2026 October 03/ 05:17: 51am

बनेपा/आफ्नो जन्मदिनको अवसरमा बनेपाका टेलर ब्यबसायी मन्दिप रेग्मीले आदर्श बाल विकास केन्द्रमा रहेका बालबालिकाहरूलाई खाजा वितरण गरेका छन् ।
जन्मदिनलाई विशेष र अर्थपूर्ण बनाउने उद्देश्यले केन्द्रमा रहेका बालबालिकाहरूसँग खुसी साट्दै खाजा वितरण गरेका थिए ।  खाजा वितरण गर्दै रेग्मीले जन्मदिनको अवसरमा अनावश्यक खर्च गर्नुभन्दा बालबालिकासँग खुसी बाँड्न पाउँदा आफूलाई थप आत्मा सन्तुष्टि महसुस भएको बताए । केन्द्रका बालबालिकाहरूले पनि खाजा ग्रहण गर्दै जन्मदिनको शुभकामना व्यक्त गरेका थिए । उक्त सामाजिक तथा मानवीय कार्यले बालबालिकामा खुसी ल्याउनुका साथै समाजमा सहयोग र सेवाको भावना विकास गर्न सहयोग पुग्ने सहभागीहरूको भनाइ थियो ।