कृषिमा ब्यवसायीक क्रान्ति आवश्यक देखिएको छ। सरकारले विभिन्न कार्यक्रम मार्फत ब्यवसायीकरण, आधुनिकिरण, यान्त्रिकरण र औधोगिकरणको यात्रा शुरु गरे पनि ठगी खाने प्रवृत्ति हटन नसक्दा निरन्तर कृषिमा संलग्नहरुको मन चरक्क भएको छ। निर्यात भन्दा आयात बढेको अवस्था छ। यस्तो अवस्थामा कृषि क्षेत्रमा युवाहरुको आर्कषणलाई केवल सरकारी अनुदान प्राप्त गर्ने माध्यम भन्दा पनि उत्पादनमुखी र ब्यवसायीक बनाउनु जरुरी छ। कृषि ज्ञान केन्द्रले प्रदेश र संघ सरकार मार्फत स्थानीय सरकारको अगुवाईमा तयारी गरिएका सबै फर्महरु ब्यवसायीक हुनु आवश्यक छ।
कृषि क्षेत्रको ब्यवसायीकरण, आधुनिकिरण, यान्त्रीकरण र औद्योगिकरण गरी उत्पादनमा जोड दिने सरकारको लक्ष्य कृषक वर्गमा पुग्न सकेको छैन। यान्त्रिकरणमा डुब्लिकेशन गरेको, दुरुपयोगमा सहयोग गरेको, पहुँचवालाहरुलाई मात्रै यान्त्रिकरणमा सहभागी गराई वास्तविक कृषकहरुले लाभ प्राप्त गर्न नसकेको गुनासोलाई तीन तहकै सरकारले सम्बोधन गर्न सकेका छैनन्। कृषकहरुकै खेतबारीसम्म अनुदान पुग्ने गरी नीतिमै शंशोधन गर्न सुुझाव दिए पनि कार्यान्वयन हुन सकेको छैन। कृषि क्षेत्रको व्यवायिकरण, आधुनिकीकरण, यान्त्रीकरण र औद्योगिकीकरण गरि उत्पादनमा जोड दिने गरी कार्यक्रमहरु छनौट गरिएको भए पनि ति कार्यक्रमको प्रभावकारीता र ब्यवसायीकतामा संकट देखिएको छ। सबै नागरिकको खाद्य सुरक्षाको प्रत्याभुति गर्ने, कोही भोकै पर्दैन, भोकले कोही मर्दैन भन्ने प्रतिबद्धता पूरा गर्न सबै तहका सरकारबीच सहकार्य गरी बहुआयमिक कृषि उत्पादनमा जोड दिने कार्यक्रम प्रदेश सरकारको रहे पनि स्थानीय सरकारसँग समन्वय छैन। त्यसका लागि मोडल फार्म विकास तथा विस्तार कार्यक्रमले पनौती नगरपालिकमा च्याउ, नमोबुद्ध नगरपालिका पुष्प, चौरीदेउराली गाउँपालिकामा ड्रागन फ्रुटमा कृषिजन्य उत्पादनको गुणस्तरमा सुधार गर्दै उत्पादन र उत्पादकत्वमा बृद्धि गरि व्यवसायिकरणमा टेवा पु¥याउने तयारी गरिएको छ। जिल्लाको १३ वटै स्थानीय तहमा कुनै न कुनै प्रकारका खेतीलाई ब्यवसायिकरण गर्ने योजना अनुसार कार्यक्रम तय गरिएको छ। खाद्यान्नमा आत्मानिर्भर बनाउने, स्थानीय तहलाई खाद्यान्न आत्मनिर्भर बनाउदै आत्मनिर्भर स्थानिय तह घोषणा गर्ने, कृषि भुमिको चक्लाबन्दी र एकीकरण गरि खाद्यान्न, तरकारी, नगदे बाली, फलफूल जस्ता कृषि उत्पादनको विशिष्टिकृत उत्पादन क्षेत्र निर्धारण गर्ने, बाझिदै गएको खेतियोग्य जमिनलाई कृषि उत्पादनका लागि उपयोगमा ल्याउन स्थानीय तहसँगको सहकार्यमा विशेष प्याकेज सहितको प्रोत्साहन कार्यक्रम संचालन गर्ने, डिप बोरिङ्ग, लिफ्ट सिचाई, थोपा सिचाई, सोलारको माध्यमबाट सिंचाई जस्ता कार्यक्रमलाई निरन्तरता दिने, मोडल फार्म विकास तथा विस्तार कार्यक्रमले पनौती नगरपालिकामा च्याउ, नमोबुद्ध नगरपालिकामा पुष्प, चौरीदेउराली गाउँपालिकामा ड्रागन फ्रुटमा कृषिजन्य उत्पादनको गुणस्तरमा सुधार गर्दै उत्पादन र उत्पादकत्वमा बृद्धि गरि व्यवसायिकरणमा टेवा पु¥याउन कार्यक्रम शुरु गरिएको छ।
बाली वीमा नहुनु, कृषकहरुले सहुलियत दरमा ऋण अनुदान प्राप्त गर्न नसक्नु, पटक पटक उत्पादनमा हस आउनु तथा क्षति हुनु, उत्पादन भएको समयमा उचित भाउ नहुनु जस्ता समस्याले कृषकहरु खेतिमा आर्कषण भए पनि निरन्तरता दिन सकेका छैनन्। यस्तो अवस्था टार्न सरोकारवाला निकायहरु सबै एकै स्थानमा रहेर समस्याको निकास निकाल्न सकेको अवस्थामा मात्रै कृषिमा क्रान्ति र त्यस मार्फत समृद्ध सम्भव छ।





