2026 October 17/ 12:40: 13am

    धुलिखेल/२०८३ भदौ २६ गते पेट साविक भन्दा ठुलो भएको भन्दै दिदी बहिनीहरु र आफन्तले सोधखोज गर्दा २०८२ साल मंसिर महिना देखि पटक–पटक गरी अन्तिम पटक २०८३ जेष्ठ २६ गते जबरजस्ती करणीमा परेको बताईन् । पाँचखाल नगरपालिका वडा नम्बर ६ स्थित घरमा नै बोलाएर करणी गर्ने गरेको उनले बताईन् । कसैलाई नभन्न र भने देखि परिवारलाई जे पनि हुन सक्ने भन्दै धम्की दिदै निरन्तर सम्बन्ध राख्ने गरेका पुरुष नाताले अंकल हुन् । २०८२ माघ देखि रजस्वला नभएका कारण पेट बढिरहेको देखिएको उनले बयानमा भनेकी छिन् । गर्भवती भएपछि घटना बाहिर आएको उनिहरुले बयानमा भनेका छन् । 
    २०६५ साल चैत्र ५ गते जन्मिएकी बालिका १७ बर्षकी भईन् । स्थानीय स्कुलमा कक्षा ७ सम्म अध्ययन गरेर पढाई छाडेर घरमा नै खेतिपाती गरेर बसिरहेकी उनलाई काम विशेषले काकाको घरमा जाने क्रममा २०८२ सालको मसिंर महिनामा पहिलो पटक करणी गरेको बताएकी छिन् । त्यसपछि लगातार महिनाको ३÷४ पटक सम्बन्ध राख्ने गरेको भए पनि कसैले थाहा पनि नपाएको र नभनेको उनले बताईन् । पाँचखाल नगरपालिका वडा नम्वर ६ ले २०८३ असोज १४ गते उनिहरु दुई बीचको सम्वन्ध काका र भतिजीको रहेको प्रमाणित गरेको छ । २०८३ असोज २० गते उनको मुद्दा जिल्ला अदालतमा दर्ता भएको छ । ७ महिनाको गर्भ रहेको प्रमाणीत भएकाले गोप्य इजलासबाट मुद्दा अघि बढाउन माग गरिएको छ । पक्राउ परेका उनलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । 
    त्यसैगरी असोज १६ गते जिल्ला अदालत काभ्रेपलाञ्चोकमा सरकारी वकिलको कार्यालयबाट निष्ठा कर्माचार्यले जबरजस्ती करणी अभियोगमा मुद्दा दर्ता गराएकी छिन् । खोटाङ जिल्ला साविक फाक्टाङ गाविस वडा नम्वर ३ हाल बारापोखरी गाउँपालिका वडा नम्वर ७ बेतुवा स्थायी घर भई उदयपुर जिल्ला चौडण्डीगढी नगरपालिका वडा नम्वर २ बस्ने ३६ बर्षिय अशोक भन्ने टेकबहादुर राईले धुलिखेल नगरपालिका वडा नम्वर ८ डेरा गरी बस्दै आएकी २८ बर्षिया महिला विरुद्ध मध्यरातमा जबरजस्ती करणी गरेका थिए । मध्यरातमा रक्सीले मात्तिएर निसक्दै गर्दा उनी महिला सुतिरहेको कोठामा प्रवेश गरेका थिए । शौचालय जाने बाहनामा ढोका खुल्ला राखेर सुतिरहेकी ति महिलाको ओछ्यानमा पुगेर जबरजस्ती करणी गरेका राई त्यस पछि काठमाडौ भागेका थिए । २०८३ भदौ १८ गते राति टेकबहादुरका साथी सुशिल राई पनि सँगै थिए । 
    टेकबहादुर पनि छोरी र श्रीमती सहित धुलिखेलमा ज्यामी काम गर्दै डेरामा बस्दै आएका थिए । उक्त दिन उनिहरुले मस्त छ्याङ्ग खाएका थिए । शौचालय गएर कोठामा पसेका टेकबहादुर नफर्किँदा शुरेस सडकमा नै निदाएका थिए । रक्सिले विहान छाडे पछि उनि आफ्नै कोठामा पुगे । टेकबहादुर भने फरार भएका थिए । भदौ २३ गते डेरामा फर्कने क्रममा उनलाई प्रहरीले पक्राउ गरेको थियो । अदालतले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।