2026 November 07/ 12:08: 19am

         बनेपा/आवर स्ट्याण्डर्ड बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । 
       संस्थाका अध्यक्ष रत्नकुश रञ्जितकारको सभापतित्वमा भएको कार्यक्रममा संस्थाको आर्थिक अवस्था, वित्तीय कारोबास तथा संस्थाको प्रगति विवरण प्रस्तुत गरिएको थियो । सभामा संस्थाका प्रबन्धक राजाराम घोरसाइनेले संस्थाको आर्थिक तथा वित्तीय अवस्थाबारे जानकारी दिँदै १४ औँ वार्षिक साधारण सभा सम्म आइपुग्दा संस्थाले उल्लेखनीय वित्तीय कारोबार गर्न सफल भएको बताए । घोरसाईनेले  संस्थाले आफ्ना शेयर सदस्यहरूबाट १४ करोड ५२ लाख रुपैयाँ बचत संकलन गरेको छ भने सदस्यहरूलाई १२ करोड २३ लाख रुपैयाँ कर्जा लगानी गरेको बताएका थिए । संस्थाको शेयर पुँजी ८२ लाख, कुल कारोबार १५ करोड ८८ लाख रहेको जनाएको छ । 
            संस्थाका अध्यक्ष रत्नकुश रञ्जीतकारले सहकारीको माध्यमबाट सदस्यहरूमा बचत गर्ने बानीको विकास, वित्तीय पहुँच विस्तार तथा आर्थिक आत्मनिर्भरता अभिवृद्धिमा योगदान पु¥याउन बताए । रञ्जितकारले संस्थाको सेवा, वित्तीय कारोबार र सदस्यकेन्द्रित गतिविधिलाई थपप्रभावकारी बनाउने बताए । संस्थाले सहकारीको ऐन, निति र नियमा रहि सञ्चालन हुदै आएकाले सदस्यहरुलाई ढुक्क भई कारोबार गर्न आग्रह गरेका थिए ।   कार्यक्रमा संस्थाका उत्कृष्ट बचत कर्ता, शेयर सदस्य, जेष्ठ नागरीकहरुलाई सम्मान गरिएको थियो ।