काठमाडौं/प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट शैक्षिक परामर्श केन्द्रका नाममा ठगी धन्दा चलाएको आरोपमा काभ्रे स्थित राष्ट्रिय स्वतन्त्र पार्टी चौरीदेउराली गाउँपालिकाका सभापति श्रीमान् तामाङ सहित ६९ जना सञ्चालकलाई पक्राउ गरेको एक महिना पछि पुनः श्रीमान तामाङलाई पक्राउ गरेको छ ।
पक्राउ परेका श्रीमान तामाङलाई पहिलो पटक पाँच दिनको म्याद लिई अनुसन्धान शुरु गरिएको छ । दर्ता नगरी कन्सल्टेन्सी (शैक्षिक परामर्श केन्द्र) संचालन गर्दै आएको अभियोगमा शिक्षा मन्त्रालयले पक्राउ गरी कारवाहीका लागि अनुमति दिए लगत्तै प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा राखिएको डिएस्पी राजु अधिकारीले जानकारी दिए । उनी केहि समय अघि मात्रै रास्वपा चौरीदेउराली गाउँपालिकाको सभापति भएका थिए । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उच्च शिक्षाको लागि विदेश पठादिन्छु भन्दै ठगी गर्ने गरेको उजुरी, गुनासो र निवेदनका आधारमा ९५ शैक्षिक परामर्श केन्द्रमा छापा हानेर ६९ जना सञ्चालन नियन्त्रणमा लिएको थियो । अघि पनि काभ्रेका १३ वटा शैक्षि परामर्श केन्द्रमा गरिएको अनुगमनमा २ वटामा शिल गरिएको थियो । तर संचालक पक्राउ गरिएको थिएन ।
मापदण्ड तथा प्रक्रिया पूरा नगरी, दर्ता नवीकरण नगरी, बिना इजाजत शैक्षिक परामर्श सेवा, पूर्व तयारी कक्षा, भाषा शिक्षण जस्ता सेवा प्रदान गरिरहेका ती सञ्चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान बढाएको प्रहरीले जनाएको छ । त्यस्ता शैक्षिक परामर्श केन्द्रबाट ठगीमा परेकाहरूलाई यथाशीघ्र सम्पर्क राख्न पनि प्रहरीले आग्रह गरेको छ । मापदण्ड तथा प्रक्रिया पूरा नगरी, दर्ता नवीकरण नगरी, बिना इजाजत शैक्षिक परामर्श सेवा, पूर्व तयारी कक्षा, भाषा शिक्षण जस्ता सेवा प्रदान गरिरहेका ती सञ्चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान बढाएको प्रहरीले जनाएको छ । शैक्षिक परामर्श केन्द्रबाट ठगीमा परेकाहरूलाई यथाशीघ्र सम्पर्क राख्न पनि प्रहरीले आग्रह गरेको छ । काठमाडौं सहित देशका विभिन्न शहरहरुमा शैक्षिक परामर्श केन्द्रका नाममा ठगी धन्दा सञ्चालन हुँदै आएका छन् ।









