“सहकारी संयुक्त स्वामित्व र प्रजातान्त्रिक नियन्त्रणमा रहने उद्यमको माध्यमबाट आफ्ना साझा आर्थिक, सामाजिक तथा सांस्कृतिक आवश्यकता एवं आकांक्षाको अभिप्राप्तिका लागि स्वेच्छाले एकताबद्ध व्यक्तिहरुको स्वायत्त संगठन हो” भनेर सन् १९९५ मा अन्तर्राष्ट्रिय सहकारी महासंघले परिभाषित गरेको छ । सहकारी संस्थाका स्थापना जुनसुकै उद्देश्य लिएर गरेको भएतापनि सदस्यहरु बिचको बचत संकलन तथा ऋण प्रबाहका कृयाकलापलाई प्रमुखता दिइरहेका र सहकारीका सदस्यहरुमा मुनाफा र लाभांशका बिषयमा मात्र बढी ध्यान केन्द्रित रहेको अवस्था नेपालमा देखिएका छन् ।
समान आवश्यकता र क्षमता भएका व्यक्तिहरु आपसमा मिलेर सामुहिक हितका लागि आफैद्वारा आफ्नै आर्थिक, सामाजिक एवं संस्कृति उन्नति गर्न गरिने व्यवसाय नै सहकारी हो भन्ने सहकारीताको अवधारणा रहेको छ । सहकारीको मूल मन्त्र ‘एकका लागि सबै र सबैका लागि एक’ रहेर सहकारी जिविकोपार्जन गर्ने, गरिबी निवारण गर्ने, लोककल्याणकारी समाजको सृजना अभिबृद्धि गर्ने र सामूहिक हित अभिबृद्धि गर्ने एउटा उत्तम प्रणालीको रुपमा रहने गरी सहकारीको आधुनिक परिभाषा बिकसित भएको छ । सामूहिक हित अभिबृद्धि गर्ने एउटा उत्तम प्रणाली भएकोले सहकारी संस्थाका केही सामाजिक उत्तरदायित्व पनि रहेका छन् ।
सहकारीको चौथो सिद्धान्तमा संस्थाले समाजप्रतिको दायित्व र राष्ट्रको हितलाई पनि हेनुपर्ने र सातौं सिद्धान्तमा समुदायप्रति चासो विषय रहेको छ । संस्थाले समुदायको दिगो विकासका लागि काम गर्नुृपर्ने, नीति नियम बनाई लागू गर्नुपर्ने, शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, रोजगारी, वातावरण संरक्षण तथा जनसंख्या नियन्त्रण जस्ता क्षेत्रमा समुदायको हितको लागि काम गर्नुपर्ने, समाजको समग्र पक्ष (आर्थिक, सामाजिक, सांस्कृतिक आदि) को विकास सहकारी मार्फत गर्न बढी उपयुक्त हुने, समाजको लागि अहितकर काम गर्न नहुने भएकोले सहकारी संस्थाले मुनाफा कमाउने र लाभांश बितरण गर्ने मात्र नभई समुदायप्रतिको आफ्नो दायित्व पनि पूरा गर्नुपर्ने हुन्छ । त्यसैले जुनसुकै समय र स्थानका वासिन्दाका लागि सहकारी उत्तिकै उपयोगी (व्यापकता) हुनुपर्छ भन्ने पनि सहकारी सिद्धान्तको विशेषता रहेको छ ।
समाजका सदस्यहरुद्वारा नै सहकारी संस्था स्थापना गरिने भएकोले संस्था समाजको अभिन्न अर्को रुपमा रहेको हुन्छ । सहकारी संस्थाले आफ्ना सदस्यहरुको साथसाथै गैरसदस्यहरु तथा समुदायको पनि विचार गरी हित प्रबद्र्धन गर्नेगरी अरुको हेरचाह ९ऋबचष्लन ायच यतजभचक० गर्नुपर्ने, सामाजिक उत्तरदायित्व बहन गर्नुपर्ने र जिम्मेवारीको पूर्ण पालना गर्नुपर्ने भएकाले सामाजिक उत्तरदायित्वका ती कार्यहरु सहकारी संस्थाका नैतिक मूल्य मान्यता भित्र पर्दछन् । सहकारी संस्थाहरुमा सामाजिक उत्तरदायित्वको रुपमा स्वास्थ्य सेवालाई बिशेष रुपमा हेर्ने गरिन्छ । नेपालमा विभिन्न उद्देश्य लिएका सहकारीहरुले आफ्ना सदस्यहरु तथा गैह्रसदस्यहरुलाई समेत कसरी स्वास्थ्य सेवा दिइरहेका छन् त्यसअनुसार नै सहकारीको समाजप्रतिको दायित्व बहन गरे नगरेको मूल्याङ्कन गर्ने गरिन्छ ।
विभिन्न सहकारी संस्थाहरुले आ–आफ्नो सदस्य संख्या, क्षेत्र, उद्देश्य र आर्थिक स्थिति अनुसार स्वास्थ्य सेवामा सुविधाहरु दिईरहेका छन् । सबै किसिमका सहकारीहरुमा स्वास्थ्य सुबिधाहरु बढाउँदै लाने क्रम बढ्दो छ । यो सकारात्मक पक्ष मान्नु पर्दछ । बिशेषतः बचत तथा ऋण सहकारी संस्थाहरुको बचत तथा ऋण प्रवाह बढी हुने र आम्दानी पनि बढी नै हुने भएकोले आफ्ना सदस्यहरुका लागि स्वास्थ्य क्षेत्रमा कार्यक्रमहरु बढाउँदै लानु स्वाभाविक पनि हो । प्रत्येक सदस्यको आपसी सहयोगमा संस्थाका सदस्यहरुको अप्ठेरा अबस्थालाई निवारण गर्न सकिन्छ भनेर नै ‘एकका लागि सबै, सबैका लागि एक’ भन्ने अबधारणा महत्वपूर्ण भएको हो । केही सहकारीहरुले सदस्यहरुको सहयोगमा जटिल रोगका लागि स्वास्थ्य सहयोग कोष नै खडा गरेको पनि पाइन्छ । यसको उदाहरण बिन्धबासिनी साकोसलाई लिन सकिन्छ ।
शेयर सदस्यहरुले आफ्ना पारिवारिक स्थिति अनुसार विभिन्न चाहना, इच्छा लिएका हुन्छन् । जे–जस्तो लक्ष्य लिएको भएता पनि शारीरिक रूपमा स्वस्थता र मानसिक रूपमा तन्दुरूस्त भएमा मात्र आफ्नो लक्ष्य र गन्तव्यमा पुग्न सकिने हुन्छ । कतिपय अवस्थामा मानिसको शारीरिक मानसिक स्वस्थताको लागि उपचारको पनि आवश्यकता पर्ने हुन्छ । मानिसलाई कुनै पनि रोग लागेपछि रोग पत्ता लगाउनु र उपचार गरी निदान गर्नु (निको पार्नु) प्रमुख काममा पर्छ । रोगबाट मुक्त नभई कुनै पनि अरू काम गर्न सकिंदैन ।
वर्तमान समयमा स्वस्थताका लागि उपचारको विधि, उचित खानपान र पौष्टिक तत्वको विषय र रोगको उपचारको लागि आधुनिक चिकित्सा (एलोपेथि) विधिका साथै बैकल्पिक उपचार विधिहरू प्राकृतिक उपचार, आयुर्वेदिक, अकुपञ्चर, अकुप्रेशर, फिजियोथेरापि, रेकी लगायत विश्वका अधिकांश देशहरूमा प्रचलनमा रहेका बिधिहरु पनि जानकारी हुनु आबश्यक भैसकेको छ ।
विश्वमा परम्परागत बैकल्पिक उपचार पद्धती भन्दापनि आधुनिक चिकित्सा प्रणाली बढी प्रचलनमा छ । रोग उपचारका लागि अहिले विकसित भएको अवधारणामा एउटा मात्र विधिले रोग निको पार्न कठिन हुन थालेको, औषधि र अपरेशनले मात्र रोग निको नभएको गुनासो सबैजसो ठाउँबाट आइरहेका भनाईहरू हुन् । त्यसैले मानिसले आफ्नो शरीर र मानसिक स्वस्थताको लागि आधुनिक चिकित्साको सँगसँगै बैकल्पिक उपचार रेकी, आयुर्वेद लगायत योग, ध्यान, प्राणायामलाई पनि प्रयोग गर्नु समयले मागेको विधिको रूपमा स्विकार्न थालेका छन् । यस्तो विधिलाई होलिस्टिक एप्रोचको रूपमा लिन थालेको छ । अहिलेको आवश्यकता पनि यहि हो ।
शिक्षित वा अशिक्षित नेपाली नागरीकहरु औषधि प्रयोग गर्नमा एकपाइला अगाडी छन् । आफ्नो नाम लेख्न र भन्न नजान्नेहरु समेत औषधि पसलमा गएर बु्रफेन ट्याब्लेट वा एन्टिबायोटिक क्याप्सुल माग गरि किन्ने र खाने गर्न जानेका छन् । औषधिको मात्रा नपुग्नेगरि खाने गरेको पनि पाइन्छ जुन गलत व्यवहार हो । बिरामीका प्रतिनिधि औषधि पसलमा गएर ‘मेरा फलाना यस्तो रोग लाग्यो, छिट्टै निको हुने औषधि चाहियो’ भनेर बिरामी नजँचाई औषधि किनेर लाने बानी सबैमा पाइन्छ । स्वास्थ्य क्षेत्रका विद्यार्थी समेतले औषधि दुरुपयोग गर्नेगरेको पाइएको छ । औषधि दुरुपयोगबाट पर्ने साइड इफेक्ट, थाहा पाइ–नपाई त्यसबाट देखिने गलत परिणाम र अनिच्छित रोगबाट मुक्तहुन पछिमात्र आतुर बन्ने गरिन्छ ।
मानिसलाई लागेको रोग निको पार्न एउटामात्र विधिले उपचार गर्न सजिलो अवस्था अहिले रहेन । मानिसको रोग प्रतिरोध क्षमता (इम्युनिटी पावर) ह्रास भइसकेको छ । कुरा अझ जटिल भइसकेको छ । रोग प्रतिरोध क्षमताको ह्रास भएको मात्र नभई विभिन्न प्रतिकूल स्थिति र दूषित अवस्थालाई सहन गर्न सकिने क्षमता रेसिस्टिङ्ग पावर समेत ह्रास भइसकेको छ । अझ नाफाकै लागि र पैसा कमाउनैका लागि कम गुणस्तरका र नक्कली औषधि बजारमा छ्याप्छ्याप्ती बिक्रीमा छन् । ती गुणस्तरहीन र नक्कली औषधिले रोग निको गर्न मद्दत त गर्दैन नै त्यसले अर्कै रोग निम्ताउने अवस्था समेत सृजना भएको छ । त्यसैले एउटा मात्र विधिले रोगको उपचार गर्ने स्थितिबाट कठिन हुन थालेको छ । यी कुराहरु सर्वसाधारणसम्म पुग्न सकेको छैन । हामीले मानौं या नमानौं यी सबै भनेको मानिसको गलत व्यवहार र खानपानका कारण सिर्जित परिणाम हुन् ।
पौराणिक युगमा, ऐतिहासिक युगमा बैकल्पिक उपचारनै मानिसको लागि सम्पूर्ण थियो । आधुनिक युगमा देखिएका रोगहरुको उपचार गर्न ती उपचार विधिहरु मात्रले सम्भव भएन र त नयाँ नयाँ विधिहरु पनि आविष्कार भएका छन् जसलाई संसारभरीमा स्विकार गरेका र प्रयोगमा ल्याइएका छन् । मानिसको अविबेकीपना, गलत ब्यबहार, नाफाकालागि मात्र गरिने गलत कृयाकलापका कारण दिनपरदिन नयाँ–नयाँ रोगहरु देखिएका छन् । ती रोगहरु निदानका लागि संसारभरी नै सयौंं बैज्ञानिकहरु प्रयासरत छन् । नयाँ रोगहरुको उपचारका लागि नयाँ परीक्षण विधि, नयाँ औषधि पत्ता लगाउन अनुसन्धानमा जुटिरहेका छन् । मानवीय हितका लागि जति बैज्ञानिकहरु लगनशिल छन् त्यसभन्दा लाखौं गुणा बढी दुरुपयोगको लागि मौका पर्खिरहनेहरु पनि छन् । तथापि मानवीय हितको लागि सिर्जित आविष्कारका सृजनाहरु, उपचारका विधिहरु, नयाँ परीक्षण विधिहरु, नयाँ औषधिहरु दिनदिनै उपलव्ध भइरहेका छन् ।
विभिन्न उपायहरुका लागि प्रयासहरु भइरहँदा पनि अनुपयुक्त तरिकाले उपचार गरिने भएकोले अहिलेको समयमा आधुनिक चिकित्सा पद्दतिमात्र प्रयाप्त छैन भनेर नै वैकल्पिक उपचार पद्दति र समग्र (होलिस्टिक) उपचार बिधिबारे चर्चा गरिएको हो । सामान्य रोगहरुमा हाम्रा भान्छामा पाइने बस्तुहरुबाट नै उपचार हुन सकिन्छ भन्ने जानकारी समेत लिएका हुँदैनन् अथवा विश्वास गर्दैनन् । कतिपय रोगहरुमा बैकल्पिक उपायहरुसँगै सामान्य चिकित्सा पद्दतिबाट रोग निको हुनसकिने भएतापनि पैसा कमाउनैको लागि थुप्रै औषधि दिने वा अपरेशन नै गर्नुपर्ने बाध्यात्मक स्थिति विरामीलाई तेर्साइएका विवरणहरु बेलाबेलामा समाचारमा सुन्नमा आउँछन् । त्यसैले आधुनिक चिकित्साको मद्दतले रोग पत्ता लगाएर बैकल्पिक उपचार बिधि पनि सँगसँगै उपयोग गरेमा छिट्टै रोग निको गर्न सकिन्छ भन्ने विषयमा ध्यान दिनु आवश्यक भएको छ ।
मानिसलाई रोग किन लाग्छ त ? यसको उत्तर विभिन्न किसिमले आउन सक्छन् । सहकारीका शेयर सदस्यहरुमा स्वास्थ्य सम्बन्धि जानकारी नभएर वा सामान्य किसिमका स्वास्थ्यका ब्याबहारिक पक्षहरु थाहा नभएर पनि अनावश्यक साना तथा जटिल रोगहरुको सामना गर्नुपर्ने अबस्था आउँछ । रोगको उपचार क्रममा आर्थिक मद्दत पु¥याउने कार्यक्रमहरु विभिन्न होलान् तापनि ती बिषयहरुमा जानकारी दिन सचेतना तालिम कार्यक्रम, समयानुकूल स्वास्थ्य परीक्षण शिविर सञ्चालन, रक्तदान कार्यक्रम आदि सञ्चालन गर्नुपर्ने हुन्छ ।
कुनैपनि रोग भनेको सानो र सामान्य हुँदैन । रोगले शरीरका अङ्गहरूलाई नकारात्मक असर पार्ने र रोग लागेको अङ्गलाई बिगार्ने भएकोले समयमा नै उपचार गरी रोग निको पार्नु अति आवश्यक हुन्छ । शारीरिक रोग लागेपछि मानसिक रूपमा पनि तनाव रहन्छ । त्यसैले शारीरिक रोग लागेको व्यक्ति मानसिक रूपमा पनि अस्वस्थ रहन्छ । तत्कालीन अवस्थामा उपचारको उपयोगबाट मात्र शारीरिक र मानसिक दुवै रोगबाट मुक्त हुन सकिन्छ । रोगको उपचार गर्नु भन्दा रोग नै लाग्न नदिनु बेस भन्ने भनाई सबै सदस्यहरुमा सम्झाईरहनुपर्ने स्थिति अहिले सिर्जना भएको छ । यी सामान्य जानकारी मात्र दिएर पनि आफ्ना सदस्यहरुको स्वास्थ्य उपचारमा लाग्ने खर्चमा न्यूनिकरण गर्न महत्वपूर्ण भूमिका रहन्छ । त्यसैले सहकारी सदस्यहरुको आर्थिक सबलिकरणका कार्यहरु सँगसँगै सामाजिक दायित्व मध्य पहिलो प्राथमिकतामा सचेतना कार्यक्रमलाई राख्नु अति आबश्यक पनि भैसकेको छ र कार्यक्रम सञ्चालन गरी सहकारीको आफ्नो जिम्मेवारी बहन पनि गरेको प्रमाणित हुनेछ ।
(लेखक बिन्धबासिनी साकोसका, सञ्चालक समिति सदस्य, तथा प्रसन्न सुस्वास्थ्य परामर्श सेवा केन्द्रका प्रमुख हुनुहुन्छ ।)