । समय महंगिँदै थियो । ट्युसन नपढाए सहरमा टिक्न गाह्रो हुन्थ्यो । प्रायः सबै शिक्षकहरू क्याम्पस पढ्ने विद्यार्थीहरू नै थिए । धेरैजसो चाहिँ घरबाट चामल ल्याउँथे । डेराभाडा समेत ल्याउँथे । स्कूलले दिएको तलबले केवल तरकारी किन्न र सामान्य पकेट खर्च गर्न मात्र पुग्थ्यो । नयाँ शिक्षक सबैको दिनचर्या त्यसरी नै चल्थ्यो । तलब वृद्धि सम्बन्धमा प्रिन्सिपलका अगाडि बोल्न कोही सक्दैनथे । उनी जे जति तलब बढाउँथे, सबैजसो शिक्षकहरू त्यसैलाई स्विकार्थे । दश प्रतिशतदेखि माथि सबैको तलब बढाएको छु भनेर मख्ख पार्थे । हजार रुपैयाँ तलब पाउने शिक्षकको तलब कत्ति नै बढ्थ्यो र ?
एकदिन नजिक रहेको सामुदायिक विद्यालयले निजी स्रोतको शिक्षकका रूपमा काम गर्न बोलायो । सरकारी स्कूलमा पसिना बगाइयो, खुन सुकाइयो भने भोलिको लागि राम्रो हुने ठानेर उनी त्यतातिर हानिए । एक महिना बित्दा नबित्दै उनले राम्रो लोकप्रियता कमाए । निजी विद्यालयमा पेलिएर काम गरेका त्यहाँ पेलिनु परेन । ज्यादै हल्का लाग्यो । उनलाई बरोबर आफू शिक्षक हुँ कि हैन भन्ने लागि रह्यो । उनी बेलाबेलामा प्रधानाध्यापकहरूसँग भन्ने गर्थे । यसरी शैक्षिक स्तर कहाँ उक्सन्छ र ? यस्तो काइदाले शिक्षकको जिम्मेवारी कहाँ पूरा हुन्छ र ? विद्यार्थीका दैनिक आवश्यता र यथोचित चाहना विपरीत हिँड्दा अभिभावकको जिम्मेवारी कसरी पूरा भयो र ? उनले त्यहाँ विद्यालय व्यवस्थापन, शिक्षक र अभिभावक तीनै थरिको कमजोरी देखे । सबैजसो शिक्षक शिक्षण क्षेत्रमा सुधारभन्दा पनि समय कटाउन र तलव भत्ता पकाउनमा नै मख्ख र मस्त भएको देखे । जसरी भए पनि कक्षा चढाउनु पथ्र्याे विद्यार्थीलाई । उनले पचहत्तर प्रतिशत विद्यार्थीलाई अनुत्तीर्ण पार्नु पर्ने अवस्था देखे । त्यहाँ भएकाहरू मध्ये अधिकांश स्थानीय शिक्षक शिक्षिका थिए । कसैका नानीहरू अनुत्तीर्ण भइहाले भने चौतर्फी गुनासाका स्वरहरू गुन्जिन्थे । बोर्डिङ्ग स्कूलमा यस खाले समस्या नदेखिने भने होइनन् तर विरलै । विचरा विद्यार्थीको मात्रै के दोष ? उनीहरू त अग्रजको लापर्वाहीका सिकार भएका मात्रै हुन् । सबै शिक्षक वर्गमा अघोषित नीति थियो परीक्षाको कापी जाँच्नुस् या नजाँच्नुस । त्यसको त्यत्रो अर्थ छैन तर विद्यालयको रिपोर्टमा परीक्षा दिए जति सबै उत्तीर्ण हुनैपर्छ । यहाँ शिक्षक भएर हैन, तलब भत्ता पाक्ने काम गरे पुग्ने रहेछ ।
म शिक्षक बनेर नै मान्छेको मन मन्दिरमा उज्यालो छर्न जन्मेको हुँ भन्न पनि उनी छाड्दैनथे । स्थायी जागिरको बाउन्न साले परीक्षा दिएका थिए । अन्ठावन्नको अन्तरवार्तामा समेत खरोसाथ प्रस्तुत भएका थिए । कतै प्राथमिक तहकै भए पनि शिक्षक बन्न सकिएला कि भन्ने झिनो आशा थियो । नभन्दै रिजल्ट भयो । उनी सफल भएछन् । उनको पोष्टिङ्गको सवाललाई लिएर प्रधानाध्यापकहरूमा तँ छाड् मछाड् भएछ । सबैको आ–आफ्नै खाले स्वार्थ । उनी थिए स्नातक डिग्री पाएका तालिम प्राप्त शिक्षक । कतिपय स्कूलमा माध्यमिक विद्यालयमा पढाउने शिक्षक पाउनै गाहे थियो । पछि थाहा पाए, उनले आफ्नै गाउँको स्कूलमा प्राथमिक शिक्षकको रूपमा माध्यमिक तहमा पढाउनुपर्ने भएछ । ठीकै छ भन्दै उनी आफ्नै गाउँतिर हानिए । तलब भत्ता पाउने गरी उनी नियुक्त गरिए । अनवरत रूपमा उनी पढाइ नै रहेका छन् र लोकप्रियता कमाउने उनको इतिहासलाई त्यहाँ पनि निरन्तरता दिएकै छन् ।
प्रिय मित्र, लामा कुरा सुनाएँ । तपाईंलाई पट्यार लाग्यो होला । विद्यार्थी सामु, प्रिन्सिपल सामु, अभिभावकका सामु, प्राध्यापकहरू बीच र मित्रहरू सामु पुकारिने व्यक्ति अरू कोही नभएर तपाईं नै हुनुहुन्छ । सबैले सबै प्रकारका नाम दिए । म भने जीवनका महत्वपूर्ण क्षणहरू साथै विताएको मित्रको नाताले र पातर सर भनेर विद्यार्थी माझ परिचित भएको हैसियतले तपाईंलाई तपाईंकै प्रमाणपत्रको नाम दिन्छु । प्रिय मित्र, बोलेरभन्दा लेखेर नै धेरै कुरा जाहेर गर्न सकिने रहेछ । बोल्दा हराइने डर हुँदो रहेछ, लेख्दा समेटिन सकिने रहेछ । फेरि जीवन कहाँबाट कहाँ पुग्दो रहेछ । कसैको घोषणा र अनुमान भित्र जीवन कहाँ गुम्सदों रहेछ र ? मैले देखेका, सुनेका, भोगेका र अनुभव गरेका कुराहरू रिठ्ठो नविराईकन प्रस्तुत गरेँ । हिजो विताएको त्यो स्कुल (निजी) र आज जीवनरथ हाँकिरहेको यो स्कुल (सरकारी)का बीच फरक के–के पाउनु भयो ? म पनि तपाईंबाट आफ्नो स्वभाव अनुकूलको खरो प्रतिक्रिया सहितको जवाफ पाउने प्रतिक्षामा हुलाकीको बाटो कुरेर बसिरहने छु ।
शैलेश शर्मा
हालः काठमाडौं