बनेपा/सिद्धार्थ स्कुल÷कलेजमा दिपावलीको अवसरमा तिहार विशेष साँस्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।
स्कुलका प्रिन्सिपल गुञ्जप्रसाद लुईटेलको सभापतित्वमा तथा स्कुलका सल्लाहकार चन्द्र प्रसाद लुईटेलको प्रमुख आतिथ्यतामा सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ । प्रमुख अतिथी चन्द्रप्रसाद लुईटेलले आफ्नो संस्कृति जोगाउन विद्यालय र बालबालिका देखी सिकाउनु पर्ने बताए । हामीले जे सिकायौ बालबालिकाहरुले त्यही सिक्ने भएकाले धर्म र संस्कृतिलाई जोगाउन सबै क्षेत्रबाट लाग्नुपर्ने बताए । कार्यक्रमका सभापति गुञ्जप्रसाद लुईटेलले विद्यार्थीहरुलाई पढाईसँगै ब्यबहारिक, धर्म र सँस्कृतिका बारेमा पढाउदै र ब्यबहारमा उतार्दै आएको बताए । स्कुलले प्रत्येक वर्ष उक्त कार्यक्रमलाई प्राथमिकतामा राखी विभिन्न पर्वहरुका बारेमा समेत जानकारी गराउदै आएको लुईटेलले बताए ।
कार्यक्रममा सिद्धार्थ क्याम्पसका क्याम्पस प्रमुख पुकार कर्णजित, चेष्टा साप्ताहिकका सह सम्पादक लक्ष्मण तिमल्सिना, शिक्षक श्रीप्रसाद कार्की र विद्यार्थीहरु लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।









