2025 February 10/ 03:22: 29am

प्रकाश बहादुर कायस्थ, बनेपा

          व्यबसाय गर्ने व्यक्ति ठूलो लगानीकर्ता होस् वा सानो, सफल बन्नको लागि कठीन मेहनतमा लाग्नैपर्ने हुन्छ । बस्तु उत्पादन गर्ने वा उपभोक्तासम्म बस्तु पु-याउने वा सेवा दिने जुनसुकै प्रकारको व्यवसाय भएपनि आफ्ना ग्राहक÷उपभोक्तालाई बिश्वास दिलाउने र सन्तुष्टि दिने दायित्व व्यवसायीको हुन्छ । 
           एकाइसौं शताव्दीमा प्रतिस्पर्धात्मक बजारिकरणले गर्दा आफ्नो व्यवसायलाई व्यवस्थित, सहज रुपमा सञ्चालन गर्न कठीन समय बनेको छ । विश्वव्यापी खुल्ला बजारमा बिदेशी बस्तु र सेवासँग स्वदेशी व्यवसायीले प्रतिस्पर्धा गर्न आफ्ना ग्राहक÷उपभोक्ताको बिश्वास जित्न र सन्तुष्टि दिनु त्यति सहज छैन । नेपाली समाजमा स्वरोजगारको लागि लघु उद्योग सञ्चालन गर्ने वा साना किराना पसल खोल्ने वा होटेल व्यवसायलाई छनोट गर्ने र लगानी गर्ने गर्दछन् । केही मझौला र थोरै मात्र लगानीकर्ताहरुले उद्योग सञ्चालन गर्ने वा अन्य व्यवसाय गर्ने गरेको पाइन्छ । ठूला लगानीकर्ताको रुपमा  बर्षमा आउने भनेकोे औंलामा गन्न सकिने हुन्छ । युवा पुस्ताहरु त बिदेशमा रोजगारीको लागि जाने गर्दछन् । यो भनेको फेसन जस्तै भइसकेको छ ।
          नाफामुखी बजार व्यवस्थाले तत्कालैको समयमा सही वा गलत कुनै किसिमले नाफा लिई हाल्ने परिपाटी हुर्किसकेको छ । यस्तो गलत परिपाटीले नैतिक वा अनैतिक आयआर्जनको मतलब राख्दैन । जब नाफा मात्रको सम्बन्ध रहन्छ त्यतिबेला समाज प्रतिको उत्तरदायित्वको कुनै पनि स्थान रहँदैन । विकसित राष्ट्रहरुमा व्यवसायीहरुको समाजप्रतिको उत्तरदायित्व निश्चित गरिएका हुन्छन् र प्रत्येक व्यवसायीहरुले सामाजिक उत्तरदायित्व बहन गर्नु अनिवार्य नै गरेका हुन्छन् । कुनै पनि अवस्थामा कसैले पनि सामाजिक उत्तरदायित्वलाई बेवास्ता गरेमा र नकारात्मक असर देखिएमा त्यस्ता व्यवसायीको व्यवसायको अनुमति नै खारेज गरी सजाय समेत गर्ने गरिन्छ । यसैकारणले नै बिकसित राष्ट्रहरुमा व्यवसायीहरुप्रति पूर्णरुपमा विस्वास गर्ने गरिन्छ र व्यवसायहरु पनि सफल हुन कठिनाई हुँदैन ।
             नेपालमा पनि व्यवसायीहरुले पालना गर्नुपर्ने सामाजिक उत्तरदायित्वका नियमहरु बनाइएका छन् । देशमा दण्डहिनता बढेको र कानूनलाई पैसामा जोख्ने अवस्थाले व्यवसायीहरुप्रति ग्राहक÷उपभोक्ताहरुको दृष्टिकोण शंकाको घेरामा पर्न थालेका छन् । गुणस्तरिय बस्तु, सेवा प्रदान गर्ने व्यवसायीहरुलाई पनि ग्राहक÷उपभोक्ताहरुले सहज रुपमा विश्वास गर्न सकेका छैनन् । एकपटक बस्तु प्रयोग गरेपछि वा सेवा लिएपछि सन्तुष्टिको आधारमा व्यवसायीहरुप्रति ग्राहक÷उपभोक्ताहरुको मूल्याङ्कन हुन्छ । नाफाको लोभले गर्दा कतिपय व्यवसायीहरुले त नियमित ग्राहक÷उपभोक्तालाई नोक्सान पर्ने काम समेत गर्न थालेको पाइन्छ । यस्तो अवस्थामा ग्राहक÷उपभोक्ताहरुको व्यवसायप्रतिको विश्वास गुम्न गएको अवस्था सृजना भएका छन् । 
             नेपालमा व्यवसायीहरुले ग्राहक÷उपभोक्ताहरुको विश्वास जित्न तथा सन्तुष्टि दिने विषयमा गम्भिर नभएकै कारण बिदेशी बस्तु, सेवासँग प्रतिस्पर्धा गर्न कठीन अवस्था सृजना भएको देखिन्छ । विश्व खुल्ला बजारको लागि सदस्यता प्राप्त गरेको नेपालले व्यवसायीहरुको मूल मन्त्र ग्राहक÷उपभोक्ताहरुको सन्तुष्टि नै व्यवसायीहरुको लक्ष्य बनाउन सकेमा मात्र व्यवसाय सफलताको आधार तयार गर्न सकिन्छ । समयले ग्राहक÷उपभोक्ता र व्यवसायी दुवैको ‘लाभ लाभ सिद्धान्त’ ९ध्क्ष्ल् ध्क्ष्ल् त्जभयचथ० को माग गरिसकेको छ । त्यसैले नै विश्वमा नै ग्राहक÷उपभोक्तालाई सन्तुष्टिबाट लाभ दिएर व्यवसायीको व्यवसाय सफल गर्ने लाभ प्राप्त गर्न सक्ने वातावरण बनिरहेका छन् । यस प्रकृयाबाट व्यवसाय सञ्चालन गर्दा अल्पकालिन अवस्थामा व्यवसायीलाई तत्काल नाफाको अवसर नपाउने हुन सक्छ । ग्राहक÷उपभोक्ताको विस्वास जितेर सन्तुष्टि दिन सकेमा नाफाको अवसरका साथै व्यवसायको दिर्घकालिन स्थायित्व र सफलताको आधार तयार गर्न सकिन्छ । अन्यथा व्यवसायले कमाइसकेको साख समेत गुमाउनु पर्ने हुन्छ । यस्ता उदाहरणहरु थुप्रै पाउन सकिन्छ जस्तै नेपालका गलैंचा, पश्मिना उद्योगहरुको साख गिरेको वा प्रख्यात व्यवसाय धरासायी बनेका छन् । नाफाकै लागि अनैतिक काम गरेको, सामाजिक उत्तरदायित्व बहन नगरेको बिषय सार्वजनिक भएलगत्तै नाम र नाफा थुप्रै कमाएर व्यवसायलाई दिर्घकालिन सफल बनाउन सफल व्यवसाय धरासायी बन्न पुग्यो । ग्राहक÷उपभोक्ताहरुको विश्वास गुमेको छ । यस्ता व्यावसायिक क्षेत्रहरु नीजि मात्र नभएर सरकारी स्वामित्वका पनि परेका छन् । सरकारी स्वामित्वका सार्वजनिक महत्वका अति आवश्यक बस्तु र सेवाहरु पनि सामाजिक उत्तरदायित्वको विषयबाट पन्छिएका विषयहरु सार्वजनिक भइरहेका छन् ।
             सरकारी स्वामित्वका व्यावसायिक प्रतिष्ठानहरु धरासायी भएमा कसैले पनि जिम्मेवारी बहन गर्नुनपर्ने अवस्था छ । त्यसैले ती सरकारी स्वामित्वका व्यावसायिक प्रतिष्ठानहरु ‘जोसँग लट्ठी छ उसकै भैंसी’ भन्ने उखानलाई पछ्याउँदै छन् । तिनीहरुलाई पछ्याउँदै नीजि व्यवसायीहरु पनि लागेपछि ग्राहक÷उपभोक्ताहरुबाट विस्वास गुम्ने स्थिति सृजना हुन पुग्छ । अवको समयमा अत्यन्त सतर्कताका साथ सामाजिक उत्तरदायित्वका विषयमा व्यवसायीहरु सचेत रहनै पर्छ । खुल्ला विश्व बजारको प्रतिस्पर्धामा व्यवसाय सफल गर्ने मूल आधार नै ग्राहक÷उपभोक्ताहरुको विश्वास र उनीहरुको सन्तुष्टि भएको छ । उद्योगी व्यवसायीहरुले स्विकार गरे वा नगरेपनि कटुसत्य भनेको यही नै हो र समयले खबरदारी पनि यसरी नै गरिरहेको छ ।