हिन्दू धर्माबलम्बीहरुको महान् चाड विजयादशमी शुरु भएको छ। सरकारले विजयादशमीका १५ दिनको तालिका सहित घटस्थापना देखि पूणर््िामासम्मको साईतहरु सार्वजनिक गरेको छ। बडादशैंको शुभ साईतमा देशका विभिन्न स्थानहरुमा बलि सहितको पूजा तालिका सार्वजनिक भएको छ। हरेक नेपालीहरु दशैं आए लगत्तै स्वदेशमा भए पनि घर पुग्ने र विदेशमा भए पनि घर फर्कने चलन छ। लामो समय देखि काम विशेषले बाहिर रहेका नागरिकहरु घर फर्कने, जेष्ठ नागरिकहरुको आशिर्वाद लिने गरिन्छ। नयाँ नयाँ सामान खरिद गर्ने वा बर्षभरीको योजना निर्माण गर्ने पनि वडा दशैंको अवसरमा गरिन्छ। दशैं खुशी, सुखी र समृद्ध ल्याउने चाड हो। आपूmसँग भएर मात्रै भन्दा पनि जसरी पनि दशैंलाई आवश्यक छ भन्ने योजना सहित तयारी गरिने विशेष चाड हो। आज घटस्थापना विविध तयारीका साथ पूजा शुरु गरिन्छ। नवरात्ररम्भ भएको दिनको रुपमा आजको दिनलाई लिईन्छ। विहान ११. ४६ मा घटस्थापनाको साईत निकालिएको छ। चोखो माटो, जौ लगायतका सामाग्री तयार गरी राखिएका जमरा दशमीको लिन लगाईन्छ। जमारा र टिका लगाउँदा प्राकृतिक, धार्मिक र सांस्कृतिक रुपले पनि राम्रो मानिन्छ। पछिल्लो समय जमाराको त जुस बनाएरै पिउने गरिएको छ। जसका कारण सुगर, प्रेसर जस्ता रोगहरु कम हुने विश्वास छ।
नेपालमा झण्डा फेर्ने साईतका रुपमा लिईन्छ घटस्थापनाको भोलिपल्ट विहान ११. ५६ बजेको समयमा पश्चिम मोहडा पारेर नेपालको भईरहेको पुरानो झण्डा नयाँ राख्ने साईत छ। नवरात्रभर हरेक दिन नियमित पूजा गरिने छ। यो वर्ष असोज २५ गते सोमबार पचलीभैरवमा यात्रा गरिनेछ। असोज २६ गते फुलपाती पुजा गरिनेछ। फुलपाती साईत विहान ७. ११ बजे छ। त्यसबेला फुलपाती बढाई गरिनेछ। महाअष्टमी, महानवमी पूजा पछि विजया दशमी असोज २९ गते शुक्रबार विहान ८. १९ बजे देवि विर्सजन गरिनेछ। विहान १० बजेर २ मिनेटमा विजयादशमीको टिका साईत रहेको छ। कार्तिक २ गते कोजाग्रत पूर्णिमा ब्रत बसेर दशैं विदा गरिनेछ। टिका पछिका पाँच दिन आफन्तहरुकोमा आर्शिवाद लिन जाने चलन छ। हरेक वर्ष मनाईने दशैं उत्साह मात्रै नभई आर्थिक हिसाबले पनि सबल र सशक्त मानिन्छ। अरुबेला सामान खरिद नगर्ने ब्यक्ति पनि दशैंको बेला खरिद गर्छ।
नवरात्रको पहिलो दिन आश्विन शुक्लको प्रतिपदा तिथीलाई घटस्थापना भनिन्छ। आजको दिन घट (कलश) स्थापना गरी सम्पूर्ण देवीदेवताको आह्वान गरिन्छ। आजको दिन बिहानै उठी आत्मशुद्धि गरी नदीकिनार वा चोखो ठाउँको बालुवा÷माटो ल्याएर विशेष गरी जौको जमरा राख्ने चलन छ। जौलाई देवकार्यमा अत्यावश्यक वस्तु मानिन्छ। साथै भगवती जगज्जननीलाई अत्यन्तै मन पर्ने भएकाले उनलाई खुसी पार्न पनि जमरा राख्ने चलन चलेको हो। जमरासँगै माटाको वा अन्य धातुको जलपूर्ण घडा (कलश) थापी वरीपरी नौवटी देवीको प्रतिमूर्ति मानी गाईको गोबरले नौवटा उच्च आसन बनाई लेपन गरिन्छ र घडा वरिपरि जौ रोपिन्छ। नवरात्रभर प्रत्येक दिन दुर्गा सप्तशती या चण्डीपाठ, सकेसम्म प्रत्येक दिन १०८ हवन र कन्याको पूजा गर्नुपर्ने देवीभागवतमा उल्लेख छ। भएको भन्दा धेरै ऋण गरेर दशैं नमनाउ। गच्छे अनुसार मज्जा लिउँ। चाडपर्व मनाउनेले पनि नमनाउनेहरुलाई सम्मान गरौं। नमनाउनेहरुले पनि सम्मान गरौं। सबै नेपालीहरु बीचको भातृत्व, मातृत्वलाई कायम राख्नु पर्छ। सम्पूर्णमा बडा दशैंको शुभकामना।





