2026 October 17/ 05:39: 49am

            बनेपा/काभ्रे बहिरा विकास सघंको २९ औ वार्षिक साधारण सभ ाबनेपा नगरपालिका उप–प्रमुख विमला सापकोटाको प्रमुख आतिथ्यता तथा सघंकी अध्यक्ष शर्मिला श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको छ । 
          प्रमुख अतिथी सापकोटाले फरक क्षमता भएका बहिरा, अपाङ्गता, बौैद्धिक अपाङ्गहरुलाई नगरपालिकाले सिप मार्फत उनिहरुको जिवन स्तर चलाउन सहयोग गरेको बताईन् । स्थानिय सरकारले गर्न सकिने र गर्नु पर्ने दायित्व  अन्र्तगत निरन्तर सहयोग गर्दै आएको बताईन् । हामिले उनिहरुको क्षमता अनुसारको सिप सिकाई रहेका छौ, सापकोटाले भनिन् । हामी एक्लैले मात्रै गर्न सक्ने सम्भव नभएकाले विभिन्न संघ संस्थाहरुको समन्वयमा उनिहरुलाई सहयोग गर्दै आएको सापकोटाको भनाई रहेको थियो । 
           कार्यक्रममा संस्थाकी अध्यक्ष शर्मिला श्रेष्ठले सघंले विभिन्न कार्यक्रमहरु गरिएको बताएकी थिईन् । अपाङ्ग दिवस, समुदायमा आधारीत पुर्नस्थापना कार्यक्रम, आय आर्जन मुलक ब्यबसायीक सिप तालिम, जनचेतना वकलात पैरवी, नेतृत्व क्षमता तालिम लगाएतका थुपै कार्यक्रम आयोजना गरिएको बताएकी थिईन् । कार्यक्रममा बनेपा नगरपालिका ८ नम्बर वडा अध्यक्ष शुभलक्ष्मी मानन्धर, केन्द्रिय महासघंका उपाध्यक्ष सत्यदेवी वाग्ले, राष्ट्रिय अपाङ्ग महासघंका महासचिब कुमार रेग्मी, काभ्रे वहिरा सघंकी सल्लाहाकार कृष्णप्यारी नर्कमी लगाएतले शुभकामना मन्तब्य राखेका थिए ।