2026 November 20/ 02:48: 11am

        बनेपा/सुडेश्वर बचत तथा ऋण सहकारी संस्थालिको १८ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । 
सभाबाट अध्यक्षमा शिवप्रसाद तिमल्सिना उपाध्यक्ष बिन्दा तिमल्सिना सचिव रामेश्वर खत्री कोषाध्यक्ष सुबास बोहोरा सदस्य सुरोज थापा, महेश थापा र बिनोद दंगाल निर्विरोध निर्वचित भएका छन् । त्यसै गरी लेखा सुपरिवेक्षण समितिको लेखा संयोजक सुर्य श्रेष्ठ सदस्य सानुबाबु कोइराला र रुपक दंगाल निर्वाचित भएका छन् । 
सभामा संस्थाको  आर्थिक वर्ष २०८२/०८३ को  शेयर पुजीं ५३ लाख ७७ हजार, कोष ५ लाख ७ हजार, कुल  निक्षेप ६ करोड ५२ लाख १६ हजार, कर्जा लगानी ५ करोड ७७ लाख ३ हजार, पाउनुपर्ने हिसाब २७ लाख ७० हजार रहेको जनाएको छ । सभामा संस्थाका अध्यक्ष शिब प्रसाद तिमल्सिनाले संस्था सहकारीको नियमावली, निति, र ऐन अन्र्तगत सञ्चालन भएकाले सहकारीमा ढुक्क सगं कारोबार गर्न सदस्यहरुलाई आग्रह गरेका थिए । केहि सहकारीका कारण समस्या आएकाले सबै सहकारीहरुलाई एउटै रुपमा हेर्न नहुने बताए । संस्थाका सचिब रामेश्वर खत्रीले सभामा उत्कृष्ट बचत कर्ता, ऋणी, जेष्ठ नागरीक लगाएतलाई सम्मान गरेको बताए । सभाले आर्थिक वर्ष २०८२/०८३ को प्रतिवेदन तथा आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तावित योजना र कार्यक्रमहरू पनि पारित गरेको छ । 
संस्थाले जेहेन्दार विद्यार्थी सम्मान, बाल बचत प्रोत्साहन, सुत्केरी सदस्य भेटघाट, ज्येष्ठ सदस्य सम्मान, ज्येष्ठ पुरुष तथा महिला सदस्य सम्मान, उत्कृष्ट कर्जा सदस्य सम्मान र शेयर सदस्यको मृत्युमा काजकिरिया खर्च लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको खत्रीले बताए ।