2026 April 29/ 05:08: 46pm

यादव प्रसाद कोइराला

           क.विदुर सापकोटा सानु मदन भण्डारीको रुपले जिल्लामा चिनिनु थाल्नु भएको थियो । उहाँको निधनमा सिङ्गो जिल्ला र प्रदेश शोकमा रहन पुग्यो । बाम आन्दोलनको चिरपरिचित नाम हो क. विदुर सापकोटा । उहाँको निधन प्रति दुःख व्यक्त गर्दै उहाँको गृह नगरले एक दिन सार्वजनिक विदा दिएको थियो । 

अविस्मरणीय योगदानहरु
               विषय प्रवेशः काभ्रेली बाम आन्दोलनका हस्ती संविधान सभा सदस्य एवम् ने.क.पा. (एकिकृत समाजवादी) पार्टीका पोलिट व्यूरो सदस्य कमरेड विदुर सापकोटाको जन्म विक्रम सम्बत् २०२२ साल भाद्र २२ गते का दिन आमा मिठुमाया सापकोटा र बुबा लक्ष्मी प्रसाद सापकोटाको माहिलो सन्तानको रुपमा काभ्रेपलाञ्चोक जिल्लाको तत्कालिन माहादेवस्थान गाउँपञ्चायत वडा नं. ७ नौविसेमा जन्म भएको थियो । सानै उमेर देखि तिक्ष्ण स्वभावका सापकोटाको सोच देखेर गाउँ टोलमा सबै चकितमा पर्दथे । बुबा लक्ष्मी प्रसाद र आमा मिठुमायाले चार सन्तानहरुको जन्म दिनु भएको थियो । पहिलो सन्तानको रुपमा दाई अच्युत प्रसाद सापकोटाको जन्म मिति २०२० साल असोज २८ मा भएको थियो भने दाई अच्युत प्रसाद सापकोटाको जन्महुनु भन्दा अगावै दुई दिदीहरुको जन्म भएकोमा उहाँहरुको सानै उमेरमा मृत्यु भएको थियो भने दोश्रो सन्ताको रुपमा नेता विदुर सापकोटाको जन्म भएको थियो । तेश्रो सन्तानको रुपमा सुनिता सापकोटा र चौथो सन्तानको रुपमा स्व. माधव सापकोटा जन्म भएको थियो । कमरेड विदुरले सानै देखि समाजमा देखिआएका गलत सोच र विचार विरुद्ध सबैलाई सँगठीत गर्दै अगाडी बढ्न थाल्नु भएको थियो । यसकै फल स्वरुप उहाँले अहिले यस प्रकारको सम्मान र उचाई प्राप्त गर्न सफल हुनुभयो ।

विदुरको बाल्यावस्था
            संविधान सभा सदस्य कमरेड विदुर सापकोटाको बाल्यावस्था मुलुकमा पञ्चायती शासनकाल चलिरहेकै बेला अगाडी बढेको थियो । तत्कालिन माहादेवस्थान गाउँ पञ्चायत हाल साविक मण्डनदेउपुर नगरपालिकाको नौविसेमा उहाँको बाल्यकाल अगाडी बढ्न थाल्यो । सानै देखि चतुर स्वभावका नेता सापकोटामा दिन प्रतिदिन नयाँ नयाँ सोचहरु देखा पर्दै गए । दाजु अच्युतको अनुसार उहाँ सानै देखि मिलनसार हुनु हुन्थ्यो । सबैका प्रिय मानिस हुनुहन्थ्यो । सानै देखि पढाईमा तेज देखेर सबै साथीभाई र गुरुहरु चकित हुनुहुन्थ्यो । स्कूल जीवन देखिनै अखिल पाचांैको विद्यार्थी राजनितिमा होमिन थाल्नु भयो । उहाँ खेलकुदमा पनि निकै रुचि राख्नुहुन्थ्यो । क.विदुर सापकोटाको घर तत्कालिन मालेको पार्टी सेल्टर तथा जनसम्पर्क कार्यालयको रुपमा रहेको थियो । भूमिगतकालमा क.यूवराज कार्की, क. केशव बडाल, क. मोदिनी खरेल, क. मायानाथ अधिकारीले काभ्रेको जिम्मेवारी सम्हाल्नु भएको थियो । उहाँहरुले जिम्मेवारी लिदा क. विदुरको घरमा बस्ने गर्नु हुन्थ्यो । बुबा लक्ष्मी प्रसाद सापकोटा पनि सामाजिक रुपमा प्रतिष्ठित हुनुहुन्थ्यो । उहाँ डेडीथुम्का विद्यालयको व्यवस्थापन समितिका सदस्य पनि हुनुहुन्थ्यो । नेकपा एमालेका नेता ईश्वर पोख्रेलको धर्म पत्नी मिरा धोजु पनि त्यसबेला मण्डन क्षेत्रमा सरुवा हुनु भएको थियो र क. विदुरको घरमा नै बसेर शिक्षण पेशाको कार्य अगाडी बढाउनु थाल्नुभयो । नेताहरुको बाक्लो ओहोरदोहोर र उपस्थितिले क. अच्युत र क. विदुर प्रभावित हुनु भएको थियो । यसकै फलस्वरुप दाई अच्युत २०३६ सालको स्ववियू निर्वाचनमा सबै पदाधिकारीहरु निर्विरोध निर्वाचित हुँदा सचिव पदमा भने निर्वाचन भएको थियो उक्त निर्वाचनमा उहाँले भारी मतका साथ विजय प्राप्त गर्नु भएको थियो । अखिल छैठौंको चेतनाथ काफ्लेलाई पराजित गर्नु भएको थियो । २०३९ साल दाई अचुत सापकोटा उच्च शिक्षा हासिलका लागि पाटनको कुपनडोल क्षेत्रतिर बस्न थाल्नु भयो । २०४६ सालमा उहाँहरुको डेरा काठमाण्डौंमा सरेको थियो । उहाँको डेरा नै तत्कालिन बागमती अञ्चल कमिटिको पार्टीको सेल्टरको रुपमा अगाडी बढ्न थाल्यो । दाई अचुतले २०४१ पछि सडक विभागमा नाम निकालेर नेपाल सरकारको सेवा सुविधा सहित जागिरे जीवनको शुरुवात गर्नु भएको थियो ।

स्कूल जीवनको शुरुवात र अखिलको नेतृत्व
    कमरेड विदुर सापकोटालाई २०२५ सालमा विद्यालय भर्ना गरिएको थियो । सानै उमेरमा देखिएको परिवर्तनशिल सोच र पढाईको कक्षा विस्तार सँगै उहाँ विद्यार्थी राजनिति तर्फ पनि अगाडी बढ्न थाल्नु भयो । शिक्षाविद् एवम् बामपन्थी आन्दोलनका काभ्रेली कमाण्डर राम प्रसाद अधिकारी सरको माया ममता र प्रभावको कारण उहाँको राजनितिक यात्रा शुरु हुन पुग्यो । हालको मण्डनदेउपुर नगरपालिकामा तत्कालिन मालेको सँगठन विस्तारमा निकै प्रभाव जमाउनु भएका शिक्षा विद राम प्रसाद अधिकारीको प्रभाव मण्डन भेगमा निकै विस्तार भई रहेको थियो र त्यसैको फल स्वरुपम क. विदुर सापकोटा लगायतका कमरेडहरु पार्टी सम्पर्कमा रही पञ्चायती व्यवस्था अन्त्यका लागि सँगठित हुन थाल्नु भयो । राम प्रसाद सरकै प्रभावका कारण कमरेड विदुरमा विद्यार्थी राजनितिको नेतृत्व लिने मनसाय बन्दै गयो यसकै फल स्वरुप कमरेड विदुरलाई अखिल पाचौैको डेडीथुम्का मा.वि मा अखिलको मुल नेतृत्वमा रहेर काम गर्ने जोस देखा प¥यो । कक्षा सात अध्ययन गर्दै उहाँमा देखिएको सोच र विचारहरु अझ विकास हुदै गए । उहाँले विद्यार्थी राजनिति र समाज विकासको बारेमा आफ्नो रायहरु सबैका विच ल्याउन थाल्नु भयो । कक्षा ८ देखि त उहाँ पढाई सँगै तत्कालिन मालेको सम्पर्कमा रही पार्टीको कामलाई निकै अगाडी बढाउन थाल्नु भएको कुरा शिक्षाविद् राम प्रसाद अधिकारी बताउनु हुन्छ । उहाँले कम्यूनिष्ट दर्शन र विचारहरुको अध्ययन गर्न थाल्नु भयो । सानै उमेर देखि नै सबैको प्रिय बन्दै अगाडी बढीनै रहनु भयो । कक्षा नौ पढ्दै गर्दा उहा अखिलको काभ्रे जिल्ला कमिटि उपाध्यक्ष भई सक्नु भएको थियो । कक्षा १० सम्मको अध्ययन गाउँकै स्कूलमा सकिएछि उहाँ उच्च शिक्षाका लागि काठमाण्डौंमा बस्न थाल्नु भयो । 

विदुरको उच्च शिक्षाको शुरुवात 
           बाम आन्दोलका नेता कमरेड विदुर सापकाटाले २०४२ सालमा एस.एल.सी. परीक्षा पास गरेपछि उच्च शिक्षा हासिलका लागि दाजु अच्युत सापकोटा सँगै काठमाण्डौंको कुपण्डोलमा डेरा गरी बस्न थाल्नु भयो । डेराको व्यवस्थापन पछि काठमाण्डौंको ल कलेजमा कानून संकाय अध्ययनका लागि भर्ना हुनु भयो । पढाई सँगै विद्यार्थी राजनितिमा पनि भूमिगत रुपमा सहमागिता जनाउँदै अगाडी बढी रहनु भयो । राजनितिक सँगठन सँगको आबद्धताले उहाँलाई बेला बखतमा समस्या अउने हुँदा उहाँले डेरा पनि सार्ने काममा लागि रहनु हुन्थ्यो । कुपण्डोल बसाई पछि दाजु अच्युत सहित उहाँहरु २०४१ सालमा पाटनमा आफ्नो सेल्टर बनाउन थाल्नु भयो । कमरेड विदुरले नेपाल ल कलेज बाट २०५० मा स्नातक गर्नु भएको थियो भने त्रिचन्द्र कलेज काठमाण्डौंबाट सोसोओलोजीमा मास्टर्स गर्नु भएको थियो । २०४६ सालको आन्दोलनताका उहाँले सेल्टर काठमाण्डौंको बानेश्वरमा सार्नु भएको थियो ।

कमरेड विदुरको विवाह
             कमरेड विदुर सापकोटाको विवाह २०५२ असार २० गतेका दिन ताप्लेजुङ्ग जिल्लाबाट स–परिवार सहित झापा बसाई सराई गरी आउनु भएका झापाको माहारानी ढोडामा स्थाई बसोबासको थलो बनाउनु भएका आदरणीय व्यक्तित्व बुबा बलभद्र भेटवाल र आमा जानुका भेटवालको सुपुत्री छोरी डा. भारती भेटवाल सँग परम्परागत रुपको मागी विवाह भएको थियो । विवाहको वातावरणको भूमिका क. सानुराज पोख्रेल र क. नारायण पाण्डेले गर्नु भएको थियो ।

कमरेड विदुरको राजनितिक यात्रा
            काभ्रेली बाम राजनितिमा सानो मदन भण्डारीको रुपमा परिचित हुनु भएको विदुर सापकोटाको राजनितिक यात्रा अनेरास्ववियूबाट भएको थियो । उहाँको राजनितिक यात्रा डेडीथुम्का विद्यालयबाट अगाडी बढेको थियो । उहाँ त्यस विद्यालयको प्रारम्भिक कमिटी अध्यक्ष हुदै २०३५ सालबाट विद्यार्थी राजनितिमा सक्रिय हुनु भएको थियो । सो सँगै २०३९ सालमा तत्कालिन मालेमा आबद्ध हुनु भयो । २०३६ सालमा उहाँ विद्यार्थी सँगठनको काभ्रे जिल्ला कमिटि सदस्य चयन हुनु भयो भने २०३८ सालमा भएको जिल्ला सम्मेलनबाट जिल्ला उपाध्यक्षमा निर्वाचित हुनु भयो । २०३९ सालमा काठमाण्डौं जिल्ला कमिटि सचिव, २०४१ सालमा भएको अनेरास्ववियूको आठौं राष्ट्रिय सम्मेलनबाट केन्द्रिय सदस्यमा निर्वाचित हुनु भयो । २०४३ सालमा उहाँ मानव अधिकार संरक्षण मञ्चमा सहभागिता हुँदै ने.क.पा. मालेको तत्कालिन १ नम्बर पार्टी कमिटि सदस्य, २०४५ सालमा तत्कालिन मालेको जिल्ला कमिटि सदस्य, २०५१ साल देखि २०६४ साल सम्म ने.क.पा. एमाले काभ्रे जिल्ला कमिटि सचिव, २०६४ साल देखि २०७८ साल सम्म ने.क.पा. एमाले बागमती प्रदेश कमिटि सदस्य, २०७८ भाद्र देखि २०८१ साल असार सम्म ने.का.पा. (एकिकृत समाज वादी) को केन्द्रिय सदस्य साथै बागमती प्रदेश कमिटि उपाध्यक्ष, २०८१ असार देखि पार्टीको पोलिटव्यूरो सदस्य तथा बागमति प्रदेश कमिटिको सह–ईन्चार्जको भूमिकामा रहदै २०७० सालमा भएको दोश्रो संविधान सभा निर्वाचनमा काभ्रे क्षेत्र नं. ४ बाट निर्वाचित संविधान सभा सदस्य हुनु हुन्थ्यो । उहाँ पार्टी सँगठनमा हुँदा पार्टीलाई प्रभावकारी रुपमा अगाडी बढाउनु सफल हुनु भएको थियो । 

१४ वर्ष पार्टी प्रमुख
              संविधान सभा सदस्य क. विदुर सापकोटा काभ्रेपलाञ्चोक जिल्लाकै परिचित नाम हो । उहाँले तत्कालिन माले जिल्ला कमिटिको नेतृत्व गर्दै २०५१ सालबाट लगातार ने.क.पा. एमाले काभ्रेको पार्टीै प्रमुख भएर १४ वर्ष भन्दा बढी पार्टी नेतृत्वमा रहेर काम गर्नु भयो । उहाँकै नेतृत्वमा ने.क.पा. एमाले लाई जिल्लाको दुरदराज सम्म पु¥याउन महत्वपूर्ण भूमिका खेल्नु भयो । पार्टी र जनसंगठनलाई सशक्त र चलायमान बनाउन उहाँको नेतृत्व सफल भयो । पार्टी र पार्टीका सबै जबस मोर्चाहरुलाई गाउँटोल वस्ती वस्तीमा संगठन निर्माण गर्दै अगाडी बढाउनु भयो । यसकै फलस्वरुप २०४८ साल को आम निर्वाचनमा, २०५१ सालको मध्यावधि निर्वाचन, २०५६ को संसदिय निर्वाचनमा होस् वा स्थानीय निर्वाचन दुबैमा पार्टीका शानलाई राम्रो उचाईमा पु¥याउनु भयो भने पार्टीको कार्य सञ्चालनको लागि जिल्ला पार्टी कार्यालयको भवन निर्माणमा महत्वपूर्ण भूमिका खेल्नु भएको थियो भने उहाँले जिल्लामा पार्टीको नेतृत्व गर्दा पार्टी भित्र गुटउपगुट देखिदैन थियो भने पार्टीलाई एक ढिक्का र एक मतका साथ चलाउनु भएको थियो ।

कमरेड विदुरको पत्रकारिता प्रतिको रुची 
         २०४६ सालको जनआन्दोलन पछि नेपाल कम्यूनिष्ट पार्टी एमालेले पार्टी गतिविधलाई पत्रकारिता मार्फत जनतामा आफ्नो विचार र दृष्टिकोण पु¥याउनका लागि काभ्रे जिल्लामा पार्टीले आफ्नो मुख पत्र प्रकाशनको निर्णय लिएको थियो । यस निर्णयकै फलस्वरुप काभ्रे जिल्ला प्रशासन कार्यालयमा दर्ता कायम गरी मासिक रुपमा चेष्टा पत्रिका प्रकाशन गर्न क. विदुर सापकोटा प्रकाशक, क. केशव बडाल सम्पादक, क. गोकुल बास्कोटा कार्यकारी सम्पादक, क. गोकुल गौतम व्यवस्थापक रहेको चेष्टा मासिक पत्रिकाको प्रकाशन भयो । २०५० साल भाद्र ३० बाट प्रकाशनमा आएको यस मासिक पत्रिका एक अङ्क प्रकाशन पछि विविधकारणले बन्द हुन पुग्यो । झण्डै ६ वर्ष पछि कमरेड विदुर कै सकृयतामा पुनः चेष्टा पत्रिकालाई साप्ताहिक रुपमा प्रकाशन गर्ने गरी क. अशोक व्याञ्जु प्रकाशक, भोजराज तिमल्सीना सम्पादक, क. हरीगोपाल प्रधानाङ्ग व्यवस्थापक, क. दयाराम महत सह व्यवस्थापक, र साधुराम पराजुली रहेको प्रकाशन तथा सम्पादन समितिले २०५६ कात्र्तिक ११ गते विहिवार बाट आजका मिति सम्म अनेकौ आरोह र अवरोहहरु पार गर्दै कमरेड विदुरकै योगदानका कारण प्रकाशनले निरन्तरता पाईरहेको छ ।

विदुरको शिक्षण पेशाको शुरुवात 
          कमरेड विदुर सापकोटा एस.एल.सी. उतिर्ण पछि शिक्षण पेशा सँग जोडिएर सिन्धुपाल्चोकको दुर दराजमा आफुलाई समर्पित गर्न थाल्नु भयो । शिक्षण पेशाको काम भने धेरै समयको नरहेको उहाँका समकक्षी ने.क.पा. एककृति समाजवादीका नेता क. प्रदिप नेपालका अनुसार करिब एक वर्ष मात्र रहेको थियो । उहाँले सिन्धुपाल्चोकको साविक भोटेकोशी गाउँपञ्चायत वडा नं. ७ हाल परिवर्तित ईन्द्रावती गाउपालिका वडा नं. १० मा रहेको श्री चण्डेश्वरी माध्यामिक विद्यालय हालको उच्च मा.वि. मा २०४३ भाद्र २० गते बाट शिक्षण पेशा शुरुवात गर्नु भएको थियो । हुने विरुवाको चिल्लो पात भने झै क. विदुर सापकोटा उक्त विद्यालयमा प्रवेश गरेपछि विद्यालयको शैक्षिक सुधारमा निकै नै फड्को मारेको उहाँका जानकार क. प्रदिप नेपाल र हरी नेपाल बताउनु हुन्छ । उहाँ राजनितिक सँगठन सँग नजिक रहेको हुँदा उक्त क्षेत्रका शिक्षक र विद्यार्थी तथा किसान मजदुर सबैमा सजिलै प्रभाव पार्न सक्नु हुन्थ्यो । जसको कारण त्यस क्षेत्रमा कम्यूनिष्ट पार्टीको विकासमा टेवा पुगेको थियो । एक वर्षको शिक्षण पेशाका क्रमममा धेरै विद्यार्थी र अभिभावकहरुमा लोकप्रियता हासिल गर्नु भएको क. विदुरले २०४४।०१।०४ गते शिक्षण पेशाबाट अलग हुँदै अध्ययन र पार्टी राजनितिलाई अगाडी बढाउन उहाँ काठमाण्डौंमा भूमिगत सेल्टरमा बस्दै राजनितिक यात्रा अगाडी बढ्न थाल्नु भयो । 

जनआन्दोलनमा क. विदुरको भूमिका
           क. विदुर सापकोटाको राजनैतिक भूमिका बेला बखतमा आन्दालनहरुमा भई नै रहे । २०३६ साल यताका दिनहरुमा उहाँको उल्लेख्य भूमिका रहेको छ । २०४६ सालको जनआन्दालेतमा उहाँले काभ्रे जिल्ला सहित काठमाण्डौंमा समेत आफ्नो उपस्थिति जनाउनु भएको थियो । २०५८ साल जेष्ठ १९ गते को कहाली लाग्दो दरबार हत्याकाण्ड पछिका राजतन्त्र कालिन दिनहरु नेपाली र नेपाली जनताको लागि एकपछि अर्काे संक्रमण तर्फ धकेलिदै गर्दा राजा विरेन्द्रको बंश नास बनेको छानविन समितिले सम्पूर्ण हत्या काण्डको दोष पूर्व राजा दिपेन्द्र माथि थुपार्ने काम ग¥यो र राजा मेहन्द्रका छोरा ज्ञानेन्द्र शाहलाई राजा घोषणा गर्ने काम ग¥यो । उनी राजा घोषणा भएको केही वर्षपछि नै मुलुकलाई प्रतिगमन तर्फ धकेल्ने कार्य शुरु गरे । यसकै फल स्वरुपम तत्कालिन सात राजनितिक दलले राजाको प्रतिगामी कदम सच्याउन माग गर्दै देशै भरी आन्दोलनको घोषणा भयो । धेरै नेता कार्यकर्ताहरु माथि धरपकट सहित गिरफ्तारी गरियो । राजा दिन प्रतिदिन पुर्व पञ्चहरुको सल्लाहमा अगाडी बढ्न थाले । त्यसपछि आन्दोलनले नयाँ रुप लिन थाल्यो । राजनितिक शक्तिहरुलाई जनताले दबाब दिन थाले । मुलुकमा गणतन्त्रको नारा लाग्न थाल्यो । गाउँगाउँ देखि शहर सम्म प्रत्येक ठाउँमा गणतन्त्रको पक्षमा नारा लाग्न थाले । यसै विच रात राजनितिक दल र तत्कालनि विद्रोही नेपाल कम्यूनिष्ट पाटी माओवादीका विचमा आन्दालेनलाई अगाडी बढाउने विषयमा १२ बुँदे सम्झौता भयो यो सम्झौता नै नेपालमा गणतन्त्र स्थापनाको लागि कोसे ढुङ्गा सावित भएको थियो । प्रजातान्त्रिक आन्दोलन र लोकतान्त्रिक गणतन्त्रको आन्दोलनमा कमरेड विदुरको नेतृत्वमा काभ्रे जिल्लामा आन्दोलनको ज्वारभाट अगाडी बढेर सफलता प्राप्त गरेको थियो ।

डा. भारती भेटवाल र स्वास्थ्य क्षेत्र
            कमरेड विदुर पत्नी डा. भारती भेटवालको जन्म २०२६ साल पौष ७ गते ताप्लेजुङ जिल्लामा भएको थियो । उहाँ सानै उमेरको हुदा बुबा बलभद्र भेटवालले सम्पूर्ण परिवार सहित ताप्लेजुङ्गबाट झापाको माहारानी ढोडामा बसाई सर्नु भएको थियो । डा. भारती भेटवाल सानै उमेर देखि स्वास्थ्य क्षेत्र तर्फ निकै रुचि राख्नु हुनु हुन्थ्यो । कलेज जीवन शुरु पछि उहाँले राजनितिक क्षेत्रमा पनि रुची राख्ने र मुलुकको राजनितिक परिस्थितिको बारे आफ्नो धारणा बनाउन थाल्नु भई सक्नु भएको थियो । डा. भारती भेटवालको स्कूल जीवन ताप्लेजुङ्ग र झापा दुबै ठाउँमा हुन पुग्यो । उच्च शिक्षा भने काठमाण्डौंबाट अगाडी बढ्यो । २०४४ सालमा एस.एल.सी. पासपछि उहाँले पि.सि.एल. नर्सिङ्ग कोर्स विराटनगर नर्सिङ्ग कलेजबाट शुरु गर्नु भयो भने २०४८ सालमा आइपुग्दा उहाँले नर्सिङ्ग कोर्स पुरा गर्नु भयो । त्यसपछि उहाँले पद्यमकन्या कजेलबाट व्याचलर ईन सोसियोलोजी २०५४ मा पुरा गर्नु भयो । साथै उहाँले व्याचलर नर्सिङ्ग काठमाण्डौंको माहाराजगन्ज नर्सिङ्ग कलेजबाट २०५८ मा सम्पन्न गर्नु भयो । अध्ययनलाई अगाडी बढाउने क्रममा मास्टर ईन सोसियोलोजी काठमाण्डौंको त्रिचन्द्र कलेजबाट २०६८ मा सम्पन्न गर्नु भयो । २०७५ सालमा उहाँले मास्टर्स ईन नर्सिङ्ग भारतमा रहेको राजिवगान्धी विश्वविद्यालयबाट सम्पन्न गर्नु भयो भने पि.एच.डी. ईन सोसियोलोजि राजिवगान्धी विश्वविद्यालय भारत बाटै २०७९ मा सम्पन्न गर्नु भयो । डा. भारती भेटवालले स्वास्थ्य क्षेत्रमा शुरुवात देखि अस्पतालबाट सेवा दिदै आउनु भएको थियो । २०५० देखि २०५२ सम्म वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकोमा कार्यरत हुनु भयो । २०५२ साल देखि २०६४ साल सम्म काठमाण्डौं मेडिकल अस्पतालमा कार्यरत हुनु भयो । २०६४ साल देखि हाल सम्म उहाँ काठमाण्डौंको चाहविलमा रहेको हेल्पिङ्ग हेड्स सामुदायिक अस्पतालमा नर्सिङ्ग डाईरेक्टरमा कार्यरत रहँदै आउनु भएको छ । स्वास्थ्यको क्षेत्रमा उल्लेख्य भूमिका खेल्नु भएका डा.भारतीलाई स्वास्थ्य क्षेत्रमा अझै सफलता र जनपक्षीय भूमिका खेल्ने अवसर प्राप्त भईरहोस् भन्ने शुभकामना । २०७५ सालमा उहाँले मास्टर्स ईन नर्सिङ्ग भारतमा रहेको राजिवगान्धी विश्वविद्यालयबाट सम्पन्न गर्नु भयो भने पि.एच.डि. ईन सोसियोलोजि राजिवगान्धी विश्वविद्यालय भारतबाट २०७९ मा सम्पन्न गर्नु भयोको भारतीले स्वास्थ्य क्षेत्रको शुरुवात भने २०४८ सालबाट काठमाण्डौंमा रहेको प्रसुतिगृह थापाथली अस्पताल बा शुरु गर्नु भएको थियो । २०५० देखि २०५२ सम्म वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनु भयो । २०५२ देखि २०६४ सम्म काठमाण्डौं मोडेल अस्पतालमा कार्यरहत हुनु भयो भने २०६४ देखि हाल सम्म उहाँ काठमाण्डौंको चाहवेलमा रहेको हेल्पिङ्ग हेड्स सामुदायिक अस्पतालमा नर्सिङ्ग डाईरेक्टरमा कार्यरत हुुदै आउनु भएको छ । स्वास्थ्य क्षेत्रमा उलेख्य भूमिका खेल्नु भएका भारतीलाई स्वास्थ्य क्षेत्रमा अझै सफलता र भूमिका खेल्ने अवसर प्रात भई रहोस् ।

कमरेड विदुरको छोरी विभू र उनको जन्म
            बाबु कमरेड विदुर र आमा डा. भारती भेटवालको कोखबाट २०५३ साल माघ ३ गतेका दिन जन्मिएकी विभु सापकोटा उहाँहरुको एकमात्र सन्तान हुन् । उनी सानै देखि अध्ययशिल र अनुसाशित रही बढ्दै ललितपुरको यूनाईटेड स्कूल, सातदोबाटो बाट स्कूले जीवन शुरुवात भएको थियो । स्कूल जिवनमा पनि उनी सधै कक्षमा प्रथम स्थानमा रहिन् भने एस.एल.सी.सम्मको अध्ययन सोही विद्यालयबाट पुरा गरेपछि उहाँको उच्च शिक्षा भने काठमाण्डौंको नयाँ बानेश्वरमा रहेको नोवेल एकेडेमीबाट उत्तिर्ण गरेपछि उहाँ अध्ययनको लागि अमेरीकामा रहेको होलिस विश्वविद्यालयमा पूर्ण छात्रवृत्तिमा अध्ययन अगाडी बढड्न थाल्यो भने अमेरिकाको भर्जेनियामा बसेर व्याचलर ईन इकोनोमिक्स २०७५ का कलेज टप गर्नु भएकोले कलेजले उहाँलाई एक समारोहका विच सम्मान समेत गरेको थियो । उहाँले अध्यन सँग आफ्नो रोजगारीलाई पनि अगाडी बढाउन थाल्नु भयो । हाल उहाँ अमेरिकाको न्यूयोर्क सिटिमा रहेको ब्बष्भि ःयचवबल क्तबलअिथ द्यललप मा असिस्टेन्ट भाईस प्रेसिडन्टको रुपमा काम गर्दै आउनु भएको छ । यूवा उमेरमा नै बुबा गुमाउनु भएको विभुको काँधमा अब आमा भारती भेटवालको पनि रेखदेख गर्नुपर्ने दायित्व थपिएको छ । 

जनआन्दोलनमा कमरेड विदुरको भूमिका
            कमरेड विदुर सापकाटोको साजनितिक भूमिका बेलाबखतमा हुने आन्दोलनहरुमा सकृय सहभागिता भईनै रहे । २०३६ साल यताका दिनहरुमा उहाँको उल्लेख्य भूमिका रहेको छ । २०४६ सालको आन्दोलनमा उहाँले काभ्रे सहित काठमाण्डौंमा आफ्नो उपस्थिति जनाउनु भएको थियो । २०५८ सालको जेष्ठ १९ को कहाली लाग्दो दरबार हत्या काण्ड पछिका राजनन्त्र कालिन दिनहरु नेपाल र नेपाली जनताको लागि एक पछि अर्काे संक्रमण तर्फ धकलिदै गर्दा राजदरबार हत्या काण्डको छानविन समिति बन्यो । छानविन समितिले सम्पूर्ण हत्याकाण्डाको दोष पूर्व राजा दिपेन्द्र माथि थुपार्ने काम ग¥यो र राजा महेन्द्रका माईलो छोरा ज्ञानेन्द्र शाहलाई राजा घोषणा गर्ने काम भयो । उनी राजा घोषणा भएको केही वर्षपछि नै मुलुकलाई प्रतिगमन तर्फ धकेल्ने कार्य शुरु गरे यसैको फलरुवरुप २०६२।६२ मा भएको जनक्रान्तिको बलमा नेपालबाट सदाका लागि राजतन्त्र अन्त्य भयो ।

कमरेड विदुर सँगको अन्तिम भेट
           कमरेड विदुर सापकोटा पार्टी अभियानका सवालमा जिल्लाको सबै भाग र बस्ती ठाउँहरुमा धेरै मात्रामा पुग्ने व्यक्तित्व हुनुहुन्छ । उहाँ सामाजिक कार्य तथा व्यक्तिगत कार्य तथा भेटघाटमा पनि उत्तिकै रुची राख्ने गर्नु हुन्थ्यो । २०८१ साल माघ २२ गते बेलुकी पख उहाँले म सँग फोनमा कुराकानी गर्नु भएको थियो । फोनको कुराकानीमा भोली म काभ्रे आउँछु धुलिखेलमा चिया भेटघाट गरौं भन्नु भएको थियो । मैले हुन्छ भनेको थिएँ । हाम्रो परिवार सँग उहाँको निकै राम्रो सम्बन्ध रहदै आएको थियो । म सानै देखि उहाँबाट प्रभावित भएको थिएँ । साविक रवीओपी गा.वि.स.हाल धुलिखेल नगरपालिका वडा नं. २ मा पनि उहाँको पार्टी काभ्रेको सिलसिलामा सबै जना सँगको सम्बन्ध एकाघरको परिवार जत्तिकै घनिष्टता थियो । कमरेड विदुर सँगको मेरो अन्तिम भेट नै माघ २५ गतेका दिन कमरेड लक्ष्मण लम्सालको छोराको शुभ ब्रतबन्धका दिन हुन पुग्यो । फागुन ३ बाट विरामी हुनु भई अस्पताल भर्ना हुनु भएका कमरेड विदुर सापकोटाले यस धर्तिबाट फागुन ८ मा सदाका लागि हजारौ जनसमुदाय र काभ्रेलीवासीर्लाइ रुहाउँदै यस धर्तिबाट सदाका लागि विदा हुनु भयो । 

श्रद्धाञ्जली सभामा हजारौं जन समुदाय 
           कमरेड विदुरको २०८१ साल फागुन महिना ८ गतेका दिन चाहविल काठमाण्डौंमा रहेको हेल्पिङ्ग हेल्स सामुदायिक अस्पतालमा उपचारकै क्रममा निधन भएको थियो । कमरेड विदुरले धन सम्पत्ति धेरै नकमाएता पनि गरिब दुःखी जनताको अपार माया भने कमाउनु भएकै कारण उहाँको अन्त्यष्टिमा हजारै जनसमुदाय तथा समर्थक शुभचिन्तकको बाक्लो उपस्थिति रहेको थियो । उहाँको निधनले पार्टी र कम्यूनिष्ट आन्दोलनलाई अपुरणीय क्षति पुगेको छ । नेता कमरेड सापकोटाको निधनपछि उपचारमा संलग्न अस्पतालका डाक्टर सहित सिङ्गो अस्पताल परिवार शोकमा रहन पुग्यो । झण्डै २ घण्टा अस्पतालमै उहाँको पार्थीव शरीरमा अन्तिम श्रद्धाञ्जली दिन पार्टी नेता तथा शुभ चिन्तकहरु, स्वास्थ्यकर्मी सबैको उपस्थिति रहयो । उहाँको निधनको २ घण्टा पछि ने.क.पा. (एकिकृत समाजवादी) पार्टीको केन्द्रिय कार्यालयमा श्रद्धाञ्जली सभाको आयोजना गरेको थियो । पार्टीको केन्द्रिय कार्यालयमा लामो समय सम्म अन्तिम श्रद्धाञ्जली दिनेहरुको भिड लागेको थियो । 
    उहाँको पार्थीव शरीरलाई अन्तिम श्रद्धाञ्जली दिन पार्टी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल पशुपति आर्यघाट पुग्नु भएको थियो भने पार्टीका सम्मानित नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनाल, सभामुख देवराज घिमिरे, पार्टीका वरिष्ठ नेताहरु राजेन्द्र पाण्डे, वेदुराम भुषाल उपाध्यक्ष जयन्ती राई, माहासचिव घनश्याम भुषाल, उपाध्यक्ष प्रकाश ज्वाला, पार्टी केन्द्रीय सचिव सावित्रा भुषाल, स्थायी कमिटी सदस्य रामकुमारी झाक्री, अनुशासन आयोगका अध्यक्ष शिवबहादुर देउजा, पार्टी नेता कृष्णप्रसाद सापकोटा, बागमती प्रदेश संसद तथा पूर्व प्रदेश यातायात मन्त्री लक्ष्मण लम्साल, पूर्व विद्यार्थी नेता यशु लामा, पार्टी केन्द्रीय सदस्य पासाङ डोल्मु तामाङ लगायत पार्टी केन्द्रका नेताहरुको बाक्लो उपस्थिति रहेको थियो । यसै क्रममा पार्टी जिल्ला अध्यक्ष बसुन्धरा हुमागाई, जिल्ला समन्वय समितिका प्रमुख दिपक कुमार गौताम, पार्टी जिल्ला उपाध्यक्ष रघुवर चौप्रधान, सचिव गोकुल गौतम, पार्टी जिल्ला सदस्यहरु, पालिका प्रमुख उप प्रमुख लगायतको बाक्लो उपस्थित रहेको थियो । शवयात्राको क्रममा काभ्रे जिल्लाका विभिन्न भाग र वस्तीहरुबाट सर्वसाधारण, समर्थक र शुभचिन्तकहरुको उपस्थित रहेको थियो ।

सर्वसाधरण र दलिय नेताको उपस्थिति
              कमरेड विदुरको निधन प्रति ने.क.पा. एमालेका उपाध्यक्ष ईश्वर पोखरेलले पनि श्रद्धाञ्जली व्यक्त गर्नु भएको थियो । साथै एमाले नेताहरु केशव बडाल तथा पाटी स्थायी कमिटि सदस्य एवम् बागमती प्रदेश इन्चार्ज डा. राजन भट्टराई, क. भानुभक्त ढकाल, आनन्द पोखरेल, काभ्रे क्षेत्र नं. २ का माननिय सांसद गोकुल बासकोटा, पार्टी केन्द्रिय सदस्यहरु, सरिता न्यौपाने, नविना लामा, रुक्मणी  बराईली, एमाले बागमती प्रदेश कमिटि अध्यक्ष कैलाश ढुङ्गेल, प्रदेश कमिटि उपसचिव भक्त कुमारी लामा, प्रदेश कमिटि सदस्यहरु जेनिस लामा, राकेश लामा, भिम न्यौपाने, रमेश पौडेल, पूर्व माननीय संसद गोमा भुर्तेल, चन्द्र लामा, शिव भुर्तेल एमाले जिल्ला नेताहरु राजन भुर्तेल लगायत जिल्ला नेताहरुको बाक्लो उपस्थिति रहेको थियो भने ने.क.पा. (माओवादी केन्द्र) का नेताहरु, क. सुर्यमान दोङ (लालध्वज) संविधान सभा सदस्यत क. तेज बहादुर मिजार, बागमती प्रदेश संसादरु क. रुकु चौलागाई, माननिय सासंद क. रत्न ढकाल, जिल्ला संयोजक भोला अर्याल, क. बमध्वज लामा लगायतको उपस्थिति रहेको थियो भने नेपाली काँग्रेसका नेताहरु शिव प्रसाद हुमागाई, मधु अचार्य, बागमती प्रदेश संसद कञ्चनचन्द्र बादे, मेहश खरेल, सुन्दरमणी आचार्य, अच्युत पौडेल, दिपक पौडेल, कुमार लामिछाने लगायतको उपस्थिति रहेको थियो भने काभ्रेपलाञ्चोक जिल्लामा सबै भेगहरुको उलेख्य मात्रमा अन्त्यष्टि समारोहमा उपस्थित रहेको थियो । 

गृह जिल्ला र नगरमा श्रद्धाञ्जली सभा
          विदुर सापकोटाको निधनको १३औं पुण्यतिथीका दिन काभ्रे जिल्ला कमिटिले जिल्ला पार्टी कार्यालयमा श्रद्धाञ्जली सभाको आयोजना गरेको थियो । श्रद्धाञ्जली सभामा केन्द्रीय सचिव सावित्रा भुषाल, नेताहरु शिव बहादुर देउजा, कृष्ण प्रसाद सापकोटा, टोक बहादुर वाईवा, लक्ष्मण लम्साल, पाटी जिल्ला अध्यक्ष लगायत एमालेका नेताहरु, नेपाली काँग्रेसका केन्द्रीय तथा जिल्ला नेताहरु, नेकपा माओवादीका जिल्ला स्तरीय नेताहरु, पत्रकार, सामाजिक व्यक्तित्वहरु, परिवारजन तथा आफन्त जनहरुको उपस्थिती रहेको थियो । साथै विदुरको धर्मपत्नी डा. भारति भेटवाल, छोरी विभु लगायतले उहाँ प्रति श्रद्धाञ्जली व्यक्ति गर्दै उहाँले पु¥याउनु भएको योगदान र उहाँको सपनालाई साकार पर्न निरन्तर लागि पर्ने बताउनु भएको थियो भने उहाँको गृहनगर जन्मथलोमा पनि उहाँ प्रति ने.क.पा. एकिकृत समाजवादी मण्डनदेउपुर नगरकमिटिले १५औं दिनको पुण्य तिथिमा श्रद्धाञ्जली सभा आयोजना गरेको थियो । उक्त सभामा पार्टीका केन्द्रिय नेताहरुको सहभागित रहेको थियो भने मण्डनदेउपुर नगरपालिकाका राजनितिक पार्टीका नेताहरु नगर प्रमुख टोक बहादुर वाईवा, उप प्रमुख विश्वमणी नेपाल, शिक्षाविद्, पत्रकार, परिवारजनको उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा बोल्ने अधिकांशले विदुर सापकोटाले समाज विकासमा खेलेको भूमिका बारे प्रकाश पार्नु भएको थियो भने वक्ताहरुले विदुर सापकोटा स्मृति प्रतिष्ठान स्थापना गर्नको लागि आवश्यक पहलकमदी गर्नुपर्ने धारणा राखेको थियो । श्रद्धाञ्जली कार्यक्रममा परिवारको तर्फबाट दाजु अचुत सापकोटा, छोरी विभुले आफ्नो मन्तव्य राख्नु भएको थियो । उहाँको निधन प्रति मण्डनदेउपुर नगरले एक दिन नगरमा सार्वजनिक विदा दिने घोषणा समेत गरेको थियो ।
अन्त्यमा, क.विदुरको अविष्मरणीय योगदानमा आधारित लेख रचनामा सहयोग गर्नुहुने परिवारजन, शुभचिन्तक सबैमा हार्दिक धन्यवाद दिदै क. विदुरको सपना साकार बनाउने अभियानमा निरन्तर लागि परिरहन क. विदुरको जीवनीबाट सबैमा प्रेरणा मिलोस् ।