आजकाल लागु औषध प्रयोगकर्ताहरुको कारण घर घरमा संकट निम्त्याएको छ। प्रहरीको पछिल्लो तथ्यांक अनुसार लागु औषध सेवनकर्ताहरुले समुदाय र राष्ट्रमै पारेको प्रभावको समयमै अध्ययन र अनुसन्धान गरेर रोक्न सकिएन भने भविष्यका कर्णधार युवा र बालबालिकाहरु संकटमा पर्नेछन्। लागु औषध प्रयोगकर्ताहरु मध्ये धेरै युवा र विद्यार्थी छन्। ओसारपसारमा पनि उनिहरुकै सहभागिता धेरै देखिएको छ। तर पनि विद्यालय तहबाटै यसको रोकथाम, नियन्त्रण र ब्यवस्थापन जरुरी छ। राज्यका हरेक निकायले यसबारेमा चासो मात्रै विशेष कार्यक्रम संचालन गर्नु जरुरी छ।
लागु औषध प्रयोगकर्ताहरुको संख्या देशब्यापी बढेको छ। काभ्रे जिल्लामा आर्थिक वर्ष २०७७÷०७८ मा भाद्र, मंसिर, पुष, माघ, फागुन, चैत्र, जेठ महिनामा लागु औषध प्रयोगकर्ताहरुलाई पक्राउ गरिएको थियो। ९ वटा मुद्दा एक वर्षमा दर्ता भएको प्रहरीले जानकारी दिएको छ। ९ वटा मुद्दामा १६ वर्ष देखि २५ वर्षसम्मका ९ जना ब्यक्ति संलग्न छन्। २६ वर्ष देखि ३५ वर्षसम्मका ४ जना, ६० वर्ष माथिका १ जना गरी १४ जना पक्राउ परेका छन्। पक्राउ परेका मध्ये कृषि पेशामा संलग्न एक जना, ज्यामी मजदुरी गर्ने ५ जना, चालक १ जना, गृहिणी १, विद्यार्थी ६ जना रहेका छन्। अभिभावक, सरोकारवाला निकायको चासो पनि विद्यार्थीहरु लागु औषधको प्रयोगमा संलग्न भए भन्ने छ। तथ्याङ्कले पनि लागु औषधको प्रयोग तथा ओसारपसारमा विद्यार्थीहरु धेरै संलग्न रहेको खुलेको छ। ब्यापार गर्ने उद्देश्यले २ जना पक्राउ परेका थिए भने दुब्र्यसनमा लाग्ने उद्देश्यले ७ जना पक्राउ परेका थिए। यसले पनि के देखाउँछ भने लागु औषध प्रयोग गर्ने र ओसार पसार गर्नेहरुको संख्या अधिक छ।
बढ्दो शहरीकरण र प्रविधिको दुरुपयोग, ब्यक्तिको ब्यस्तताका कारण सन्तानले अभिभावकहरुलाई ध्यान नसक्दा लागु औषध प्रयोगकर्ताको संख्या बढेको छ। पतञ्जली योग समिति बागमती प्रदेशले केहि दिन अघि लागु औषधको न्यूनीकरण, मुटु तथा उच्चरोगका विरामीहरुको संख्या घटाउन समाजमा जनचेतना फैलाउनु पर्ने निश्कर्ष निकाल्दै शिविर आयोजना गरेको थियो। समाजका हरेक निकायहरु यो अभियानमा संलग्न नहुने हो भने ब्यक्ति ब्यक्ति हुँदै राष्ट्रलाई नै थप संकट पु-याउने तर्फ सचेत हुनु जरुरी छ।





