देशभर विभिन्न अपराधका घटनाहरुको संख्या बढेको छ । काभ्रेपलाञ्चोक जिल्लामा पनि अपराधका घटनामा बृद्धि भएको छ । आर्थिक वर्ष २०७८/०७९ मा ४ सय ३६ वटा अपारध सम्वन्धि मुद्दा दर्ता भएको जिल्लामा २०७९/०८० मा ५ सय ४४ वटा र आर्थिक वर्ष २०८०/०८१ मा ७ सय ५ वटा मुद्दा दर्ता भए । विभिन्न कारण जिल्लामा एक वर्ष अवधिमा २ सय ३९ जनाले ज्यान गुमाए । बहुविवाह, बोक्सी आरोप लगायतका घटनामा उजुरी नै दर्ता भएनन् । आत्महत्या गर्नेहरुको संख्यामा उल्लेख्य बृद्धि भयो । १ सय ३५ जनाले आत्महत्या गरेको जिल्लाको तथ्यांक छ । प्रहरी र समुदायलाई टाउको दुखाईको विषय बनिरहेको पछिल्लो अपराध आत्महत्या हो । मर्नेहरुको संख्या १ सय ३५ भईरहँदा मर्न प्रयास गरेर बाँचिरहेकाहरुको संख्या त्यो भन्दा दोब्बर छ । दोश्रो अपराध जर्बजस्ती करणी सम्बन्धि छ । जिल्लामा एक वर्षको अवधिमा ४८ वटा जर्वजस्ती करणी र जर्बजस्ती करणी उद्योग ३, बाल यौन दुराचार १३ वटा भएका छन् । बैकिङ्ग कसुर १ सय ३८, लागु औषधमा ४० पक्राउ, चोरीका घटना ५५ वटा भएका छन् ।
अपराधको ग्राफ बढिरहेको तथ्यांकले देखाएको छ । त्रिवर्षीय मुद्दा दर्ता र अपराधको अवस्था सार्वजनिक गर्दै काभ्रेपलाञ्चोक जिल्लामा बढ्दो शहरीकरण लगायत विविध कारणबाट अपराधका घटनामा बृद्धि भएको छ । जिल्लामा आर्थिक वर्ष २०८०÷०८१ मा कर्तब्य ज्यानमा ११, भवितब्य ज्यानमा ३३, कारण नखुलेको ज्यानमा ६०, हामफाली २ र आत्महत्या १ सय ३५ गरी २ सय ३९ जनाले ज्यान गुमाएका छन् । आत्महत्यामा झुण्डेर आत्महत्या गर्नेको संख्या १ सय ५ छ भने विष सेवन गरेर मृत्यु हुनेको संख्या २८ छ । जसमा अधिकांश युवा अवस्थाका छन् । बालबालिका देखि जेष्ठ नागरिकसम्म आत्महत्या गर्नेहरु छन् । आर्थिक वर्ष २०७८÷०७९ मा ४ सय ३६ वटा मुद्दा दर्ता भएका थिए । २०७९÷०८० मा ५ सय ४४ वटा मुद्दा दर्ता भए । आर्थिक वर्ष २०८०÷०८१ मा ७ सय ५ वटा मुद्दा दर्ता भए । प्रहरीको कडा निगरानी, नियमित गस्ति तथा प्रभावकारी शान्ति सुरक्षाका बावजुत पनि समाजमा विभिन्न प्रकारका अपराधहरु भईरहेका छन् । कर्तब्य ज्यानमा ११ वटा मुद्दा दर्ता भएको छ । अघिल्ला दुई वर्षको तुलनामा झन्डै यो संख्या दोब्बर हो । अभद्र ब्यवहारमा भने मुद्दा दर्ता गर्ने क्रम घटेको छ । क्रमशः ८२ वटा बाट ७४ हुँदै ७० मा झरेको छ । सवारी अंगभङ्ग पनि कम भएको छ । आर्थिक वर्ष अनुसार क्रमशः १०, ७ हुँदै ४ मा झरेको छ । अघिल्ला दुई वर्ष क्रमश ७ र ५ वटा मुद्दा दर्ता भएकोमा पछिल्लो वर्ष बहुविवाह शुन्य भएको छ ।
आत्महत्याको संख्यामा उल्लेख्य बृद्धि भएको छ । १ सय १२ जनाले आत्महत्या गरेकोमा पछिल्लो वर्ष ९० जनाले आत्महत्या गरेका थिए । गत आर्थिक वर्षमा यो संख्या बढेर १ सय ३५ पुगेको छ । झुण्डिएर, विष सेवन गरेर तथा हाम फालेर पनि ब्यक्तिहरुको निधन भएको छ । कारण नखुलेको मृत्यु संख्या पनि बढेको छ । क्रमशः ३६, ५३ र ६० पुगेको छ । जर्बजस्ति करणी उद्योग र जर्बजस्ती करणीमा पनि मुद्दा संख्या बढेका छन् । उद्योगमा ३, १ र ३ रहेको छ भने जर्बजस्ती करणीमा २९, ३७ र ४८ पुगेको छ । बाल यौन दुराचार, दुब्र्यवहार, दुरुपयोग, बाल मिज्याईमा १३ वटा मुद्दा दर्ता भएका छन् । अघिल्ला दुई वर्षमा क्रमशः ३ र १० वटा मुद्दा दर्ता भएका थिए । अपराधका संख्यामा बृद्धि हुनुको कारण समयमै पहिचान र पहिचान भएकाहरुको हकमा कम गर्न राज्यका सबै निकायहरुले गर्नु पर्ने भूमिकाका बारेमा सचेतना जगाउनु आवश्यक छ । बेरोजगारको संख्या बढिरहेको छ । वित्तिय अवस्था कमजोर भएको छ । वित्तिय अवस्था कमजोर भएका कारण बढेका अपराध पनि धेरै छन् । तर पनि राज्यका निकायहरु यसलाई कम गर्न सबै क्षेत्र सक्रिय हुनु आवश्यक छ ।





