पाँचखाल/पाँचखाल नगरपालिका वडा नम्बर ५ मा रहेको महालक्ष्मी फर्निचर उद्यागोगमा शुक्रबार राती शुक्रबार आगलागी हुँदा करिब १ करोड बराबरको क्षति भएको छ ।
आगलागी भएको थाहा भए सँगै स्थानीयबासी, प्रहरी, सशत्र प्रहरी जनप्रतिनिधिको सहयोगमा आगो नियन्त्रणमा आएको थियो । फर्निचरका प्रोपाईटर देवराज विकका अनुसार परिवार बाहिर गएका समयमा आगलागी भएको बताउनु भयो । आगलागीको कारण पत्ता नलागेको र अनुसन्धान भैईरहेको प्रहरीले जानकारी दिएको छ ।





